अवरुद्ध पूर्व–पश्चिम राजमार्ग २४ घण्टापछि सञ्चालन
जलसरोकार
काठमाडौं : मङ्गलबार बिहानदेखि अवरुद्ध भएको पूर्व–पश्चिम महेन्द्र राजमार्ग केहीबेरअघि पुनः सञ्चालनमा आएको छ । राजमार्गअन्तर्गत रौतहटको चन्द्रपुर नगरपालिका–४ स्थित लमाह पुल नजिक ग्यास बुलेट पल्टिँदा सवारी आवागमन पूर्ण रूपमा अवरुद्ध भएको थियो ।
जिल्ला ट्राफिक प्रहरी कार्यालय रौतहटका प्रहरी निरीक्षक राजेन्द्र थापामगरका अनुसार बुलेटभित्र रहेको करिब २१ टन ग्यास रातभरि सुरक्षित रूपमा बाहिर फ्याँकेपछि ट्याङ्कर हटाइएको हो । बुलेट हटाउन छवटा क्रेन प्रयोग गरिएको उनले जानकारी दिए ।
घटनापछि राजमार्ग अवरुद्ध हुँदा साना सवारीसाधनहरू चन्द्रनिगाहपुर–गौर वैकल्पिक मार्ग प्रयोग गरेर आवागमन गरिरहेका थिए । बुलेट हटाएसँगै राजमार्गमा दुवैतर्फको सवारी आवागमन पुनः सुचारु भएको प्रहरीले जनाएको छ ।
लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
दीर्घायुकुमार श्रेष्ठ बने नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशक
-
भाेटेकाेशी - रसुवा बाढीपछि के गर्लान् ऊर्जा उद्यमी ? ( भिडियाे )
-
कालिञ्चोक हाइड्रोपावरको ४२ हजार २५० कित्ता शेयरको लक–इन अवधि सकिँदै
-
राष्ट्र बैंकले ३० अर्बको निक्षेप संकलन गर्दै
-
भोटेकोशी बाढी : क्षतिग्रस्त जलविद्युत्का ८५८ कर्मचारी अझै बेपत्ता, १७ शव फेला
-
भोटेकोशी बाढी : बेपत्ता र मृतक जलविद्युत् कर्मचारीका परिवारलाई पाँच लाख, ५० प्रतिशत निर्वाह भत्ता