आर्थिक वर्ष २०८२/८३ को आर्थिक सर्वेक्षण : ९९.१ प्रतिशत जनसङ्ख्यामा विद्युत् पहुँच, निर्यात बढ्दै
जलसरोकार
काठमाडौँ : नेपालले ऊर्जा क्षेत्रमा यस वर्ष उल्लेखनीय प्रगति हासिल गरेको छ। हाल देशको ९९.१ प्रतिशत जनसङ्ख्यामा विद्युत् पहुँच पुगेको छ, जसलाई सरकारको ठूलो उपलब्धिका रूपमा लिइएको छ।
अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आर्थिक वर्ष २०८२/८३ को आर्थिक सर्वेक्षण सङ्घीय संसद्मा पेस गर्दै नेपालको विद्युत् उत्पादन क्षमता ४,१०५ मेगावाट पुगेको जानकारी दिए । उनका अनुसार देशभित्र माग पूरा गरी अतिरिक्त उत्पादन भारततर्फ निर्यात गर्न सुरु भइसकेको छ।
सार्वजनिक तथ्याङ्कअनुसार चालु वर्षमा मात्रै नेपालले भारततर्फ २ हजार ९ सय १८ गिगावाट घण्टा विद्युत् निर्यात गरेको छ । जसबाट देशले उल्लेखनीय वैदेशिक आम्दानी हासिल गरेको छ।
सरकारले जलविद्युत्सँगै सौर्य ऊर्जा तथा अन्य वैकल्पिक ऊर्जा स्रोतहरूलाई पनि ग्रामीण क्षेत्रमा विस्तार गर्दै लगेको छ। यसले दुर्गम तथा ग्रामीण बस्तीमा समेत विद्युत् पहुँच विस्तार गर्न सहयोग पुगेको छ।
ऊर्जा खपत बढेसँगै पेट्रोलियम पदार्थको प्रयोग घटाउने र वातावरण संरक्षणलाई मजबुत बनाउने लक्ष्य सरकारले अघि सारेको छ। स्वच्छ ऊर्जा विस्तारले दीर्घकालीन रूपमा ऊर्जा आत्मनिर्भरता र हरित अर्थतन्त्र निर्माणमा सहयोग पुग्ने अपेक्षा गरिएको छ।
लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
भूकम्पीय जोखिम सामना गर्न नेपालले विपद् बन्डको सम्भाव्यता अध्ययन गर्ने
-
विद्युत् व्यापारमा निजी क्षेत्रलाई प्रवेश गराउने तयारी अन्तिम चरणमा
-
एनएमबी बैंक र र्यापिड टेकबीच डिजिटल बैंकिङ सेवा विस्तार गर्न साझेदारी
-
सम्पर्कविहीन प्राधिकरणका ६ कर्मचारीका परिवारले पाए राहत
-
सङ्खुवासभाको विकट हटियामा पुग्यो राष्ट्रिय प्रसारण लाइनको विद्युत्
-
सुनकोशी-मरिनको बाँकी संरचना निर्माणका लागि तीन कम्पनीको प्राविधिक प्रस्ताव ग्राह्य