झोलुंगे निर्माण ढिलाइ गर्ने ६ ठेकेदारलाई डिभिजनको स्पष्टीकरण माग
जलसरोकार
ललितपुर: सहरी विकास मन्त्रालय अन्तर्गत स्थानीय पूर्वाधार विकास विभाग, सस्पेन्सन बृज डिभिजन, पुल्चोक, ललितपुरले निर्माण कार्यमा ढिलाइ गरी तोकिएको समयमा काम सम्पन्न नगर्ने ठेकेदारहरूमाथि कारबाही प्रक्रिया अघि बढाउने तयारी गरेको छ। सात वर्षअघि हात पारेका झोलुंगे पुलका ठेक्काहरुसमेत समय ब्यतीत हुँदा पनि निर्माणमा चासाे नदेखाएपछि डिभिजनले अन्तिम चेतावनीस्वरुप सूचना जारी गरेको हाे ।
डिभिजनले आइतबार एक सूचना प्रकाशित गर्दै १५ दिनभित्र कारण स्पष्ट पार्न ठेकेदार कम्पनीहरूलाई निर्देशन दिएको छ। सो अवधिभित्र सन्तोषजनक जवाफ नआएमा प्रचलित ऐन तथा ठेक्का सम्झौताका सर्तहरूअनुसार कारबाही प्रक्रिया अघि बढाइने सूचनामा उल्लेख गरिएको छ।
डिभिजनले ६ वटा निर्माण आयोजनाको काम तोकिएको मितिमा सम्पन्न नगरेका ठेकेदारहरूलाई कारण देखाउन आग्रह गरेको हो।

लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
सुन–चाँदीको भाउमा नयाँ रेकर्ड कायमै, आज कतिमा हुँदैछ खरिद–बिक्री ?
-
रसुवा भन्सारबाट छ महिनामा रु १ अर्ब १६ करोड राजस्व सङ्कलन
-
पेट्रोलियम पदार्थ आयात निरन्तर उकालो
-
पश्चिमी वायुको आंशिक प्रभाव, उच्च पहाडी र हिमाली क्षेत्रमा हिमपातको सम्भावना
-
चार जलविद्युत् आयोजनालाई राष्ट्रिय वन क्षेत्र प्रयोगको स्वीकृति
-
स्वच्छ ऊर्जाबाट हरित अर्थतन्त्रतर्फ नेपाल, डिकार्बनाइजेसनमा केन्द्रित राष्ट्रिय सम्मेलन हुँदै