आयोग आफैले जारी गरेको ‘विद्युत् उपभोक्ता हित संरक्षणसम्बन्धी निर्देशिका, २०८०’ विपरीत प्राधिकरणलाई पत्र काटेको हो । आयोगले उक्त निर्देशिकाको ‘दफा १३ को उपदफा १० को उल्लं्रघन प्राधिकरणले गरेको देखिन आएको भन्दै ‘तत्कालीन ती उपभोक्ताहरु (६ वटा उद्योग) लाई विद्युत् आपूति कायम गर्न पुनः लाइन जडान गर्नु हुन’ भन्दै निर्देशन दिएको थियो ।
आयोगले उद्धृत गरेको उक्त निर्देशिकको दफा १३ को उपदफा १० मा ‘उपदफा (१) बमोजिम गुनासो समाधान सम्पन्न हुनुभन्दा अघि वितरण अनुमतिपत्र प्राप्त व्यक्ति वा विद्युत् वितरण गर्ने सामुदायिक संस्थाले सम्बन्धित उपभोक्ताको विद्युत् आपूर्ति विच्छेद गर्न पाउने छैन’ उल्लेख छ ।
तर आयोगले आफनै निर्देशिकाले बन्दोबस्त गरेको कानुनी प्रक्रिया भने पूरा गरेको छैन । दफा १३ मा ‘गुनासो समाधानको प्रक्रिया’ उल्लेख छ । उपदफा १ मा ‘उपभोक्ता वा सेवाग्राहीले यस निर्देशिका बमोजिम वितरण अनुमति प्राप्त व्यक्ति वा विद्युत् वितरण गर्ने सामुदायिक संस्था (प्राधिकरण) को काम कारबाहीसँग सम्बन्धित विषयमा सूचना वा निवेदन सो वितरण अनुमति पत्र प्राप्त व्यक्ति वा विद्युत् वितरण वा उपभोक्ता सेवा कार्यालय समक्ष लिखित रुपमा वा विद्युतीय प्रविधिको माध्यमबाट गुनासो पेश गर्न सुक्नेछ’ भनिएको छ ।
उपदफा २ मा उपदफा १ बमोजिम प्राप्त भएको गुनासोलाई प्राधिकरणले दर्ता गरी दर्ता नम्बर प्रदान गर्नुपर्नेछ भनिएको छ ।
त्यसपछि उपदफा ३ मा गुनासो समाधान गर्ने प्रयोजनका लागि प्राधिकरणले प्रत्येक वितरण केन्द्रमा एक कर्मचारीलाई उपभोक्ता विद्युत्. उपभोक्ता गुनासो समाधानसम्बन्धी जिम्मेवारी प्रदान गर्नुपर्नेछ भनिएको छ ।
उपदफा ४ मा गुनासो प्राप्त गरेपश्चात् यथाशीघ्र कारबाही प्रक्रिया सुरु गर्नुपर्ने र सोहीअनुरुप गुनासो निरुपण गर्नुपर्नेछ भनिएको छ ।
निर्देशिकाको दफा ५ मा सात दिनभित्र सम्बन्धित उपभोक्ता वा सेवाग्राहीलाई लिखित रुपमा पत्राचार गर्नुपर्ने व्यवस्था छ । दफा ६ मा गुनासोउपर न्यायोचित कारबाही नगरेमा उपभोक्ता वा सेवा ग्राहीले उपदफा १ बमोजिम गुनासो पेस गरेको ३० दिनभित्र प्राधिकरणको गुनासो एक तह माथिको निकाय वा पं्रदेशस्तरीय कार्यालय समक्ष पेश गर्न सक्नेछ भनिएको छ ।
पं्रदेश स्तरबाट पनि गुनासो समाधान नभए प्राधिकरणको केन्द्रीय कार्यालय समक्ष उजुरी दिन सकिने बन्दोबस्ती उपदफा ७ मा छ ।
