सामाजिक सञ्जालको प्रयोग गर्दा मर्यादा अपनाउनुहाेस् : विद्युत प्राधिकरण
जलसरोकार
काठमाडौं: नेपाल विद्युत प्राधिकरणले आफ्ना कर्मचारीलाई सामाजिक सञ्जाल प्रयोग गर्दा संस्थाको गरिमा, सेवा नियमावली र आचारसंहिता पालना गर्न निर्देशन दिएको छ । शुक्रबार प्राधिकरणको प्रशासन निर्देशनालय, जनसम्पर्क शाखाले एक सूचना जारी गर्दै सामाजिक सञ्जालको प्रयोग जिम्मेवार र मर्यादित हुनुपर्ने स्पष्ट पारेको हो ।
सूचनामा उल्लेख भएअनुसार नेपाल विद्युत प्राधिकरण कर्मचारी सेवा शर्त विनियमावली, २०७५ को दफा १३ मा व्यवस्था भएअनुसार कर्मचारीहरूले कार्यालयको गोप्य सूचना, संस्थाको छवि नकारात्मक असर पार्ने सामग्री, व्यक्तिगत विचारका नाममा संस्थामाथि आक्षेप लाग्ने अभिव्यक्ति सामाजिक सञ्जालमा सार्वजनिक गर्न नपाइने जनाइएको छ ।
प्राधिकरणले सामाजिक सञ्जालमा गरिने कुनै पनि गतिविधिले संस्थाको कार्यक्षमता, सेवाप्रवाह र सार्वजनिक विश्वासमा नकारात्मक प्रभाव पार्न नहुनेमा जोड दिएको छ । यदि कसैले उक्त निर्देशनको उल्लङ्घन गरेमा प्रचलित नियमावली अनुसार विभागीय कारबाही गरिने चेतावनीसमेत दिइएको छ ।
सूचनामा सबै कर्मचारीलाई सामाजिक सञ्जाल प्रयोग गर्दा संयम, जिम्मेवारी र संस्थागत मर्यादा कायम गर्न आग्रह गरिएको छ । साथै सम्बन्धित निर्देशन प्राधिकरणको आधिकारिक वेबसाइटमार्फत पनि सार्वजनिक गरिएको जनाइएको छ ।
लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
भूकम्पीय जोखिम सामना गर्न नेपालले विपद् बन्डको सम्भाव्यता अध्ययन गर्ने
-
विद्युत् व्यापारमा निजी क्षेत्रलाई प्रवेश गराउने तयारी अन्तिम चरणमा
-
एनएमबी बैंक र र्यापिड टेकबीच डिजिटल बैंकिङ सेवा विस्तार गर्न साझेदारी
-
सम्पर्कविहीन प्राधिकरणका ६ कर्मचारीका परिवारले पाए राहत
-
सङ्खुवासभाको विकट हटियामा पुग्यो राष्ट्रिय प्रसारण लाइनको विद्युत्
-
सुनकोशी-मरिनको बाँकी संरचना निर्माणका लागि तीन कम्पनीको प्राविधिक प्रस्ताव ग्राह्य