अर्थमन्त्री खनालद्वारा चिसापानी–राजकाडा केबलकारको अवलोकन
जलसरोकार
काठमाडौं : सुदूरपश्चिम प्रदेशको प्रवेशद्वार चिसापानीबाट राजकाडासम्म सञ्चालनमा आउने केबलकार परियोजनाको अर्थमन्त्री रामेश्वर खनालले अवलोकन गरेका छन् ।
सुदूरपश्चिम महोत्सव उद्घाटनका लागि धनगढी पुगेका अर्थमन्त्री खनालले उक्त परियोजनाको स्थलगत अवलोकन गरेको जानकारी नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले सामाजिक सञ्जाल फेसबुकमार्फत जानकारी दिए ।
अवलोकनका क्रममा अर्थमन्त्री खनालले निजी क्षेत्रले तोकिएको समय र बजेटभित्रै काम सम्पन्न गर्ने गरेको सराहना गर्दै परियोजनाप्रति गहिरो चासो र जिज्ञासा व्यक्त गरेका छन् । उहाँले यो भ्रमणले आफूहरूलाई थप उत्साह, प्रेरणा र प्रतिबद्धता प्रदान गरेको उल्लेख गरेका छन् ।
परियोजनाका प्रवद्र्धक तथा कम्पनीका अध्यक्ष ढकालका अनुसार सुदूरपश्चिम प्रदेशको प्रवेशद्वारमै निर्माण भइरहेको यस केबलकार परियोजनाले साहसिक, धार्मिक तथा मनोरञ्जन पर्यटनको प्रवद्र्धन गर्नुका साथै समग्र प्रदेशको आर्थिक र पर्यटन विकासमा ‘गेम चेन्जर’को भूमिका खेल्ने दृढ विश्वास लिइएको छ ।
लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
भाेटेकाेशी - रसुवा बाढीपछि के गर्लान् ऊर्जा उद्यमी ? ( भिडियाे )
-
कालिञ्चोक हाइड्रोपावरको ४२ हजार २५० कित्ता शेयरको लक–इन अवधि सकिँदै
-
राष्ट्र बैंकले ३० अर्बको निक्षेप संकलन गर्दै
-
भोटेकोशी बाढी : क्षतिग्रस्त जलविद्युत्का ८५८ कर्मचारी अझै बेपत्ता, १७ शव फेला
-
भोटेकोशी बाढी : बेपत्ता र मृतक जलविद्युत् कर्मचारीका परिवारलाई पाँच लाख, ५० प्रतिशत निर्वाह भत्ता
-
आज देशभर बदली, छ प्रदेशमा वर्षा र हिमपातको सम्भावना