विद्युत बिक्री आम्दानी बढ्दा पनि घट्यो अपि पावरको नाफा
जलसरोकार
काठमाडौं– अपि पावर कम्पनीले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ। कम्पनीको वित्तीय विवरण अनुसार कम्पनीको खुद नाफा १०.९३ प्रतिशत घटेको हो। यस अवधिमा कम्पनीले ४ करोड ४८ लाख रुपैयाँमा खुद नाफा आर्जन गरेको छ। गत वर्षको यसै अवधिमा कम्पनीले ५ करोड तीन लाख रुपैयाँमा रुपैयाँ आर्जन गरेको थियो।
चैत मसान्तसम्ममा कम्पनीको विद्युत विक्री आम्दानी ९५ करोड १८ लाख रुपैयाँ रहेको छ। यो गत वर्षको यसै अवधिको तुलनामा ५८ करोड २३ लाख रुपैयाँले बढेको हो। गत वर्ष कम्पनीले ३६ करोड ९५ लाख रुपैयाँ विद्युत बिक्री आम्दानी गरेको थियो। विद्युत बिक्रीबाट हुने आम्दानी बढेका पनि खर्च बढेका कारण कम्पनीको खुद नाफामा दबाव पुगेको देखिन्छ।
यस अवधिमा कम्पनीको कूल खर्च ७८ करोड ६६ लाख रुपैयाँ रहेको छ। जसमा प्रशासनिक खर्च तीन करोड ७ लाख रुपैयाँ, वित्तीय खर्च ४६ करोड ९३ लाख र ह्रासकट्टी खर्च २८ करोड ५६ लाख रुपैयाँ रहेको छ।
यस अवधिमा कम्पनीको चुक्ता पुँजी ५ अर्ब ७८ करोड ६५ लाख ९७ हजार रुपैयाँ कायम छ ।सार्वजनिक भएको वित्तीय विवरण अनुसार कम्पनीको वार्षिक प्रतिशेयर आम्दानी ४ रुपैयाँ २५ पैसा छ भने प्रतिशेयर नेटवर्थ १०५ रुपैयाँ २ पैसा कायम भएको छ।
लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
माथिल्लो त्रिशूली-३ एमा सुरुङभित्र हावा र प्रकाश पठाउन थालियो, उद्धार टोली प्रवेशका लागि प्वाल ठूलो पारिँदै
-
माथिल्लो त्रिशूली–१ मा फसेकाका आफन्तकाे थापाथलीस्थित कार्यालयमा धर्ना
-
माथिल्लो त्रिशूली-३ 'ए' मा उद्धारको महत्वपूर्ण प्रगति, ४० मिटर अपस्ट्रिमबाट ७ मिटर तल सुरुङको मुख भेटियो
-
त्रिशूली थ्री–ए उद्धारमा चुनौती, चट्टान भेटिएपछि कर्मचारीको अवस्थाप्रति चिन्ता बढ्दै
-
भोटेकोशी बाढी : त्रिशूली– थ्री 'बी' जलविद्युत्को सुरुङको प्रवेशद्वार खोज्दै विशेषज्ञ टोली
-
भोटेकोशी बाढीले जलविद्युत् आयोजनामा ठूलो मानवीय संकट, अझै ८९८ जना सम्पर्कविहीन