विद्यालयको पाठ्यक्रममै वित्तीय शिक्षा जरुरत छ : गभर्नर अधिकारी
जलसरोकार
काठमाडौं: नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले विद्यालय तहदेखि नै वित्तीय शिक्षा जरुरत रहेको बताएका छन् ।
‘ग्लोबल मनी विक’को पहिलो दिन सोमबार आयोजित औपचारिक कार्यक्रममा उनले विद्यालय तहमा वित्तीय शिक्षा राख्नेबारे पाठ्यक्रम विकास केन्द्रसँग अन्तरक्रिया गरिएको समेत बताए ।
राष्ट्र बैंकले वित्तीय साक्षरतालाई पनि प्रमुख एजेन्डाका रुपमा लिएको बताए । बाल्यकालदेखि नै बचतको बानी विकास गर्नुपर्ने र यससम्बन्धी शिक्षा विद्यालय तहमा जरुरत रहेको उनले बताए ।
पछिल्लो समय डिजिटल कारोबार बढिरहेको छ । विकसित डिजिटल ट्रान्सफर्मेसनमा राष्ट्र बैंक सन्तुष्ट रहेको उनले बताए । यद्यपि डिजिटल कारोबारका क्रममा नागरिक सचेत हुनुपर्नेमा उनले जोड दिए । डिजिटल कारोबारका क्रममा सचेत नहुँदा ठगीमा पर्न सक्ने जोखिम रहेको अधिकारीले बताए ।
लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
भूकम्पीय जोखिम सामना गर्न नेपालले विपद् बन्डको सम्भाव्यता अध्ययन गर्ने
-
विद्युत् व्यापारमा निजी क्षेत्रलाई प्रवेश गराउने तयारी अन्तिम चरणमा
-
एनएमबी बैंक र र्यापिड टेकबीच डिजिटल बैंकिङ सेवा विस्तार गर्न साझेदारी
-
सम्पर्कविहीन प्राधिकरणका ६ कर्मचारीका परिवारले पाए राहत
-
सङ्खुवासभाको विकट हटियामा पुग्यो राष्ट्रिय प्रसारण लाइनको विद्युत्
-
सुनकोशी-मरिनको बाँकी संरचना निर्माणका लागि तीन कम्पनीको प्राविधिक प्रस्ताव ग्राह्य