दश महिनामा ८८ अर्ब बराबरको निर्यात
जलसरोकार
वीरगञ्ज : चालु आर्थिक वर्षको पहिलो १० महिनामा नेपालबाट रु ८८ अर्ब २२ करोड बराबरका वस्तु तथा सामान निर्यात भएका छन्। गत आर्थिक वर्षको सोही अवधिमा यस्तो निर्यात रु ८३ अर्ब २५ करोड बराबर रहेको थियो।
वीरगञ्ज भन्सार कार्यालयका सूचना अधिकारी उदयसिंह विष्टका अनुसार यस अवधिमा निर्यातमा सामान्य वृद्धि देखिएको छ।
निर्यातित वस्तुहरूमा भटमासको प्रशोधित तेल प्रमुख रहेको छ। सो अवधिमा मात्र रु ४८ अर्ब ११ करोड बराबरको भटमासको तेल निर्यात भएको छ। त्यस्तै रु ५ अर्ब ३५ करोड बराबरको प्रशोधित सूर्यमुखी तेल र रु ६ अर्ब ४२ करोड बराबरको फलफूलको रस निर्यात भएको छ।
यसैगरी कपडा निर्यातबाट रु ३ अर्ब ३ करोड र ‘सिन्थेटिक यार्न’ बाट रु २ अर्ब २५ करोड बराबरको निर्यात भएको कार्यालयले जनाएको छ।
आर्थिक वर्षको १० महिनामा देखिएको निर्यात वृद्धिलाई व्यापारिक गतिविधिमा क्रमिक सुधारको संकेतका रूपमा लिइएको छ।
लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
भूकम्पीय जोखिम सामना गर्न नेपालले विपद् बन्डको सम्भाव्यता अध्ययन गर्ने
-
विद्युत् व्यापारमा निजी क्षेत्रलाई प्रवेश गराउने तयारी अन्तिम चरणमा
-
एनएमबी बैंक र र्यापिड टेकबीच डिजिटल बैंकिङ सेवा विस्तार गर्न साझेदारी
-
सम्पर्कविहीन प्राधिकरणका ६ कर्मचारीका परिवारले पाए राहत
-
सङ्खुवासभाको विकट हटियामा पुग्यो राष्ट्रिय प्रसारण लाइनको विद्युत्
-
सुनकोशी-मरिनको बाँकी संरचना निर्माणका लागि तीन कम्पनीको प्राविधिक प्रस्ताव ग्राह्य