रुपन्देहीको जोगीकुटी सबस्टेसनको निरीक्षण गरे ऊर्जामन्त्री खड्काले
जलसरोकार
काठमाडौँ, : ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले रुपन्देहीको बुटवल उपमहानगरपालि जोगीकुटीमा रहेको १३२/३३/११ केभी सबस्टेसनको निरीक्षण गरेका छन् ।
विभिन्न कार्यक्रममा सहभागी हुन बुधबार रुपन्देही पुगेका मन्त्री खड्काले जोगीकुटी सबस्टेसनको अवस्था र विद्युत् वितरणबारे जानकारी लिएका हुन् । उनले जनतालाई छिटोछरितो सेवा प्रदान गर्न तथा विद्युत् चुहावट रोक्न निर्देशन दिँदै आयोजनाका बाँकी काम चाँडो सम्पन्न गर्न निर्देशन दिए ।
ऊर्जामन्त्री खड्काले वन तथा अन्य निकायबाट विद्युत्सम्बन्धी अवरोध भएमा तालुक कार्यालय तथा मन्त्रालयलाई जानकारी गराउन निर्देशन दिएका थियो । बुटवल उपमहानगरपालिका र सिद्धार्थनगर नगरपालिका प्रमुखले मन्त्री खड्कासँग विद्युत् लाइन अन्डरग्राउन्ड गर्न आग्रह गरेपछि उहाँले प्रादेशिक कार्यालयलाई विद्युत् लाइन अन्डरग्राउन्ड गर्न निर्देशनसमेत दिए ।
मन्त्री खड्कालाई लुम्बिनी प्रदेशमा भएको विद्युत् उत्पादन, प्रसारण र वितरण तथा सबस्टेसनका बारेमा प्राधिकरण प्रादेशिक कार्यालयका प्रमुख हरि पाण्डेले जानकारी गराएका थिए । जोगीकुटी सबस्टेसनमा कालीगण्डकी, चन्द्रौटा, बर्दघाट र मैनहियाको विद्युत् प्रसारण सञ्जाल रहेको छ ।
लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
पाँच महिनामा ४ खर्ब ९ अर्ब राजस्व संकलन
-
रेकर्डपछि घट्यो सुनको भाउ, आज कतिमा हुँदैछ खरिद–बिक्री ?
-
विदेशमा पढ्नका लागि बाहिरियो ४२ अर्ब ९६ करोड
-
अलपत्र पारिएका सिँचाइका २२ रुग्ण ठेक्का तोडियो
-
नेपाल–कोरिया ऊर्जा सहकार्य अब परियोजना र लगानीको चरणमा : इप्पान उपाध्यक्ष डाँगी
-
२८,५०० मेगावाट लक्ष्य हासिल गर्न कोरियाली लगानी अपरिहार्य : इप्पान अध्यक्ष कार्की