पूर्णविद्युतीय विमान बनाउँदै डच कम्पनी
जलसरोकार
काठमाडौँ - व्यावसायिक उड्ययन क्षेत्र यतिबेला आफ्नो व्यवसायले जलवायुमा पार्ने प्रभाव कम गर्न संघर्षरत् छन् । सन् २०५० सम्ममा यो क्षेत्रले नेट जिरो उत्सर्जनको लक्ष्य कसैगरी पनि पूरा नगर्ने देखिन्छ ।
दिगो उड्ययन इन्धन पर्याप्त हुने गरी द्रुत गतिमा उत्पादन गर्न सकिएको छैन । यस्तोमा परम्परागत इन्धनबाट चल्ने विमानको विकल्प कमै मात्रै देखिन्छन् । तर डच स्टार्ट अप कम्पनी एलिसियनले पूरै विद्युतीय हवाई विमान बनाउन लागेको छ । यो विमानले एक पटकमा ९० जनासम्म यात्रीहरू बोकेर ५०० माइल (८०५ किमी) सम्मको यात्रा गर्न सक्नेछ । विमानले ९० प्रतिशतसम्म उत्सर्जन घटाउन सक्ने बताइएको छ । कम्पनीले एक दशकभित्र यो विमानको व्यावसायिक उडान गर्ने लक्ष्य राखेको छ । यो विमानको नाम ई९एक्स हो ।
अहिलेसम्म विमान कागजमा मात्रै सीमित छ । सन् २०३० सम्ममा कम्पनीले यसको पूर्ण प्रोटोटाइप बनाउने बताइएको छ । तर यसका केही डिजाइन फिचरहरू प्रष्ट छन् । ‘विद्युतीय प्लेन आजका सफल प्लेन जस्तै देखिनेछन् भनेर चाँहि नसोच्नुहोला,’ एलिसियनका डिजाइन र इञ्जिनियरिङ निर्देशक रेलार्ड दि भ्रीसले भनेका छन् । तर यो सन् १९६० को दशकका जेट जस्तै देखिने उनले बताए । विमानको संरचनात्मक वजन कम हुने र ब्याट्रीको वजन धेरै हुने पनि उनले बताए ।
यसका कारण विमान ठुलो र गह्रुँगो पनि हुनेछ । तर विमान यसअघि मान्छेले सोच्ने गरेको भन्दा धेरै टाढासम्म उड्न सक्ने बताइएको छ । विमानमा ८ वटा प्रोपेलर इञ्जिन हुनेछ । यसको पङ्खा १३८ फिट (४ मिटर)को हुनेछ । यो बोइङको ७३७ वा एयरबसको ए३२० भन्दा पनि ठुलो हुनेछ । एलिसियनले नेदरल्यान्डको सबैभन्दा पुरानो र ठुलो प्राविधिक विश्वविद्यालय डेल्फ्ट युनिभर्सिटी अफ टेक्नोलोजीको सहकार्यमा विमानको डिजाइन बनाएको हो । एजेन्सी
लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
मध्यपहाडी लोकमार्गको वैकल्पिक ‘पाखुट्टे-ढाँड’ सडक ‘ग्राभेलिङ’
-
सुन र चाँदी महँगियो, आज कतिमा हुँदैछ बजारमा खरिदबिक्री ?
-
माण्डु हाइड्रोपावरले १० प्रतिशत बोनस शेयर वितरण गर्ने
-
आज पनि तराईका केही जिल्लामा तातो हावाको चेतावनी, देशभर वर्षाको सम्भावना
-
प्राधिकरण टुक्र्याउने प्रस्तावविरुद्ध एकजुट भए पाँच कर्मचारी संगठन
-
पश्चिम नेपालका २,५०० मेगावाट विद्युत् राष्ट्रिय ग्रिडमा जोड्न २० अर्बको वेस्ट सेती प्रसारण लाइन अघि बढ्यो