बक्यौता नउठाउने ऊर्जा मन्त्री खड्काका सबै खेल समाप्त
ट्रंक तथा डेडिकेटेड बक्यौता अब ५६ किस्तामा तिर्न पाइने
जलसरोकार
काठमाडौं: नेपाल विद्युत प्राधिकरणले ट्रंक तथा डेडिकेटेड लाइनको बक्यौता ५६ किस्तामा तिर्न दिन पाउने निर्णय गरेको छ ।यसबाट बक्यौता उठाउन अवरोध गर्दै आएका ऊर्जा मन्त्री दीपक खड्काका सबै प्रकाकार खेल अब समाप्त भएका छन् ।
आज बसेको प्राधिकरणको सञ्चालक समितिले साविकको २८ किस्तालाई दोब्बर तुल्याएर सुविधा दिने निर्णय गरेको एक सञ्चालकले जलसरोकारलाई बताए ।
यसका लागि महसुल संकलन विनियमावली संशोधन गरिने भएको छ ।
आजै विद्युत् नियमन आयोगले २०७२ माघ देखि २०७५ वैशाखसम्मको डेडिकेटेड बक्यौता सुविधाजनक किस्ताबन्दीमा तिर्न पाउने व्यवस्था गर्न प्राधिकरणलाई निर्देशन दिएको थियो ।
ऊर्जा मन्त्रीले मौखिक निर्देशन दिंदादिंदै पनि प्राधिकरणले बक्यौता नतिर्नेको लाइन गत कात्तिक ८ गतेदेखि काटेको थियो । हालसम्म १४ वटा उद्योगले किस्ताबन्दीमा बक्यौता तिर्न सुरु गरेर काटिएको लाइन धमाधम जोड्न लागेको छ ।
हिजोको मन्त्रिपरिषद् बैठकमा प्रधानमन्त्री केपी ओलीले बक्यौताको विषय विद्युत नियमन आयोग र ऊर्जा मन्त्रालयको भएको बताएर हस्तक्षेप नगर्ने नीति लिएका थिए ।
लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
दीर्घायुकुमार श्रेष्ठ बने नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशक
-
भाेटेकाेशी - रसुवा बाढीपछि के गर्लान् ऊर्जा उद्यमी ? ( भिडियाे )
-
कालिञ्चोक हाइड्रोपावरको ४२ हजार २५० कित्ता शेयरको लक–इन अवधि सकिँदै
-
राष्ट्र बैंकले ३० अर्बको निक्षेप संकलन गर्दै
-
भोटेकोशी बाढी : क्षतिग्रस्त जलविद्युत्का ८५८ कर्मचारी अझै बेपत्ता, १७ शव फेला
-
भोटेकोशी बाढी : बेपत्ता र मृतक जलविद्युत् कर्मचारीका परिवारलाई पाँच लाख, ५० प्रतिशत निर्वाह भत्ता