काठमाडौं -भारतका संघीय ऊर्जामन्त्री मनोहरलाल खट्टर नेपाल भ्रमणमा आउने भएका छन् । यही २८ जुलाइ (१३ साउन) मा उनी नेपाल आउन लागेका हुन् । २८ जुलाइ मै बंगलादेशका ऊर्जामन्त्री नसरुल हमिद पनि नेपाल आउने भएका छन् ।
मन्त्री खट्टरले नेपाल–भारत–बंगलादेशको त्रिदेशीय बिजुली व्यापार सम्झौतामा सहभागिता जनाउने बताइएको छ ।
त्रिदेशीय बिजुली व्यापारलाई अन्तिम औपचारिक रूपमा दिन भारत र बंगलादेशका ऊर्जामन्त्रीहरू नेपाल आउन लागेका हुन् ।
नेपाल विद्युत् प्राधिकरण, बंगलादेश पावर डेभलपमेन्ट बोर्ड (बीपीडीबी) र भारतको एनटीपीसी विद्युत् व्यापार निगम (एनभीभीएन) बीच सम्झौता हुन लागेको ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्रालयले जनाएको छ । सम्झौतासँगै नेपालले पहिलो पटक डलरमा बिजुली बिक्री गर्नेछ ।
‘मन्त्रीहरूको उपस्थितिमा काठमाडौंमा ४० मेगावाट विद्युत् बिक्री सम्झौता (पीएसए) हुनेछ भने सम्झौतापछि जुलाई २९ र ३० मा पोखरामा सहसचिवस्तरीय र सचिवस्तरीय बैंठक बस्ने कार्यक्रम तय भएको छ ।
नेपाल विद्युत् प्राधिकरण, बंगलादेश पावर डेभलपमेन्ट बोर्ड (बीपीडीबी) र भारतको एनटीपीसी विद्युत् व्यापार निगम (एनभीभीएन) बीच सम्झौता हुन लागेको ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्रालयले जनाएको छ । सम्झौतासँगै नेपालले पहिलो पटक डलरमा बिजुली बिक्री गर्नेछ ।
नेपालका ऊर्जामन्त्री दीपक खड्का, भारतका विद्युत् मन्त्री मनोहर लाल र बंगलादेशका ऊर्जा तथा खनिज संसाधन राज्यमन्त्री नसरुल हमिदको उपस्थितिमा बिजुली खरिदबिक्रीको सम्झौता हुने मन्त्रालयका प्रवक्ता नवीनराज सिंहले बताए । ‘मन्त्रीहरूको उपस्थितिमा काठमाडौंमा ४० मेगावाट विद्युत् बिक्री सम्झौता (पीएसए) हुनेछ,’ उनले भने, ‘सम्झौतापछि जुलाई २९ र ३० मा पोखरामा सहसचिवस्तरीय र सचिवस्तरीय बैंठक बस्छौं ।’
नेपाल र बंगलादेशबीच ऊर्जा सहकार्यसम्बन्धी समझदारी भएको झन्डै ६ वर्षपछि विद्युत् निर्यातले अन्तिम रूप लिन लागेको हो । प्राधिकरणले वर्षायामको ५ महिना अर्थात् हरेक वर्षको १५ जुनदेखि १५ नोभेम्बरसम्म बंगलादेशलाई बिक्री गर्नेछ । हरेक वर्ष ५ महिनामा कुल १ लाख ४४ हजार मेगावाट आवर बिजुली निर्यात हुनेछ । प्राधिकरणले बंगलादेशमा विद्युत् बिक्री गरी प्रतियुनिट ६.४० अमेरिकी सेन्ट (करिब ८ रुपैयाँ ५५ पैसा, बुधबारको विनिमय दरअनुसार) पाउनेछ । ५ महिनामा ९२ लाख १६ हजार अमेरिकी डलर (१ अर्ब २३ करोड, बुधबारको विनिमय दरअनुसार) आम्दानी हुने प्राधिकरणले जनाएको छ ।
नेपाल र भारतबीचको पहिलो अन्तरदेशीय ढल्केबर–मुजफ्फरपुर ४०० केभी प्रसारण लाइन हुँदै बंगलादेश निर्यात हुने विद्युत्को मूल्य प्राधिकरणले भारतरको मुजफ्फरपुर बिन्दुमा पाउनेछ । अर्थात् बंगलादेश निर्यात हुने विद्युत्को मिटर मुजफ्फरपुरमा रहनेछ । ढल्केबरबाट मुजफ्फरपुरसम्मको प्रसारण लाइनको प्राविधिक चुहावट प्राधिकरणले नै बेहोर्नेछ । मुजफ्फरपुरबाट भारतको प्रसारण लाइनमार्फत बेहरामपुर (भारत)–भेडामारा (बंगलादेश) ४०० केभी प्रसारण लाइन हुँदै बंगलादेश विद्युत् पुग्नेछ ।
प्राधिकरणले भारतीय अनुदानमा निर्माण भई आफ्नो स्वामित्वमा रहेको २५ मेगावाटको त्रिशूली र सहायक कम्पनीमार्फत निर्माण गरिएको २२ मेगावाटको चिलिमे जलविद्युत् आयोजनाबाट उत्पादित विद्युत् बंगलादेश निर्यात गर्ने तयारी गरेको छ । यी दुवै आयोजनाले भारतमा विद्युत् निर्यातका लागि स्वीकृति पाइसकेका छन् ।
