डिजिटल कर्जाको सीमा दोब्बर, अब १० लाख रुपैयाँसम्म ऋण लिन सकिने
जलसरोकार
काठमाडौं : नेपाल राष्ट्र बैंकले डिजिटल कर्जासम्बन्धी व्यवस्थामा लचकता अपनाउँदै कर्जाको सीमा बढाएको छ। केन्द्रीय बैंकले सोमबार ‘विद्युतीय माध्यमबाट प्रवाह हुने कर्जासम्बन्धी मार्गनिर्देशन, २०७८’ संशोधन गर्दै डिजिटल माध्यमबाट प्रवाह हुने कर्जाको अधिकतम सीमा १० लाख रुपैयाँ पुर्याएको हो।
यसअघि डिजिटल कर्जाको सीमा अधिकतम ५ लाख रुपैयाँसम्म मात्र कायम थियो। नयाँ व्यवस्थासँगै लघु, साना तथा मझौला व्यवसायीले पनि डिजिटल माध्यमबाट सहज रूपमा कर्जा प्राप्त गर्न सक्ने भएका छन्।
राष्ट्र बैंकले जारी गरेको संशोधित व्यवस्थाअनुसार व्यवसायको प्रकृति, कारोबार तथा आवश्यकताका आधारमा साना व्यवसायीले अब १० लाख रुपैयाँसम्म डिजिटल कर्जा लिन सक्नेछन्। यस व्यवस्थाले वित्तीय पहुँच विस्तार गर्नुका साथै डिजिटल बैंकिङ सेवाको उपयोग बढाउने अपेक्षा गरिएको छ।
केन्द्रीय बैंकको यो निर्णयले विशेषगरी साना तथा मझौला उद्यमीलाई छिटो, सरल र झन्झटरहित रूपमा वित्तीय स्रोत उपलब्ध गराउन सहयोग पुग्ने विश्वास गरिएको छ।
लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
विपद् प्रभावित जलविद्युत् आयोजनामा उद्धारका लागि हेलिकप्टर सहज बनाउन सात पेशागत संस्थाको अपिल
-
रसुवा बाढीपछि जियोटेक्निकल सोसाइटी उद्धार र प्राविधिक सहयोगमा जुट्ने
-
माथिल्लो त्रिशूली-३ एमा सुरुङभित्र हावा र प्रकाश पठाउन थालियो, उद्धार टोली प्रवेशका लागि प्वाल ठूलो पारिँदै
-
माथिल्लो त्रिशूली–१ मा फसेकाका आफन्तकाे थापाथलीस्थित कार्यालयमा धर्ना
-
माथिल्लो त्रिशूली-३ 'ए' मा उद्धारको महत्वपूर्ण प्रगति, ४० मिटर अपस्ट्रिमबाट ७ मिटर तल सुरुङको मुख भेटियो
-
त्रिशूली थ्री–ए उद्धारमा चुनौती, चट्टान भेटिएपछि कर्मचारीको अवस्थाप्रति चिन्ता बढ्दै