नेप्सेमा दोहोरो अंकको सुधार, कारोबार रकम पनि बढ्यो
जलसरोकार
काठमाडौं : साताको अन्तिम कारोबार दिन शुक्रबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक दोहोरो अंकले बढेर बन्द भएको छ। अघिल्लो कारोबार दिन बिहीबारको सुधारलाई निरन्तरता दिँदै बजारमा यस दिन पनि उत्साह देखिएको हो।
शुक्रबार नेप्से परिसूचक २७.४९ अंकले बढेर २७४५.६५ विन्दुमा पुगेको छ। यससँगै सेन्सेटिभ इण्डेक्स ३.२४ अंकले बढेको छ भने फ्लोट इण्डेक्स १.८८ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स १.२४ अंकले वृद्धि भएको छ।
बजारसँगै कारोबार रकममा पनि सुधार आएको छ। बिहीबार २ अर्ब ९३ करोड रुपैयाँ बराबरको कारोबार भएकोमा शुक्रबार ३३५ वटा स्टकको ५३ हजार १४ पटकको कारोबारमा ३ अर्ब २८ करोड ६८ लाख ७० हजार रुपैयाँ बराबरको ७४ लाख ७८ हजार कित्ता शेयर किनबेच भएको छ।
यस दिन त्रिशुली जलविद्युत कम्पनीको शेयरमूल्य सर्वाधिक १० प्रतिशतले बढेको छ। होटल फरेष्ट इनको शेयरमूल्य करिब ८ प्रतिशतले उकालो लाग्दा सूर्यकुण्ड हाइड्रो इलेक्ट्रिकको शेयरमूल्य ६ प्रतिशतभन्दा बढीले बढेको छ। यता, स्वाबलम्बन लघुवित्त वित्तीय संस्थाको शेयरमूल्य भने सर्वाधिक ६.५४ प्रतिशतले घटेको छ।
कारोबार रकमका आधारमा होटल फरेष्ट इन अग्रस्थानमा रहेको छ। सो कम्पनीको १३ करोड ८६ लाख ९४ हजार रुपैयाँ बराबरको कारोबार भएको छ। रिलायन्स स्पिनिङ्ग मिल्सको साढे १३ करोड रुपैयाँभन्दा बढीको कारोबार हुँदा सोलु हाइड्रोपावरको कारोबार रकम १२ करोड रुपैयाँ नाघेको छ।
उपसमूहतर्फ १३ मध्ये १२ उपसमूहको परिसूचक बढेको छ भने एक उपसमूह स्थिर रहेको छ। वित्त उपसमूहको परिसूचक सर्वाधिक १.८७ प्रतिशतले बढेको छ। होटल तथा पर्यटन, जलविद्युत, लगानी, उत्पादन तथा प्रशोधन, निर्जीवन बीमा र अन्य उपसमूह पनि १ प्रतिशतभन्दा बढीले बढेका छन्। व्यापार उपसमूहको परिसूचक भने स्थिर रहेको छ।
लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
वर्षा र नदी प्रवाहको पूर्वानुमानले विद्युत् उत्पादन प्रभावकारी बन्छ : मन्त्री श्रेष्ठ
-
बिन्ध्यवासिनी हाइड्रोपावरको नाफा ११ करोड ७५ लाख रुपैयाँ, विद्युत् बिक्री आम्दानी वृद्धि
-
अपर स्याङ्गे हाइड्रोपावर नाफामा, तेस्रो त्रैमाससम्म ८५ लाख रुपैयाँ कमाइ
-
नेप्सेमा दोहोरो अंकको सुधार, कारोबार रकम पनि बढ्यो
-
सिक्टा सिँचाइको डुडुवा शाखा नहर निर्माण द्रुतगतिमा
-
९५ प्रतिशत सम्पन्न नुप्चे लिखु: अन्तिम चरणमै किन हुन्छ सबैभन्दा ठूलो परीक्षा?