दुईवर्षे कार्यकालमा चुनौतीहरूलाई अवसरमा बदल्ने प्रयास सफल : अध्यक्ष ढकाल
जलसरोकार
काठमाडौं : नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले निजी क्षेत्रको महत्त्व र आर्थिक सुधारका लागि सरकारसँग सहकार्यको अपेक्षा व्यक्त गरेका छन् ।
महासंघको ५९औँ वार्षिक साधारण सभा एवम् उद्योग वाणिज्य दिवसको उद्घाटन सत्रमा बोल्दै अध्यक्ष ढकालले महासंघको दुईवर्षे कार्यकालमा चुनौतीहरूलाई अवसरमा बदल्ने प्रयास सफल भएको बताए ।
सहुलियतपूर्ण कर्जा, कम ऋण अनुपात र पर्याप्त विदेशी विनिमय सञ्चितिका कारण संकट टरेको उनको भनाइ थियो । तर, अत्यधिक सतर्कताले व्यापार अनौपचारिक बनेको र राजस्वमा असर परेको उनले औँल्याए । पछिल्लो त्रैमासमा ५ प्रतिशत आर्थिक वृद्धि भए पनि व्यवसायीको मनोबल कमजोर रहेको सर्वेक्षणले देखाएको उनले बताए ।
देशभित्र मर्यादित रोजगारी सिर्जनाको आवश्यकता जोड्दै निजी क्षेत्रले ८६ प्रतिशत रोजगारी दिएपछि तर सरकार समृद्धि लक्ष्यमा सहयोगी बन्न सक्ने उनले भने, । दक्षिण कोरिया र बंगलादेशको उदाहरण दिँदै नेपालले पनि प्रगति गर्न सक्ने विश्वास व्यक्त गरे ।
लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
भूकम्पीय जोखिम सामना गर्न नेपालले विपद् बन्डको सम्भाव्यता अध्ययन गर्ने
-
विद्युत् व्यापारमा निजी क्षेत्रलाई प्रवेश गराउने तयारी अन्तिम चरणमा
-
एनएमबी बैंक र र्यापिड टेकबीच डिजिटल बैंकिङ सेवा विस्तार गर्न साझेदारी
-
सम्पर्कविहीन प्राधिकरणका ६ कर्मचारीका परिवारले पाए राहत
-
सङ्खुवासभाको विकट हटियामा पुग्यो राष्ट्रिय प्रसारण लाइनको विद्युत्
-
सुनकोशी-मरिनको बाँकी संरचना निर्माणका लागि तीन कम्पनीको प्राविधिक प्रस्ताव ग्राह्य