सुनको मूल्य कुलमान घिसिङ सेयर बजार दीपक खड्का नेपाल विद्युत प्राधिकरण ग्लोबल आइएमई बैंक नबिल बैंक पूर्वाधार सिक्टा सिँचाइ प्रधानमन्त्री कार्की
जलसरोकार : नेपाल राष्ट्रको बिजुली र बिजुलीसँग सम्बन्धित प्रमुख समाचार पोर्टल

धोबीखोला करिडोर सडक मर्मत, दायाँ किनारको काम सम्पन्न

जलसरोकार
शुक्रबार, पुस १८, २०८२ | १५:२७:१० बजे

 

काठमाडौं, :  काठमाडौंको धोबीखोला नदी करिडोर सडकको मर्मत कार्य अघि बढाइएको छ । शहरी विकास मन्त्रालय मातहतको काठमाडौं उपत्यका विकास प्राधिकरण र काठमाडौं महानगरपालिकाको समन्वयमा करिडोर सडकको दायाँ र बायाँ दुवै किनारमा मर्मत कार्य भइरहेको हो ।

बागमती दोभानदेखि चावहिलस्थित बैजनी पुलसम्म फैलिएको धोबीखोला करिडोर प्राधिकरणको क्षेत्राधिकारमा पर्दछ । हाल दायाँ किनारको सडक मर्मत कार्य सम्पन्न भइसकेको छ भने बायाँ किनारतर्फको काम तीव्र गतिमा जारी रहेको प्राधिकरणले जनाएको छ ।

धोबीखोला करिडोर तथा कपन–बूढानीलकण्ठ डुबान नियन्त्रण आयोजना क्षेत्रको सडकमा लामो समयदेखि खाल्डाखुल्डीका कारण व्यापक जनगुनासो आएको थियो । तर आयोजनाको बजेट रोक्का तथा अपुग भएका कारण तत्काल मर्मत गर्न कठिन भएपछि प्राधिकरणले काठमाडौं महानगरपालिकासँग सहयोगको आग्रह गरेको थियो ।

प्राधिकरणको अनुरोधअनुसार काठमाडौं महानगरपालिकाले सडक मर्मतको जिम्मेवारी लिँदै काम अघि बढाएको हो। सडक मर्मतपछि करिडोर क्षेत्रमा सवारी आवागमन सहज हुने र यात्रुहरूको असुविधा कम हुने अपेक्षा गरिएको छ ।

प्रकाशित मिति : शुक्रबार, पुस १८, २०८२ | १५:२७:१० बजे

लेखकको बारेमा

जलसरोकार
जलसरोकारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ ।

प्रतिक्रिया