बाढीले धरानको झोलुङ्गे पुल क्षतिग्रस्त, तत्काल मर्मतको माग
जलसरोकार
धरान,: सेउती खोलामा आएको बाढीले धरान उपमहानगरपालिका–१४ यायोखा टोल र उपमहानगरपालिका–४ किरात बस्तीलाई जोड्ने झोलुङ्गे पुलको पूर्वी भाग क्षतिग्रस्त भएको छ । पुल बिग्रिएपछि स्थानीयवासीको दैनिक आवागमन प्रभावित भएको छ ।
करिब रु. ५० लाख लागतमा वि.सं. २०५७/५८ मा बनेको यो पुल धरान बजार प्रवेशका लागि प्रमुख मार्ग मानिन्छ । गत साउन २८ देखि ३० गतेसम्मको अविरल वर्षाले खोलामा आएको ठूलो बाढीले पूर्वी संरचना भत्काएको हो ।
स्थलगत निरीक्षणमा सहभागी प्रदेशसभा सदस्य रमेश बस्नेत, एमाले प्रदेश सदस्य राजेन्द्र राई तथा मजदुर संगठनका अध्यक्ष भीमज्वाला राईले पुल तत्काल मर्मत गर्न सम्बन्धित निकायलाई आग्रह गरेका छन् ।
वडा सदस्य राजन चाम्लिङका अनुसार बाढी रोकथामका लागि तारजालीसहितको तटबन्ध समयमै बनेको भए पुल जोगिन सक्थ्यो । हाल भने जिल्ला प्रशासनको समन्वयमा सुरक्षात्मक संरचना बनाउन पहल भइरहेको र थप क्षति रोक्न सतर्कता अपनाइएको उनले जानकारी दिए ।
लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
३० हजार मेगावाट लक्ष्यलाई केन्द्रमा राख्दै ‘हिमालयन ग्रीन इनर्जी एक्स्पो’ हुँदै
-
भोटेकोशी बाढीपीडित जलविद्युत् आयोजनाका लागि विशेष प्याकेज घोषणा गर्न इप्पानकाे माग
-
विकास हाइड्रोपावरले १० प्रतिशत बोनस शेयर दिने
-
दुई महिनामै सरकारको खर्च दुई खर्ब, आम्दानीभन्दा खर्च १० अर्ब बढी
-
बुढीगण्डकी : भोटेकोशीको बाढीपछि उठेको ठूलो प्रश्न– पानीलाई कसरी व्यवस्थापन गर्ने?
-
‘सुरुङको अँध्यारोभित्र कतै एउटा जीवन अझै प्रतीक्षामा हुन सक्थ्यो’ : अर्नोल्ड डिक्स