बाढीले धरानको झोलुङ्गे पुल क्षतिग्रस्त, तत्काल मर्मतको माग
जलसरोकार
धरान,: सेउती खोलामा आएको बाढीले धरान उपमहानगरपालिका–१४ यायोखा टोल र उपमहानगरपालिका–४ किरात बस्तीलाई जोड्ने झोलुङ्गे पुलको पूर्वी भाग क्षतिग्रस्त भएको छ । पुल बिग्रिएपछि स्थानीयवासीको दैनिक आवागमन प्रभावित भएको छ ।
करिब रु. ५० लाख लागतमा वि.सं. २०५७/५८ मा बनेको यो पुल धरान बजार प्रवेशका लागि प्रमुख मार्ग मानिन्छ । गत साउन २८ देखि ३० गतेसम्मको अविरल वर्षाले खोलामा आएको ठूलो बाढीले पूर्वी संरचना भत्काएको हो ।
स्थलगत निरीक्षणमा सहभागी प्रदेशसभा सदस्य रमेश बस्नेत, एमाले प्रदेश सदस्य राजेन्द्र राई तथा मजदुर संगठनका अध्यक्ष भीमज्वाला राईले पुल तत्काल मर्मत गर्न सम्बन्धित निकायलाई आग्रह गरेका छन् ।
वडा सदस्य राजन चाम्लिङका अनुसार बाढी रोकथामका लागि तारजालीसहितको तटबन्ध समयमै बनेको भए पुल जोगिन सक्थ्यो । हाल भने जिल्ला प्रशासनको समन्वयमा सुरक्षात्मक संरचना बनाउन पहल भइरहेको र थप क्षति रोक्न सतर्कता अपनाइएको उनले जानकारी दिए ।
लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
आन्दोलनमा क्षति पुगेका भौतिक संरचनाको पुनर्स्थापना र पुननिर्माण उच्च प्राथमिकतामा राखी काम गरौं : मन्त्री कुलमान घिसिङ
-
मौरिसससँगको दोहोरो कर मुक्ति सम्झौता खारेज
-
सेयर बजार ७.८६ अंकले घट्यो, कारोबार ३ अर्ब ७५ करोड
-
कालीगण्डकी नदीमाथि पक्की पुल निर्माण थालियो
-
भन्सार एजेन्ट र विभागबीच सहमति
-
नवीनतम यान्त्रिक सिँचाइ आयोजना सञ्चालन गर्न सिँचाइ व्यवस्थापन कम्पनी