बागलुङ : बस्ती संरक्षणका लागि बागलुङका १३ स्थानमा तटबन्ध गर्न थालिएको छ । चालु आर्थिक वर्षमा गण्डकी प्रदेश सरकारले विनियोजन गरेको बजेटबाट तटबन्ध गर्न थालिएको हो ।
जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालय बागलुङमार्फत जिल्लाको गलकोट, बागलुङ, ढोरपाटन, बडिगाड र बरेङसहितका पालिकाका विभिन्न स्थानमा तटबन्धको काम भइरहेको छ । तीमध्ये हालसम्म सात योजना सकिएको जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालयका प्रमुख सुरेन्द्र पौडेलले जानकारी दिए ।
हालसम्म गलकोट नगरपालिका–५ स्थित खहरेखोला, वडा नं ९ स्थित दरमखोला, वडा नं ३ स्थित गौदीखोला, हटिया, वडा नं १ स्थित दूधिलाभाटी र बागलुङ नगरपालिका–३ स्थित ढोण पिपलबाटोमा काम सम्पन्न भएको उनको भनाइ छ ।
उनका अनुसार बडिगाडखोला, नरेठाँटी दोभान, खाल बजार, दोगाडी, पाँचमुरे र काठेखोलामा काम सुरु भएको छ । सबै योजना असार मसान्तभित्रै सक्ने गरी काम भइरहेको प्रमुख पौडेलले जानकारी दिए । यस वर्ष जिल्लाभर रु एक करोड ६० लाखमा तटबन्ध तथा बस्ती संरक्षणको काम भइरहेको उनी बताउछन् ।
प्रमुख पौडेलले भने,“यस वर्ष प्रदेश सरकारबाट नीति तथा कार्यक्रममा समावेश भएका योजना कार्यान्वयनको चरणमा छन्, अधिकांश योजना सम्पन्न भइसकेका छन्, केही सकिने अवस्थामा छन्, भने केही साना योजना सम्झौता गरेर काम सुरु हुने चरणमा छन्, हामीहरुले समयमै सबै योजना सक्ने गरी कामको गतिलाई तीव्र बनाएका छौँ ।”
गलकोट–३ का स्थानीय कुलबहादुर खत्रीले दरमखोलामा तटबन्ध भएपछि बर्खामा खोला बस्तीमा पस्ने जोखिम कम भएको बताए । खोला किनारमा बाक्लो बस्ती रहेको तर अहिलेसम्म तटबन्ध नहुँदा दरमखोला तटका स्थानीय त्रासमा बस्नु परेको भन्दै अब बाढी पस्ने सम्भावना कम भएको उनले भने,। दरमखोलाको धेरै क्षेत्रमा अझै तटबन्ध गर्न आवश्यक रहेको खत्रीको भनाइ छ ।
“हिउँदको समयमा खोलामा पानीको सहत घट्छ, जब बर्खा लाग्छ, तब सानो खोला पनि उर्लिएर माथि आउँछ, यसले गर्दा खोला नजिकका बस्ती जोखिममा छन्”, उनले भने,“अहिले केही ठाउँमा भए पनि तटबन्ध भयो, सरकारले आगामी वर्षमा अन्य ठाउँमा पनि तटबन्ध गर्न बजेट विनियोजन ग¥यो भने बस्ती संरक्षण गर्न सजिलो हुने थियो ।”
काठमाडौंको वायु प्रदूषण निकै अस्वस्थकरको तहमा
राष्ट्रिय प्रसारण ग्रीड कम्पनी लिमिटेडका सिइओको शपथ
भारत सरकारको सहयोगमा निर्माण हुने १० परियोजनाको समझदारी पत्रमा हस्ताक्षर
ऊर्जा मन्त्रालयको हटलाइनमा एक महिनामा १९ सय उजुरी
कुलमानको रीट हेर्दाहेर्दैमा, ‘मन्त्रिपरिषद्लाई बर्खास्त गर्ने अधिकार छैन’
लोकप्रिय हुने प्रवृत्तिबाट बाहिर निस्कन जरुरी : अर्थमन्त्री पौडेल