डेपुटी गभर्नर पण्डितको सम्पत्ति : घरजग्गादेखि, जलविद्युत कम्पनीमा मात्र ३ हजार ६०६ कित्ता शेयर
जलसरोकार
काठमाडौँ : नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर किरण पण्डितले आफ्नो सम्पत्ति विवरण सार्वजनिक गरेका छन् । डेपुटी गभर्नर पण्डितले घरजग्गा, सुनचाँदी, बैंक बचत र शेयरमा लगानी रहेको उल्लेख गरेका छन् ।
सम्पत्ति विवरणअनुसार काठमाडौँको टोखा नगरपालिकामा करिब २ करोड २० लाख रुपैयाँ बराबरको जग्गा रहेको छ, जुन उनकी पत्नी कामना शर्मा पण्डितको नाममा रहेको र यसको स्रोत निजी आम्दानी तथा बैंक ऋण रहेको जनाइएको छ।
त्यस्तै सामाखुसीमा साढे दुई तलाको घर रहेको छ, जुन उनकी आमा गौरी पण्डितको नाममा रहेको पैतृक सम्पत्ति हो । साथै, बुबाको नाममा काठमाडौँमा जग्गा, तारकेश्वरमा श्रीमतीको नाममा ६९ लाख रुपैयाँ बराबरको जग्गा, कैलालीको धनगढीमा आफ्नै नाममा १० लाख रुपैयाँको जग्गा तथा रुपन्देहीमा भाइबुहारी अनिता गौतमको नाममा ४० लाख रुपैयाँ बराबरको जग्गा रहेको विवरणमा उल्लेख छ ।
पण्डितसँग २० तोला सुन, २५० तोला चाँदी र करिब २ लाख रुपैयाँ बराबरको हीरा रहेको छ । उक्त सम्पत्ति निजी आर्जन तथा विवाह र पास्नी जस्ता अवसरमा प्राप्त भएको उल्लेख गरिएको छ ।
बैंक बचततर्फ राष्ट्र बैंकमा १ करोड ९ लाख, वाणिज्य बैंकहरूमा १ करोड ११ लाख, कर्मचारी सञ्चय कोषमा २४ हजार, नागरिक लगानी कोषमा २३ हजार तथा ७ हजार ८५६ अमेरिकी डलर बचत रहेको उल्लेख गरिएको छ ।
त्यसैगरी पण्डितले विभिन्न कम्पनीमा शेयर लगानीसमेत गरेका छन् । उनका अनुसार बैंक तथा वित्तीय संस्थामा २ हजार ९४८ कित्ता, जलविद्युत कम्पनीमा ३ हजार ६०६ कित्ता र बीमा कम्पनीमा ३६ कित्ता शेयर रहेको छ ।
समग्रमा, पण्डितको सम्पत्ति विवरणमा अचल सम्पत्ति, बहुमूल्य धातु, नगद बचत र पूँजीबजारमा लगानी विविध रूपमा रहेको देखिएको छ।
लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
भूकम्पीय जोखिम सामना गर्न नेपालले विपद् बन्डको सम्भाव्यता अध्ययन गर्ने
-
विद्युत् व्यापारमा निजी क्षेत्रलाई प्रवेश गराउने तयारी अन्तिम चरणमा
-
एनएमबी बैंक र र्यापिड टेकबीच डिजिटल बैंकिङ सेवा विस्तार गर्न साझेदारी
-
सम्पर्कविहीन प्राधिकरणका ६ कर्मचारीका परिवारले पाए राहत
-
सङ्खुवासभाको विकट हटियामा पुग्यो राष्ट्रिय प्रसारण लाइनको विद्युत्
-
सुनकोशी-मरिनको बाँकी संरचना निर्माणका लागि तीन कम्पनीको प्राविधिक प्रस्ताव ग्राह्य