वैदेशिक रोजगारबाट भित्रिने पुँजी र सीपको सदुपयोग गर्ने आधार बनाऔँ : अर्थमन्त्री पौडेल
जलसरोकार
काठमाडौँ : उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले वैदेशिक रोजगारबाट भित्रिने पुँजी र सीपको सदुपयोग गर्दै कुल ग्रार्हस्थ्य उत्पादनमा योगदान पुर्याउन सरोकार भएका सबैलाई आह्वान गरेका छन् ।
नेपाल वैदेशिक रोजगार व्यवसायी सङ्घको ३१औँ वार्षिक साधारणसभा तथा निर्वाचन कार्यक्रममा उनले वैदेशिक रोजगारबाट फर्किएका श्रमिकको पुँजी र सीपलाई भरपुर सदुपयोग गर्ने आधारहरू निर्माणमा सरकार प्रयासरत रहेको बताए । वैदेशिक रोजगारीलाई व्यवस्थित र मर्यादित बनाउने व्यवसायीहरुको प्रयासमा सरकारसँगै रहेको अर्धमन्त्री पौडेलको भनाइ छ ।
उनले अन्तरराष्ट्रिय श्रम बजारमा रहेका नेपाली श्रमिकले सम्मानित र सुरक्षित ढङ्गले काम गर्न सक्ने वातावरण निर्माणको पक्षमा मन्त्रालयको तर्फबाट सधैँ सहयोग रहेने प्रतिबद्धता समेत व्यक्त गरे ।
कार्यक्रममा श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरतसिंह भण्डारीले युरोपको मागपत्र प्रमाणीकरण र नयाँ रोजगार गन्तव्य विकास गर्न मन्त्रालयले गरिरहेको प्रयासबारे जानकारी दिए । “एक महिनाभित्र युरोपको मागपत्र प्रमाणीकरण गर्छौं । वार्षिक १०० कामदार पठाउने कम्पनीको मात्र नवीकरण गर्ने प्रावधान हटाउने गरी ऐन संशोधन भइसकेको छ”, उनले भने, ।
लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
भूकम्पीय जोखिम सामना गर्न नेपालले विपद् बन्डको सम्भाव्यता अध्ययन गर्ने
-
विद्युत् व्यापारमा निजी क्षेत्रलाई प्रवेश गराउने तयारी अन्तिम चरणमा
-
एनएमबी बैंक र र्यापिड टेकबीच डिजिटल बैंकिङ सेवा विस्तार गर्न साझेदारी
-
सम्पर्कविहीन प्राधिकरणका ६ कर्मचारीका परिवारले पाए राहत
-
सङ्खुवासभाको विकट हटियामा पुग्यो राष्ट्रिय प्रसारण लाइनको विद्युत्
-
सुनकोशी-मरिनको बाँकी संरचना निर्माणका लागि तीन कम्पनीको प्राविधिक प्रस्ताव ग्राह्य