विद्युतीय गाडी चार्जमा जोडेको ५ मिनेटमा ८० प्रतिशत चार्ज हुने प्रविधिको विकास
जलसरोकार
काठमाडौं– बेलायतमा चार्जमा जोडेको ५ मिनेटमा ८० प्रतिशत चार्ज हुने प्रविधिको विकास भएको छ । क्याम्ब्रिजमा रहेको निबोल्टले एक नयाँ ३५केडब्लुएच लिथियम आयन ब्याट्री १० प्रतिशतबाट साढे ४ मिनेटमै ८० प्रतिशत चार्ज हुने जनाइएको छ। गत हप्ता गरिएको प्रदर्शनमा उक्त सफलता पाएको अमेरिकी सञ्चार माध्यम सीएनएनले लेखेको छ। यो हाल रहेको सुपर फास्ट चार्जर भन्दा निकै छिटो हुनेछ । निबोल्टका सहसंस्थापक एवं प्रमुख कार्यकारी (सीईओ) साई शिवरेड्डीले कम्पनीले बेलायत र अमेरिकामा गरेको अनुसन्धानबाट नयाँ ब्याट्री प्रविधि ल्याएको र तयारी अवस्थामा रहेको बताए।
निबोल्टको प्रविधि एक दशक लगाएर युनिभर्सिटी अफ क्याम्ब्रिजका ब्याट्री वैज्ञानिकले गरेको अनुसन्धानपछि आएको हो। शिवरेड्डी क्याम्ब्रिजकै उत्पादक हुन्। यो ब्याट्रीको डिजाइन नै त्यसरी गरिएको छ। जस्तो कि यसले कम हिट जेनेरेट गर्छ। यस्तै यो प्रविधिले ब्याट्री अत्यधिक तातेर हुने असुरक्षालाई समेत निवारण गर्ने कम्पनीको भनाइ छ। धेरै तात्दा लिथियम आयन ब्याट्रीले आगलागी र विस्फोटसम्मको डर हुन्छ। यो ब्याट्रीमा इलेक्ट्रोनहरुको छिटो ट्रान्सफरलाई जोड दिएको छ। निबोल्टले अहिले यी ब्याट्रीहरु बिक्रीको तयारी गरिरहेको छ। हालसम्म ८ वटा विद्युतीय कार कम्पनीसँग छलफल भइरहेको कम्पनीले जनाएको छ। ३५केडब्लुएचको यो ब्याट्री अहिले धेरैजसो अमेरिकन इलेक्ट्रिक भेहिकल (ईभी)मा प्रयोग भइरहेको ८५ केडब्लुएच ब्याट्रीभन्दा निकै सानो हो। भविष्यमा ठूला ब्याट्री प्याकमा समेत यो प्रविधि प्रयोग हुनसक्नेछ।
लामो समय चार्ज गरिराख्नुपर्ने अवस्था रहेको बेला यो प्रविधि सफल भए ईभीहरुका लागि ठूलो राहत हुनेछ। निबोल्टको स्वतन्त्र परीक्षण एक ठूलो ग्लोबल उत्पादकले गरेको र यसबाट ४००० फास्ट चार्ज साइकल प्राप्त हुने बताइएको छ। यो भनेको ६ लाख माइल वा ९ लाख ६५ हजार ६ सय किमि बराबर हो। ब्याट्री प्रविधि आए पनि यसअनुसारका औद्योगिक तहमा यसको उत्पादनलाई कतिपयले चुनौतीपूर्ण भनेका छन्। विज्ञहरुका अनुसार निबोल्टका ब्याट्रीमा प्रयोग भएको महत्त्वपूर्ण केमिकल लियोबायम गत वर्ष अनुमानित ९४ हजार ५ सय टन मात्र विश्वव्यापी रुपमा माइन भएको छ। लिथियम आयन ब्याट्रीमा हाल सहज रुपमा ग्राफाइट प्रयोग भएको छ। जुन सन् २०२३ मा १८ लाख टन उत्पादन भएको थियो। त्यस्तै नियोबायम ब्याट्री प्रविधिबारे अहिले नै धेरै जानकारी आइसकेको छैन। अहिले सुस्त चार्जिङसँगै अमेरिका र युरोपमा ईभीको रेन्जले मानिसहरुमा चिन्ता थपिरहेको छ। मानिसहरुले आफूले चाहेको गन्तव्यमा पुग्न पर्याप्त चार्ज नहुने समस्या झेलिरहेका छन्। खासगरी लामो रेन्जमा ईभीमा जाँदा यस्तो समस्या छ।
लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
नेप्सेमा गिरावट, करिब रु. ४ अर्बभन्दा बढीको कारोबारसँग बजार दबाबमा
-
हाइड्रो आईपीओ उछाल: लगानीकर्ताको अवसर कि जोखिम?
-
भिमखोला साना जलविद्युत् आयोजना : ३० वर्षे पीपीएमा मध्यम प्रतिफल, प्रारम्भिक वर्षमा कमजोर आरओइ
-
नेपाल हाइड्रोपावर एकेडेमीको अध्यक्षमा मिथुन चक्रवर्तीप्रसाद पौडेल चयन
-
सुन तोलामा ५१ सयले बढ्यो, आज कतिमा हुँदैछ बजारमा कारोबार ?
-
सुपर खुदी हाइड्रोपावरको आईपीओ बाँडफाँट, १ लाख २८ हजार ६५० आवेदकले पाए १० कित्ता