सुनको मूल्य सेयर बजार कुलमान घिसिङ विराजभक्त श्रेष्ठ नेपाल विद्युत प्राधिकरण दीपक खड्का ग्लोबल आइएमई बैंक पूर्वाधार नीति तथा कार्यक्रम इप्पान
जलसरोकार : नेपाल राष्ट्रको बिजुली र बिजुलीसँग सम्बन्धित प्रमुख समाचार पोर्टल

प्रवासी नेपालीलाई स्वदेशमा लगानी गर्न अर्थमन्त्री वाग्लेको आग्रह

जलसरोकार
आइतबार, साउन १०, २०८३ | १०:५९:२१ बजे

 

काठमाडौं : अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले प्रवासी नेपालीलाई मातृभूमिको विकास र आर्थिक समृद्धिका लागि नेपालमा लगानी विस्तार गर्न आग्रह गरेका छन् । 

अस्ट्रेलियामा रहेका नेपाली युवा उद्यमीसँग शनिबार भर्चुअल माध्यमबाट भएको छलफलमा उहाँले ‘एक पटकको नेपाली, सधैँको नेपाली’ भन्ने सरकारको दृष्टिकोणप्रति विश्वस्त रहन आग्रह गरेकाे अर्थमन्त्रीको निजी सचिवालयले जनाएको छ।

प्रवासी नेपालीहरूलाई नेपालको सद्भावनादूतको संज्ञा दिँदै अर्थमन्त्री वाग्लेले मातृभूमिप्रतिको दायित्व निर्वाह गर्न र देशको आर्थिक विकास अभियानमा सहभागी हुन आह्वान गरे । उनले वर्तमान सरकार आर्थिक पुनरुत्थान र लगानीमैत्री वातावरण निर्माणमा केन्द्रित रहेको उल्लेख गर्दै प्रवासमा रहेका नेपालीहरूको साथ र सहयोग अपेक्षित रहेको बताए । 

अर्थमन्त्री वाग्लेले बजेटमार्फत कर, राजस्व तथा उद्योगमैत्री नीतिहरू कार्यान्वयनमा ल्याइएको उल्लेख गर्दै लगानीकर्तालाई ढुक्क भएर नेपालमा लगानी गर्न आग्रह गर्नुभयो। लगानीको प्रतिफल सहज रूपमा विदेश लैजान सकिने व्यवस्था रहेको पनि उनले स्पष्ट पारे । 

उनले गैरआवासीय नेपाली (एनआरएनए) बन्ड, अफसोर बन्ड तथा वैकल्पिक वित्त परिचालनजस्ता अवधारणाहरू प्रवासी नेपालीको लगानी आकर्षित गर्न ल्याइएको बताउँदै यस्ता कार्यक्रमले नेपालको आर्थिक रूपान्तरणमा महत्वपूर्ण योगदान पुर्‍याउने विश्वास व्यक्त गरे । 

प्रकाशित मिति : आइतबार, साउन १०, २०८३ | १०:५९:२१ बजे

लेखकको बारेमा

जलसरोकार
जलसरोकारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ ।

प्रतिक्रिया