झोलुंगे निर्माण ढिलाइ गर्ने ६ ठेकेदारलाई डिभिजनको स्पष्टीकरण माग
जलसरोकार
ललितपुर: सहरी विकास मन्त्रालय अन्तर्गत स्थानीय पूर्वाधार विकास विभाग, सस्पेन्सन बृज डिभिजन, पुल्चोक, ललितपुरले निर्माण कार्यमा ढिलाइ गरी तोकिएको समयमा काम सम्पन्न नगर्ने ठेकेदारहरूमाथि कारबाही प्रक्रिया अघि बढाउने तयारी गरेको छ। सात वर्षअघि हात पारेका झोलुंगे पुलका ठेक्काहरुसमेत समय ब्यतीत हुँदा पनि निर्माणमा चासाे नदेखाएपछि डिभिजनले अन्तिम चेतावनीस्वरुप सूचना जारी गरेको हाे ।
डिभिजनले आइतबार एक सूचना प्रकाशित गर्दै १५ दिनभित्र कारण स्पष्ट पार्न ठेकेदार कम्पनीहरूलाई निर्देशन दिएको छ। सो अवधिभित्र सन्तोषजनक जवाफ नआएमा प्रचलित ऐन तथा ठेक्का सम्झौताका सर्तहरूअनुसार कारबाही प्रक्रिया अघि बढाइने सूचनामा उल्लेख गरिएको छ।
डिभिजनले ६ वटा निर्माण आयोजनाको काम तोकिएको मितिमा सम्पन्न नगरेका ठेकेदारहरूलाई कारण देखाउन आग्रह गरेको हो।

लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
भोटेकोशी बाढी : क्षतिग्रस्त जलविद्युत्का ८५८ कर्मचारी अझै बेपत्ता, १७ शव फेला
-
भोटेकोशी बाढी : बेपत्ता र मृतक जलविद्युत् कर्मचारीका परिवारलाई पाँच लाख, ५० प्रतिशत निर्वाह भत्ता
-
आज देशभर बदली, छ प्रदेशमा वर्षा र हिमपातको सम्भावना
-
३० हजार मेगावाट लक्ष्यलाई केन्द्रमा राख्दै ‘हिमालयन ग्रीन इनर्जी एक्स्पो’ हुँदै
-
भोटेकोशी बाढीपीडित जलविद्युत् आयोजनाका लागि विशेष प्याकेज घोषणा गर्न इप्पानकाे माग
-
विकास हाइड्रोपावरले १० प्रतिशत बोनस शेयर दिने