रुपन्देहीको जोगीकुटी सबस्टेसनको निरीक्षण गरे ऊर्जामन्त्री खड्काले
जलसरोकार
काठमाडौँ, : ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले रुपन्देहीको बुटवल उपमहानगरपालि जोगीकुटीमा रहेको १३२/३३/११ केभी सबस्टेसनको निरीक्षण गरेका छन् ।
विभिन्न कार्यक्रममा सहभागी हुन बुधबार रुपन्देही पुगेका मन्त्री खड्काले जोगीकुटी सबस्टेसनको अवस्था र विद्युत् वितरणबारे जानकारी लिएका हुन् । उनले जनतालाई छिटोछरितो सेवा प्रदान गर्न तथा विद्युत् चुहावट रोक्न निर्देशन दिँदै आयोजनाका बाँकी काम चाँडो सम्पन्न गर्न निर्देशन दिए ।
ऊर्जामन्त्री खड्काले वन तथा अन्य निकायबाट विद्युत्सम्बन्धी अवरोध भएमा तालुक कार्यालय तथा मन्त्रालयलाई जानकारी गराउन निर्देशन दिएका थियो । बुटवल उपमहानगरपालिका र सिद्धार्थनगर नगरपालिका प्रमुखले मन्त्री खड्कासँग विद्युत् लाइन अन्डरग्राउन्ड गर्न आग्रह गरेपछि उहाँले प्रादेशिक कार्यालयलाई विद्युत् लाइन अन्डरग्राउन्ड गर्न निर्देशनसमेत दिए ।
मन्त्री खड्कालाई लुम्बिनी प्रदेशमा भएको विद्युत् उत्पादन, प्रसारण र वितरण तथा सबस्टेसनका बारेमा प्राधिकरण प्रादेशिक कार्यालयका प्रमुख हरि पाण्डेले जानकारी गराएका थिए । जोगीकुटी सबस्टेसनमा कालीगण्डकी, चन्द्रौटा, बर्दघाट र मैनहियाको विद्युत् प्रसारण सञ्जाल रहेको छ ।
लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
एडीबीको आपत्तिले रोकिएको सिँचाइ आयोजना अघि बढाउन मन्त्रालयको नयाँ पहल
-
सिंहदरबारबाट लखेटिएको जल तथा ऊर्जा आयोगलाई ‘नलेज सेन्टर’ बनाइने
-
वर्षायाममा विद्युत् सेवा अवरुद्ध हुन नदिन प्राधिकरणको निर्देशन, २४सै घण्टा तयारी अवस्थामा रहन प्रदेश कार्यालयलाई आग्रह
-
बिजक लिएर खरिद गर्नेलाई उपहार, सरकारले ल्यायो ‘करदाता प्रोत्साहन उपहार कार्यक्रम’
-
सुन प्रतितोला एक हजार र चाँदी ५० रुपैयाँले बढ्यो
-
विद्युत् उत्पादन लक्ष्यमा सरकार असफल, ९४२ मेगावाटको लक्ष्यमा ५६१ मेगावाट मात्र थपियो