सुनको मूल्य कुलमान घिसिङ सेयर बजार दीपक खड्का ग्लोबल आइएमई बैंक नेपाल विद्युत प्राधिकरण नबिल बैंक पूर्वाधार सिक्टा सिँचाइ प्रधानमन्त्री कार्की
जलसरोकार : नेपाल राष्ट्रको बिजुली र बिजुलीसँग सम्बन्धित प्रमुख समाचार पोर्टल

अवरुद्ध पूर्व–पश्चिम राजमार्ग २४ घण्टापछि सञ्चालन

जलसरोकार
बुधबार, पुस १६, २०८२ | ०९:३०:२९ बजे

 

काठमाडौं : मङ्गलबार बिहानदेखि अवरुद्ध भएको पूर्व–पश्चिम महेन्द्र राजमार्ग केहीबेरअघि पुनः सञ्चालनमा आएको छ । राजमार्गअन्तर्गत रौतहटको चन्द्रपुर नगरपालिका–४ स्थित लमाह पुल नजिक ग्यास बुलेट पल्टिँदा सवारी आवागमन पूर्ण रूपमा अवरुद्ध भएको थियो ।

जिल्ला ट्राफिक प्रहरी कार्यालय रौतहटका प्रहरी निरीक्षक राजेन्द्र थापामगरका अनुसार बुलेटभित्र रहेको करिब २१ टन ग्यास रातभरि सुरक्षित रूपमा बाहिर फ्याँकेपछि ट्याङ्कर हटाइएको हो । बुलेट हटाउन छवटा क्रेन प्रयोग गरिएको उनले जानकारी दिए ।

घटनापछि राजमार्ग अवरुद्ध हुँदा साना सवारीसाधनहरू चन्द्रनिगाहपुर–गौर वैकल्पिक मार्ग प्रयोग गरेर आवागमन गरिरहेका थिए । बुलेट हटाएसँगै राजमार्गमा दुवैतर्फको सवारी आवागमन पुनः सुचारु भएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : बुधबार, पुस १६, २०८२ | ०९:३०:२९ बजे

लेखकको बारेमा

जलसरोकार
जलसरोकारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ ।

प्रतिक्रिया