जल सम्मेलनमा भाग लिएर ऊर्जामन्त्री स्वदेश फिर्ता
जलसरोकार
काठमाडौँ,: ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्का थाइल्याण्डको बैंककमा आयोजित अन्तर्राष्ट्रिय माटो तथा जल सम्मेलनमा सहभागी भएर आज साँझ स्वदेश फिर्ता भएका छन् ।
संयुक्त राष्ट्र खाद्य एवं कृषि सङ्गठन (एफएओ)को आयोजनामा थाइल्याण्डको बैंककमा सोमबारदेखि सुरू भएको उक्त सम्मेलनमा भाग लिएर मंगलबार साँझ स्वदेश फिर्ता भएका हुनर ।
सम्मेलनबाट स्वदेश फिर्ता भएका ऊर्जामन्त्री खड्काले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै खाद्यान्नको उत्पादन बढाउनका लागि गर्नुपर्ने माटो र पानीको सुरक्षाका बारेमा सम्मेलनमा आफूले कुरा उठाएको बताए ।
उनले पानीको अभाव व्यवस्थापन र माटोको क्षयीकरण रोक्दै दिगो कृषि र खाद्य प्रणालीको विकासमा उच्चस्तरीय कार्ययोजना आवश्यक रहेको बताएका थिए । ऊर्जा, जलस्रोत र सिँचाइ क्षेत्रमा जलवायु परिवर्तनले पारेको असरलाई सम्बोधन गर्न आफूले सम्मेलनमा ध्यानाकर्षण गराएको मन्त्री खड्काको भनाइ थियो ।
ऊर्जामन्त्री खड्काले सम्मेलनका क्रममा जल, ऊर्जा र खाद्य सम्बन्धलाई दिगोरूपमा सम्बोधन गर्न विश्वव्यापी सहकार्य आवश्यक रहेको बताएका थिए । तीन दिनसम्म चल्ने उक्त सम्मेलनमा नेपाल, थाइल्याण्ड, आयसल्याण्ड, पाकिस्तान, कम्बोडिया, भुटान, चिली जापानलगायतका दुई दर्जनभन्दा बढी देशका मन्त्री तथा उच्चपदस्थ अधिकारीको सहभागिता रहेको थियो ।
मन्त्री खड्कालाई आज विमानस्थलमा ऊर्जा सचिव सुरेश आचार्य, सिँचाइ सचिव सरिता दवाडीलगायत मन्त्रालयका उच्च अधिकारीले स्वागत गरेका थिए ।
लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
जीडीपीको अनुपातमा बजेट सानो, विद्युत् पूर्वाधार विस्तारका लागि कर आवश्यक : अर्थमन्त्री वाग्ले
-
विद्युत् प्रणाली अपग्रेड नगरी विद्युतीय युग सम्भव छैन : प्रधानमन्त्री शाह
-
खानेपानीमा सरकारकाे बजेट : तराई–मधेशमा डिप बोरिङ, मेलम्ची अन्तर्गत याङ्ग्री र लार्के खोलाबाट थप पानी पथान्तरणका लागि अध्ययन
-
बजेट २०८३/८४ : ऊर्जा क्षेत्रका अवसर र कमजोरीहरू
-
सुनको मूल्यमा भारी वृद्धि, तोलामा २० हजार ५०० रुपैयाँले उकालो
-
आगामी आवदेखि ८२८ मेगावाटको उत्तरगङ्गा आयोजनालाई ठेक्कामा लैजाने सरकारको घोषणा