बंगलादेशले गत असार २४ मा ४० मेगावाट विद्युत् खरिदबिक्रीका लागि सम्झौता गर्न प्राधिकरणलाई पत्राचार गरेको थियो । बीपीडीबीले १६ पुस ०८० मा नेपालबाट उत्पादित ४० मेगावाट विद्युत् बंगलादेश, भारत र नेपालका निकायबीचको त्रिपक्षीय सम्झौताअनुसार हुने गरी पाँच वर्षसम्म खरिदका लागि बोलपत्र (टेन्डर) आह्वान गरेको थियो ।
प्राधिकरणले माघ दोस्रो साता विद्युत् बिक्रीका लागि तोकिएको ढाँचामा बिक्री गरिने विद्युत्को दरसहितको बोलपत्रसम्बन्धी कागजात पेस गरेको थियो । त्यसपछि प्राधिकरणको टोली र बीपीडीबीअन्तर्गतको बोलपत्र (बिड) मूल्यांकन समितिबीच गत फागुन १० मा ढाकामा वार्ता भएको थियो ।
नेपालले प्रतियुनिट बिजुलीको मूल्य ६.७० अमेरिकी सेन्ट प्रस्ताव गरेको थियो । नेपालले भारतलाई बेचेको भन्दा कम मूल्यमा नदिने अडान राखेपछि बैठकमा मूल्यको सहमति जुटेन । तर पछि सिंगापुरमा विश्व बैंकले आयोजना गरेको सार्कका ऊर्जा सचिवस्तरीय बैठकका क्रममा भएको द्विपक्षीय छलफलमा बंगलादेश नेपालले प्रस्ताव गरेको मूल्यमा केही घटेर ६.४० अमेरिकी सेन्टमा बिजुली खरिद गर्न सहमत भएको थियो ।
नेपालले भारतलाई मध्यकालीन सम्झौताअनुसार प्रतियुनिट भारु ५ रुपैयाँ २५ पैसा (८ रुपैयाँ ४ पैसा रुपैयाँ) मा बिजुली बिक्री गर्दै आएको छ । भारतीय रुपैयाँमा हेर्ने हो भने नेपालले बंगलादेशलाई प्रतियुनिट भारु ५ रुपैयाँ ३१ पैसा (८ रुपैयाँ ४९ पैसा) मा बिजुली बेच्न लागेको प्राधिकरणले जनाएको छ । मूल्यमा सहमति भए पनि गत जेठ २९ मा मात्रै बंगलादेशको मन्त्रिपरिषद्को सार्वजनिक खरिदसम्बन्धी समिति (सीसीजीपी) ले नेपालबाट आयात गरिने विद्युत्को मूल्य स्वीकृत गरेको थियो ।
पेस गरिएका बोलपत्रसम्बन्धी कागजात मूल्यांकन गरी त्यसलाई सम्बन्धित निकायबाट स्वीकृत भएको जानकारी दिँदै बीपीडीबीले बोलपत्र स्वीकार गर्ने आशयको सूचना असार २४ मा प्राधिकरणलाई दिएको थियो । प्राधिकरणले पनि बोलपत्र स्वीकार गरेको लिखित सूचना बीपीडीबीलाई दिएको थियो । लगत्तै बीपीडीबीले विद्युत् बिक्री सम्झौताको मस्यौदा प्राधिकरणलाई पठाएको थियो । प्राधिकरणले मस्यौदा पाएसँगै सम्झौता मिति तय गरेर बीपीडीबीलाई निमन्त्रणासहित बुधबार पत्र पठाएको हो ।
बंगलादेशको मन्त्रिपरिषद्को आर्थिक मामिलासम्बन्धी समितिले गत मंसिर २० मा नेपालबाट ४० मेगावाट बिजुली आयात गर्ने प्रस्तावलाई सैद्धान्तिक स्वीकृत गरेको थियो । सोहीअनुसार मूल्यलाई प्राथमिकतामा राखेर बिक्रीका लागि प्रस्ताव पठाउन बंगलादेशले नेपाललाई पत्र पठाएको थियो । प्राधिकरणले माघको दोस्रो साता बिक्री प्रस्ताव पठाएको थियो ।
प्रदेश र स्थानीय सडक सुधार्न पनि विश्व बैंकको १७ अर्ब १५ करोड ऋण
राजस्व सङ्कलनमा १७ प्रतिशतले वृद्धि, पाहिलो चार महिनामा उठ्यो तीन खर्ब २३ अर्ब
जोडियो रसुवागढी जलविद्युत आयोजना राष्ट्रिय प्रसारण लाइनमा, हिउँदमा काठमाडौं उपत्यकाको विद्युत् व्यवस्थापनमा सहज हुने
हिउँदयामका लागि ६५४ मेगावाट बिजुली दिन भारत सहमत
जलवायु परिवर्तनको प्रभावबाट जोगिन सबै एकजुट हुनुपर्छ : ऊर्जामन्त्री खड्का
बालकुमारीमा विद्युत चुहावट भएर आगलागी