धोबीखोला करिडोर सडक मर्मत, दायाँ किनारको काम सम्पन्न
जलसरोकार
काठमाडौं, : काठमाडौंको धोबीखोला नदी करिडोर सडकको मर्मत कार्य अघि बढाइएको छ । शहरी विकास मन्त्रालय मातहतको काठमाडौं उपत्यका विकास प्राधिकरण र काठमाडौं महानगरपालिकाको समन्वयमा करिडोर सडकको दायाँ र बायाँ दुवै किनारमा मर्मत कार्य भइरहेको हो ।
बागमती दोभानदेखि चावहिलस्थित बैजनी पुलसम्म फैलिएको धोबीखोला करिडोर प्राधिकरणको क्षेत्राधिकारमा पर्दछ । हाल दायाँ किनारको सडक मर्मत कार्य सम्पन्न भइसकेको छ भने बायाँ किनारतर्फको काम तीव्र गतिमा जारी रहेको प्राधिकरणले जनाएको छ ।
धोबीखोला करिडोर तथा कपन–बूढानीलकण्ठ डुबान नियन्त्रण आयोजना क्षेत्रको सडकमा लामो समयदेखि खाल्डाखुल्डीका कारण व्यापक जनगुनासो आएको थियो । तर आयोजनाको बजेट रोक्का तथा अपुग भएका कारण तत्काल मर्मत गर्न कठिन भएपछि प्राधिकरणले काठमाडौं महानगरपालिकासँग सहयोगको आग्रह गरेको थियो ।
प्राधिकरणको अनुरोधअनुसार काठमाडौं महानगरपालिकाले सडक मर्मतको जिम्मेवारी लिँदै काम अघि बढाएको हो। सडक मर्मतपछि करिडोर क्षेत्रमा सवारी आवागमन सहज हुने र यात्रुहरूको असुविधा कम हुने अपेक्षा गरिएको छ ।
लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
११ महिनामा सरकारको राजस्व लक्ष्यको ७३ प्रतिशत मात्र संकलन
-
लगातार चौथो दिन पनि घट्यो नेप्से, कारोबार रकम पनि खुम्चियो
-
घुन्सा खोला आयोजनाको ५ अर्बभन्दा बढीको इपीसी ठेक्का भारतीय-नेपाली संयुक्त उद्यमलाई
-
सुनको मूल्यमा सामान्य वृद्धि, चाँदी तोलामा २५ रुपैयाँले सस्तो
-
एक ऊर्जा उद्यमीले सुनाएको पीडा
-
छानबिनमा कैफियत नदेखिएपछि मुस्ताङमा रोकिएका ७७५ बीवाइडी विद्युतीय सवारी फुकुवा