पनौती–काठमाडौँ खण्डमा विद्युतीय सवारी सञ्चालन
जलसरोकार
काभ्रेपलाञ्चोक: काभ्रेपलाञ्चोक–पुण्यवती यातायात कम्पनीले आजदेखि विद्युतीय सवारी (इभी माइक्रो) सञ्चालनमा ल्याएको छ । यसअघि मिनीबसबाट सेवा दिँदै आएको समितिले आजदेखि पनौती नगरपालिकाको खोपासी र शङ्खुबाट विद्युतीय गाडीमार्फत सेवा आरम्भ गरेको हो ।
खोपासी र शङ्खुबाट पनौती बसपार्क हुँदै कोटेश्वर–तिनकुने गएर पुनः खोपासी र शङ्खु फर्कने गरी दुई नयाँ रुट कायम गर्दै सेवा दिन थालेको समितिले जनाएको छ । सेवारम्भको कम्पनीका अध्यक्ष राजेशसुन्दर सैँजूले पनौतीस्थित मानेश्वरी पार्कमा इभी माइक्रो सञ्चालन उद्घाटन गरे । “हाल दुई रुटबाट पाँच–पाँच वटा इभी माइक्रोले सेवा दिनेछौँ, पछि आवश्यकताअनुसार थप्दै जानेछौँ”, उनले भने, ।
पर्यावरण, प्रविधि तथा यात्रुको जनघनत्वलाई ध्यानमा राख्दै छिटोछरितो सेवा दिने उद्देश्यले विद्युतीय गाडीले मिनीबसको साविक भाडादरमा सेवा प्रदान गर्ने कम्पनीले जनाएको छ । हाल खोपासीबाट ११ सिट क्षमताको र शङ्खुबाट १४ सिट क्षमताको इभी माइक्रो सञ्चालनमा ल्याइएको हो ।
लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
बुढीगण्डकी : भोटेकोशीको बाढीपछि उठेको ठूलो प्रश्न– पानीलाई कसरी व्यवस्थापन गर्ने?
-
‘सुरुङको अँध्यारोभित्र कतै एउटा जीवन अझै प्रतीक्षामा हुन सक्थ्यो’ : अर्नोल्ड डिक्स
-
त्रिशूलीको अति भीषण बाढी २०२६ निम्त्याउने प्रलयकारी हिमपहिरो
-
विद्युत् व्यापार निजी क्षेत्रलाई खुला गर्दै सरकार, दुई महिनाभित्र कानुनी बाटो तयार हुने
-
चिलिमेमा थप एक शव फेला, मृतकको संख्या चार पुग्यो
-
चिलिमे पावरहाउस पहिलो बाढीमै पूर्णरूपमा ध्वस्त, तीन शव भेटिएको उद्धार टोलीको जानकारी