विद्यालयको पाठ्यक्रममै वित्तीय शिक्षा जरुरत छ : गभर्नर अधिकारी
जलसरोकार
काठमाडौं: नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले विद्यालय तहदेखि नै वित्तीय शिक्षा जरुरत रहेको बताएका छन् ।
‘ग्लोबल मनी विक’को पहिलो दिन सोमबार आयोजित औपचारिक कार्यक्रममा उनले विद्यालय तहमा वित्तीय शिक्षा राख्नेबारे पाठ्यक्रम विकास केन्द्रसँग अन्तरक्रिया गरिएको समेत बताए ।
राष्ट्र बैंकले वित्तीय साक्षरतालाई पनि प्रमुख एजेन्डाका रुपमा लिएको बताए । बाल्यकालदेखि नै बचतको बानी विकास गर्नुपर्ने र यससम्बन्धी शिक्षा विद्यालय तहमा जरुरत रहेको उनले बताए ।
पछिल्लो समय डिजिटल कारोबार बढिरहेको छ । विकसित डिजिटल ट्रान्सफर्मेसनमा राष्ट्र बैंक सन्तुष्ट रहेको उनले बताए । यद्यपि डिजिटल कारोबारका क्रममा नागरिक सचेत हुनुपर्नेमा उनले जोड दिए । डिजिटल कारोबारका क्रममा सचेत नहुँदा ठगीमा पर्न सक्ने जोखिम रहेको अधिकारीले बताए ।
लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
स्वच्छ ऊर्जा प्रवर्द्धनमा जोड
-
निःशुल्क सेयर र अवैध रकम मागले ऊर्जा क्षेत्रमा निजी लगानीलाई जोखिम
-
देशभर स्थानीय उत्पादनको प्रयोगलाई बढावा दिऔँ : मन्त्री घिसिङ
-
सुनको भाउ घट्यो, चाँदी पनि सस्तियो : शुक्रबार कतिमा हुँदैछ खरिद–बिक्री ?
-
बर्दिबासमा २० मेगावाटको सौर्य ऊर्जा जडान गरिँदै
-
विद्युत व्यापार र प्रसारण लाइनमा सहकार्य गर्न निजी क्षेत्रकाे प्रस्ताव