विद्युत् प्राधिकरणमा वर्षौंदेखि थन्किएको २४ लाखभन्दा बढी धरौटी रकम लिन ३५ दिने समयसीमा
जलसरोकार
काठमाडौँ : नेपाल विद्युत् प्राधिकरण, वितरण तथा ग्राहक सेवा निर्देशनालय अन्तर्गत कुलेश्वर वितरण केन्द्रले लामो समयदेखि दाबी नगरिएको धरौटी तथा दायित्व रकम उठाउन सम्बन्धित व्यक्ति तथा संस्थालाई आग्रह गरेको छ।
केन्द्रले प्रकाशित गरेको सूचनाअनुसार विभिन्न आर्थिक वर्षमा संकलित रु २४ लाख ३३ हजार ९ सय ३८ रुपैयाँ ४९ पैसा बराबरको रकम अझै दाबी हुन बाँकी रहेको छ।
उक्त रकम आर्थिक वर्ष २०६३/६४ देखि २०७७/७८ सम्मका अवधिमा विभिन्न फर्म, ठेकेदार, सप्लायर, कम्पनी तथा व्यक्तिहरूबाट संकलन गरिएको भए पनि हालसम्म सम्बन्धित पक्षले फिर्ता लिन नआएको प्राधिकरणले जनाएको छ।
सूचनामा उल्लेख गरिएअनुसार मनोज थापा, छविलाल श्रेष्ठ, सिजन श्रेष्ठ, बाबुराजा महर्जन, दीपक लामा, नेपाल आर्मी लगायतका व्यक्ति तथा संस्थाको नाममा उक्त रकम रहेको छ।
प्राधिकरणले सम्बन्धित व्यक्तिहरूलाई आवश्यक प्रमाणसहित सूचना प्रकाशित भएको मितिले ३५ दिनभित्र कुलेश्वर वितरण केन्द्रमा सम्पर्क गरी रकम दाबी गर्न आग्रह गरेको छ। तोकिएको समयभित्र दाबी नगरिएमा उक्त रकम प्राधिकरणको राजस्वमा दाखिला गरिने चेतावनीसमेत दिइएको छ।


लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
नेपाल-भारत ऊर्जा सहकार्यले मार्यो नयाँ फड्को, सीमापार विद्युत् व्यापार क्षमता १६५० मेगावाटसम्म विस्तार हुने
-
काठमाडौंका अव्यवस्थित तार हटाउने फेरि घोषणा, अन्तिम समयसीमा भने अझै छैन
-
बाढीले क्षति पुर्याएपछि रेलेखोला जलविद्युत् आयोजना बन्द
-
कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा भारी वर्षाको पूर्वानुमान
-
चार दिनको गिरावटपछि नेप्सेमा सुधार, परिसूचक ६.११ अंकले बढ्यो
-
नेपालको जलविद्युत् : सही दिशामा सरकार कि नीतिगत अलमल?