सुनको मूल्य कुलमान घिसिङ सेयर बजार नेपाल विद्युत प्राधिकरण दीपक खड्का ग्लोबल आइएमई बैंक नबिल बैंक पूर्वाधार सिक्टा सिँचाइ प्रधानमन्त्री कार्की
जलसरोकार : नेपाल राष्ट्रको बिजुली र बिजुलीसँग सम्बन्धित प्रमुख समाचार पोर्टल

डुम्रे–बेँसीसहर सडकखण्ड आजदेखि तीन दिनसम्म बन्द

जलसरोकार
सोमबार, माघ १२, २०८२ | १२:४९:३२ बजे

 

काठमाडौं: लमजुङ–तनहुँ जोड्ने मुख्य सडक डुम्रे–बेँसीसहर सडकखण्ड आजदेखि तीन दिनसम्म बन्द रहने भएको छ । सडकखण्ड अन्तर्गत बेँसीसहर नगरपालिका–१, उदीपुर पहिरो नीर क्षेत्रको सडक कालोपत्रे गर्न आज बिहान ११ बजेदेखि १४ गते बेलुका ६ बजेसम्म सडक बन्द रहने जिल्ला प्रशासन कार्यालय लमजुङले जनाएको छ ।

सहायक प्रमुख जिल्ला अधिकारी थम्मनसिंह गौतमका अनुसार, “उक्त स्थानमा केही वर्षअघि गएको पहिरोले भत्काएको सडक डुम्रे–बेँसीसहर–चामे सडक कार्यालयको अनुरोध अनुसार प्रशासनले बन्द गरेको सूचना जारी गरेको हो ।”

सवारी आवतजावतको सुविधा सुनिश्चित गर्न नेपाली सेनाले चण्डीप्रसाद गण उदीपुर ब्यारेकको क्षेत्रबाट सवारी साधन डाइभर्ट गरेको छ। यस सडकमार्ग हुँदै काठमाडौँ, पोखरा, चितवन लगायतका जिल्लामा नियमित सवारी साधन सञ्चालन हुन्छ । साथै, बेँसीसहर र हिमाली जिल्ला मनाङको स्थानीय आवतजावत पनि यही सडकमार्ग हुँदै हुने गर्दछ ।

उक्त स्थानमा विसं २०७८ असार १ र २०७८ साउन ११ गते गएको पहिरोले सडक बगाएको थियो । सडक रोकथामको लागि संघीय सरकारले ११ करोड १९ लाख रुपैयाँको बजेट विनियोजन गरेको छ। यस अन्तर्गत करिब ४०० मिटर सडक कालोपत्रे गरिनेछ ।

डुम्रे–बेँसीसहर–चामे सडक आयोजना प्रमुख सतीश सुवेदीका अनुसार, “सडक कालोपत्रे र पहिरो रोकथामको काम हालसम्म करिब ८५ प्रतिशत सम्पन्न भएको छ। काम सम्पन्न भएपछि सडक अधिक सुरक्षित र प्रयोगमैत्री बन्नेछ ।”

प्रकाशित मिति : सोमबार, माघ १२, २०८२ | १२:४९:३२ बजे

लेखकको बारेमा

जलसरोकार
जलसरोकारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ ।

प्रतिक्रिया