अर्थमन्त्री वाग्ले र स्टक ब्रोकर एशोसिएसनबीच भेट, पुँजी बजार सुधारबारे छलफल
जलसरोकार
काठमाडौँ : अर्थमन्त्री डा. स्वर्णिम वाग्ले र नेपाल स्टक ब्रोकर एशोसिएसनका प्रतिनिधिहरूबीच अर्थ मन्त्रालयमा विशेष भेटघाट भएको छ। पुँजी बजारको वर्तमान अवस्था तथा सुधारका उपायबारे छलफल गर्न उक्त भेट आयोजना गरिएको हो।
आज बिहान ९ः४५ बजेबाट सुरु भएको भेटवार्ता करिब आधा घण्टा चलेर १०ः१५ बजे सकिएको थियो। भेटका क्रममा एशोसिएसनका पदाधिकारीहरूले नेपालको शेयर बजारमा देखिएका समस्या, ब्रोकरहरूको कार्यक्षेत्र विस्तार तथा नीतिगत सुधारका विषयमा अर्थमन्त्रीको ध्यानाकर्षण गराएका थिए।
छलफलका क्रममा एशोसिएसनले पुँजी बजारलाई थप पारदर्शी र प्रविधिमैत्री बनाउनुपर्नेमा जोड दिँदै लगानीकर्ताको मनोबल उच्च राख्न सरकारले अभिभावकीय भूमिका खेल्नुपर्ने माग राखेको थियो।
यसैबीच आइतबार दोस्रो बजारमा तीव्र गिरावट देखिएपछि लगानीकर्ताहरू पनि चिन्तित बनेका छन्। सो दिन शेयर बजार परिसूचक १०५ अंकले घटेपछि लगानीकर्ताहरूले अर्थमन्त्रीले शेयर बजारको अवस्थाबारे सम्बोधन गर्नुपर्ने मागसमेत उठाएका छन्।
लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
भोटेकोशी बाढीपीडितका लागि हाइड्रो प्रवर्द्धक दिनेश गुरुङको दुई कम्पनीबाट २५ लाख सहयोग
-
विपद् प्रभावित जलविद्युत् आयोजनामा उद्धारका लागि हेलिकप्टर सहज बनाउन सात पेशागत संस्थाको अपिल
-
रसुवा बाढीपछि जियोटेक्निकल सोसाइटी उद्धार र प्राविधिक सहयोगमा जुट्ने
-
माथिल्लो त्रिशूली-३ एमा सुरुङभित्र हावा र प्रकाश पठाउन थालियो, उद्धार टोली प्रवेशका लागि प्वाल ठूलो पारिँदै
-
माथिल्लो त्रिशूली–१ मा फसेकाका आफन्तकाे थापाथलीस्थित कार्यालयमा धर्ना
-
माथिल्लो त्रिशूली-३ 'ए' मा उद्धारको महत्वपूर्ण प्रगति, ४० मिटर अपस्ट्रिमबाट ७ मिटर तल सुरुङको मुख भेटियो