नेपाल–बङ्गलादेश आर्थिक सहकार्य प्रवर्द्धनमा जोड
जलसरोकार
काठमाडौं : बङ्गलादेशस्थित नेपाली दूतावासले शुक्रबार साँझ बङ्गलादेशको रङ्गपुरमा ‘नेपाल–बङ्गलादेश सम्बन्धः आर्थिक सहकार्यको प्रवर्द्धन’ विषयक कार्यक्रम आयोजना गरेको छ।
कार्यक्रममा बङ्गलादेशका लागि नेपालका राजदूत घनश्याम भण्डारीले व्यापार, पारवहन, ऊर्जा, सम्पर्क सञ्जाल विस्तार, शिक्षा तथा पर्यटनलगायत क्षेत्रमा द्विपक्षीय सहकार्यका व्यापक सम्भावना रहेको उल्लेख गर्दै आर्थिक साझेदारी सुदृढ बनाउन व्यावसायिक सम्बन्ध विस्तार आवश्यक रहेको बताए।
कार्यक्रममा क्रिस्टोफर हिमाल रिचिल, गुलाम जकारिया, मञ्जुर अहमद तथा शाहनाज परविन शाहिन लगायतले दुई देशका व्यावसायिक समुदायबीच सम्बन्ध सुदृढ गर्नुपर्नेमा जोड दिएका थिए।
उक्त अवसरमा नेपाल–बङ्गलादेश आर्थिक साझेदारीलाई थप सुदृढ गर्ने उपायबारे समेत विचार आदानप्रदान गरिएको दूतावासले जनाएको छ।
कार्यक्रममा रङ्गपुरस्थित उद्योग वाणिज्य सङ्घ, विभिन्न व्यावसायिक संस्था, ट्राभल तथा टुर व्यवसायी र सञ्चारकर्मीहरूको उपस्थिति रहेको थियो।
लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
भूकम्पीय जोखिम सामना गर्न नेपालले विपद् बन्डको सम्भाव्यता अध्ययन गर्ने
-
विद्युत् व्यापारमा निजी क्षेत्रलाई प्रवेश गराउने तयारी अन्तिम चरणमा
-
एनएमबी बैंक र र्यापिड टेकबीच डिजिटल बैंकिङ सेवा विस्तार गर्न साझेदारी
-
सम्पर्कविहीन प्राधिकरणका ६ कर्मचारीका परिवारले पाए राहत
-
सङ्खुवासभाको विकट हटियामा पुग्यो राष्ट्रिय प्रसारण लाइनको विद्युत्
-
सुनकोशी-मरिनको बाँकी संरचना निर्माणका लागि तीन कम्पनीको प्राविधिक प्रस्ताव ग्राह्य