केन्द्रीय कार्यालय पनि गुनासोमाथि न्यायोचित कारबाही नगरेमा वा दुईपक्षबीच विवाद उत्पन्न भएमा सो उपभोक्ता वा सेवाग्राहीले आयोग समक्ष पेश गर्न सक्नेछ भनेर कार्यविधिको दफा ८ मा छ ।
त्यसपछि मात्रै उपदफा ९ अनुसार प्राप्त भएको उजुरी उपर आयोगले निर्णय गर्ने भन्ने उल्लेख छ । यसरी आयोगले निर्णय गर्ने क्रममा उपदफा १ बमोजिमको गुनासो समाधान सम्पन्न हुनुभन्दा अघि प्राधिकरणले सम्बन्धित उपभोक्ताको विद्युत्. आपूर्ति विच्छेद गर्न पाउने छैन भनिएको छ ।
यी ६ वटा उद्योगले आयोगको निर्देशिकामा उल्लिखित विवाद निरुपण प्रक्रिया पूरा गरेको छैन । आयोगले आफैले यी प्रक्रिया पूरा नगरी अर्थात् दफा १३ को उफदफा १ देखि ९ सम्मका प्रक्रियाका पूरा नगरी आयोगले लाइन जोड्न निर्देशन दिएको हो ।
त्यसैगरी आयोगले आफ्नै निर्देशिकाको अनुसूची ३ को बुँदा नं. १७ उल्लंघन हुने गरी प्राधिकरणलाई उक्त पत्र काटेको छ । बुँदा नं. १७ मा ‘प्रचलित कानुन बमोजिम विद्युत् आपूर्ति बन्द गरिएको अवस्थामा आपूर्ति सुचारु गर्नुपर्ने’ भन्ने सेवाको प्रकार पूरा हुन (न्यूनतम आवश्यकता) ‘बक्यौता सबै रकम पूरा गरी प्रचलित कानुन बमोजिम सबै दायित्व भुक्तान गरेको अवस्थामा निवेदन पेश भएको एक दिनभित्र स्वीकृत गरी सोको जानकारी सेवाग्राहीलाई दिनुपर्ने’ उल्लेख छ ।
उद्योगले बक्यौता भुक्तान नगरेमा ६० दिनभित्र लाइन काट्न सक्ने कानुनी प्रावधानलाई टेकेर प्राधिकरणले लाइन काटेको थियो । तर बक्यौता भुक्तान नै नभई आयोगले लाइन जोड्न निर्देशन दिएको पाइएको छ ।
प्राधिकरण सञ्चालक समितिले हालसम्म यी उद्योगमा बिजुलीको लाइन पुन: जाेड्नेबारे निर्णय गरिसकेको छैन । यी ६ उद्योगहरुबाट प्राधिकरणले ३ अर्ब ६० करोड रुपैयाँ बक्यौता उठाउन बाँकी छ । लाइन काटिएका उद्योगहरुमा जगदम्बा स्टिल, रिलायन्स स्पिनिङ, हुलास, जगदम्बा सिन्थेटिक, अर्घाखाँची सिमेन्ट र घोराही सिमेन्ट छन् ।
प्रदेश र स्थानीय सडक सुधार्न पनि विश्व बैंकको १७ अर्ब १५ करोड ऋण
३४ वर्ष रजगज गरेका दलहरुले एउटा जलाशययुक्त आयोजना बनाउन सकेनन्
राजस्व सङ्कलनमा १७ प्रतिशतले वृद्धि, पाहिलो चार महिनामा उठ्यो तीन खर्ब २३ अर्ब
जोडियो रसुवागढी जलविद्युत आयोजना राष्ट्रिय प्रसारण लाइनमा, हिउँदमा काठमाडौं उपत्यकाको विद्युत् व्यवस्थापनमा सहज हुने
हिउँदयामका लागि ६५४ मेगावाट बिजुली दिन भारत सहमत
जलवायु परिवर्तनको प्रभावबाट जोगिन सबै एकजुट हुनुपर्छ : ऊर्जामन्त्री खड्का