सुनको मूल्य कुलमान घिसिङ सेयर बजार दीपक खड्का ग्लोबल आइएमई बैंक नेपाल विद्युत प्राधिकरण नबिल बैंक सिक्टा सिँचाइ प्रधानमन्त्री कार्की पूर्वाधार
जलसरोकार : नेपाल राष्ट्रको बिजुली र बिजुलीसँग सम्बन्धित प्रमुख समाचार पोर्टल

अर्थमन्त्री खनालद्वारा चिसापानी–राजकाडा केबलकारको अवलोकन

जलसरोकार
सोमबार, मंसिर २२, २०८२ | १६:१७:४६ बजे

 

काठमाडौं : सुदूरपश्चिम प्रदेशको प्रवेशद्वार चिसापानीबाट राजकाडासम्म सञ्चालनमा आउने केबलकार परियोजनाको अर्थमन्त्री रामेश्वर खनालले अवलोकन गरेका छन् ।

सुदूरपश्चिम महोत्सव उद्घाटनका लागि धनगढी पुगेका अर्थमन्त्री खनालले उक्त परियोजनाको स्थलगत अवलोकन गरेको जानकारी नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले सामाजिक सञ्जाल फेसबुकमार्फत जानकारी दिए ।

अवलोकनका क्रममा अर्थमन्त्री खनालले निजी क्षेत्रले तोकिएको समय र बजेटभित्रै काम सम्पन्न गर्ने गरेको सराहना गर्दै परियोजनाप्रति गहिरो चासो र जिज्ञासा व्यक्त गरेका छन् । उहाँले यो भ्रमणले आफूहरूलाई थप उत्साह, प्रेरणा र प्रतिबद्धता प्रदान गरेको उल्लेख गरेका छन् ।

परियोजनाका प्रवद्र्धक तथा कम्पनीका अध्यक्ष ढकालका अनुसार सुदूरपश्चिम प्रदेशको प्रवेशद्वारमै निर्माण भइरहेको यस केबलकार परियोजनाले साहसिक, धार्मिक तथा मनोरञ्जन पर्यटनको प्रवद्र्धन गर्नुका साथै समग्र प्रदेशको आर्थिक र पर्यटन विकासमा ‘गेम चेन्जर’को भूमिका खेल्ने दृढ विश्वास लिइएको छ ।

प्रकाशित मिति : सोमबार, मंसिर २२, २०८२ | १६:१७:४६ बजे

लेखकको बारेमा

जलसरोकार
जलसरोकारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ ।

प्रतिक्रिया