काठमाडौँ - व्यावसायिक उड्ययन क्षेत्र यतिबेला आफ्नो व्यवसायले जलवायुमा पार्ने प्रभाव कम गर्न संघर्षरत् छन् । सन् २०५० सम्ममा यो क्षेत्रले नेट जिरो उत्सर्जनको लक्ष्य कसैगरी पनि पूरा नगर्ने देखिन्छ ।
दिगो उड्ययन इन्धन पर्याप्त हुने गरी द्रुत गतिमा उत्पादन गर्न सकिएको छैन । यस्तोमा परम्परागत इन्धनबाट चल्ने विमानको विकल्प कमै मात्रै देखिन्छन् । तर डच स्टार्ट अप कम्पनी एलिसियनले पूरै विद्युतीय हवाई विमान बनाउन लागेको छ । यो विमानले एक पटकमा ९० जनासम्म यात्रीहरू बोकेर ५०० माइल (८०५ किमी) सम्मको यात्रा गर्न सक्नेछ । विमानले ९० प्रतिशतसम्म उत्सर्जन घटाउन सक्ने बताइएको छ । कम्पनीले एक दशकभित्र यो विमानको व्यावसायिक उडान गर्ने लक्ष्य राखेको छ । यो विमानको नाम ई९एक्स हो ।
अहिलेसम्म विमान कागजमा मात्रै सीमित छ । सन् २०३० सम्ममा कम्पनीले यसको पूर्ण प्रोटोटाइप बनाउने बताइएको छ । तर यसका केही डिजाइन फिचरहरू प्रष्ट छन् । ‘विद्युतीय प्लेन आजका सफल प्लेन जस्तै देखिनेछन् भनेर चाँहि नसोच्नुहोला,’ एलिसियनका डिजाइन र इञ्जिनियरिङ निर्देशक रेलार्ड दि भ्रीसले भनेका छन् । तर यो सन् १९६० को दशकका जेट जस्तै देखिने उनले बताए । विमानको संरचनात्मक वजन कम हुने र ब्याट्रीको वजन धेरै हुने पनि उनले बताए ।
यसका कारण विमान ठुलो र गह्रुँगो पनि हुनेछ । तर विमान यसअघि मान्छेले सोच्ने गरेको भन्दा धेरै टाढासम्म उड्न सक्ने बताइएको छ । विमानमा ८ वटा प्रोपेलर इञ्जिन हुनेछ । यसको पङ्खा १३८ फिट (४ मिटर)को हुनेछ । यो बोइङको ७३७ वा एयरबसको ए३२० भन्दा पनि ठुलो हुनेछ । एलिसियनले नेदरल्यान्डको सबैभन्दा पुरानो र ठुलो प्राविधिक विश्वविद्यालय डेल्फ्ट युनिभर्सिटी अफ टेक्नोलोजीको सहकार्यमा विमानको डिजाइन बनाएको हो । एजेन्सी
सरकार परिवर्तनको हल्ला असत्य हो, ढुक्कले काम गर्नुस् : प्रधानमन्त्री
कानुन समितिको वार्षिक प्रतिवेदन पारित, आगामी संसद् बैठकमा पेस हुने
गभर्नर नियुक्ति हुने निश्चित भएपछि निर्देशक डा.गुणाकर भट्टले दिए राजीनामा
मुग्लिन–पोखरा सडकः दमौली बजारमा धमाधम कालोपत्र हुँदै
सुनको भाउ ८०० रुपैयाँ घट्यो
सान्भी इनर्जीको आईपीओ खुल्यो