साहस ऊर्जालाई सतप्रतिशत हकप्रद शेयर जारी गर्न विद्युत् नियमन आयोगको पूर्वस्वीकृति
जलसरोकार
काठमाडौँः साहस ऊर्जा कम्पनी (SAHAS) ले सतप्रतिशत हकप्रद शेयर जारी गर्न विद्युत् नियमन आयोगबाट पूर्वस्वीकृति प्राप्त गरेको छ। आयोगले कम्पनीको कुल चुक्ता पूँजी बराबरको हकप्रद शेयर निष्कासन गर्न अनुमति दिएको हो।
हाल कम्पनीको कुल चुक्ता पूँजी ४ अर्ब ५७ करोड ३८ लाख रुपैयाँ रहेको छ। सोही बराबरको रकम उठाउने गरी कम्पनीले हकप्रद शेयर जारी गर्ने तयारी गरेको जनाएको छ।
कम्पनीले ३४० मेगावाट क्षमताको बुडीगण्डकी जलविद्युत् आयोजनामा लगानी जुटाउने उद्देश्यले हकप्रद शेयर जारी गर्न लागेको हो।
विद्युत् नियमन आयोगले भने कम्पनीलाई विभिन्न ९ वटा सर्तसहित पूर्वस्वीकृति प्रदान गरेको जनाएको छ। आयोगका अनुसार ती सर्तहरू पूरा गर्दै आवश्यक प्रक्रिया अघि बढाएपछि कम्पनीले हकप्रद शेयर निष्कासन गर्न सक्नेछ।
कम्पनीले नियामक निकायको निर्देशनअनुसार आगामी चरणमा अन्य आवश्यक स्वीकृतिहरू प्राप्त गरी हकप्रद शेयर जारी गर्ने प्रक्रिया अघि बढाउने जनाएको छ।
लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
भूकम्पीय जोखिम सामना गर्न नेपालले विपद् बन्डको सम्भाव्यता अध्ययन गर्ने
-
विद्युत् व्यापारमा निजी क्षेत्रलाई प्रवेश गराउने तयारी अन्तिम चरणमा
-
एनएमबी बैंक र र्यापिड टेकबीच डिजिटल बैंकिङ सेवा विस्तार गर्न साझेदारी
-
सम्पर्कविहीन प्राधिकरणका ६ कर्मचारीका परिवारले पाए राहत
-
सङ्खुवासभाको विकट हटियामा पुग्यो राष्ट्रिय प्रसारण लाइनको विद्युत्
-
सुनकोशी-मरिनको बाँकी संरचना निर्माणका लागि तीन कम्पनीको प्राविधिक प्रस्ताव ग्राह्य