प्रतिनिधिसभामा असार १ र २ गते मन्त्रालयगत बजेटमाथि छलफल
जलसरोकार
काठमाडाैं : प्रतिनिधिसभामा विनियोजन विधेयक, २०८३ अन्तर्गत विभिन्न मन्त्रालयको बजेट तथा कार्यक्रममाथि आगामी असार १ र २ गते छलफल हुने भएको छ। मन्त्रालयगत विनियोजन शीर्षकमाथिको छलफलपछि उठेका प्रश्नको जवाफ सम्बन्धित मन्त्रीहरूले असार ३ र ४ गते दिने कार्यक्रम तय गरिएको छ।
सङ्घीय संसद् सचिवालयका अनुसार असार १ गते युवा, श्रम तथा रोजगार मन्त्रालय, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय, कृषि, वन तथा पर्यावरण मन्त्रालय, सूचना तथा सञ्चार मन्त्रालय, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, शिक्षा तथा खेलकुद मन्त्रालय, स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालय, भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय, सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय र महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक तथा सामाजिक सुरक्षा मन्त्रालयको विनियोजन शीर्षकमाथि छलफल हुनेछ।
त्यसैगरी असार २ गते विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्रालय, कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालय, पूर्वाधार विकास मन्त्रालय, गृह मन्त्रालय, ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय, परराष्ट्र मन्त्रालय, अर्थ मन्त्रालय, रक्षा मन्त्रालय, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, राष्ट्रिय योजना आयोगको सचिवालय, उपराष्ट्रपति कार्यालय तथा राष्ट्रपतिको कार्यालयको बजेट शीर्षकमाथि छलफल हुने सचिवालयले जनाएको छ।
मन्त्रालयगत छलफलमा सांसदहरूले उठाएका जिज्ञासा र प्रश्नको जवाफ असार ३ गते पहिलो दिन छलफल भएका मन्त्रालयका मन्त्रीहरूले दिनेछन्। यस्तै असार ४ गते दोस्रो दिन छलफल भएका मन्त्रालयका मन्त्रीहरूले संसद्मा उठेका प्रश्नको उत्तर दिने कार्यक्रम तय गरिएको छ।
सरकारले जेठ १५ गते आर्थिक वर्ष २०८३/८४ का लागि राजस्व र व्ययको वार्षिक अनुमान (बजेट) प्रस्तुत गरेको थियो। बजेटमाथिको सामान्य छलफल यसअघि नै सम्पन्न भइसकेको छ भने अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले त्यस सम्बन्धमा सांसदहरूले उठाएका प्रश्नको जवाफ समेत दिइसक्नुभएको छ।
अब मन्त्रालयगत विनियोजनमाथिको विस्तृत छलफलसँगै बजेट पारित प्रक्रियाले थप गति लिनेछ।
लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
चार वर्षको घाटापछि माथिल्लो तामाकोसी नाफामा, सीइओ रञ्जित भन्छन्– अब ‘ब्रेक–इभन’ टाढा छैन
-
जलविद्युत् तथा प्रसारण लाइनतर्फका ठूला आयोजना कछुवागतिमा, बुढीगण्डकी अझै निर्माणको प्रतीक्षामा
-
ठूला सिँचाइ आयोजनाको प्रगति मिश्रित, बबईमा ७९ प्रतिशत काम सम्पन्न, महाकालीमा २८ प्रतिशत मात्रै
-
प्रतिनिधिसभामा असार १ र २ गते मन्त्रालयगत बजेटमाथि छलफल
-
आर्थिक सुधारको संकेत, तर उत्पादन क्षेत्र अझै दबाबमा
-
बैंकिङ क्षेत्रमा जोखिम बढ्दो, खराब कर्जा २२ प्रतिशतले उकालो : राष्ट्र बैंक प्रतिवेदन