डिम्याट खाता ८० लाख नाघ्दा करिब २९ लाख निष्क्रिय, ६७ करोडभन्दा बढी कित्ता सेयर अझै भौतिक प्रमाणपत्रमै
जलसरोकार
काठमाडौं : नेपालमा डिम्याट खाता खोल्नेको संख्या ८० लाख नाघेको छ। सीडीएस एन्ड क्लियरिङ लिमिटेड (सीडीएससी) का अनुसार हालसम्म कुल ८० लाख ९ हजार ६२३ डिम्याट खाता खोलिएका छन्।
यद्यपि, एउटै व्यक्तिले दुई वा सोभन्दा बढी डिम्याट खाता खोल्न पाउने व्यवस्थाका कारण वास्तविक लगानीकर्ताको संख्या भने यसभन्दा कम रहेको देखिन्छ। सीडीएससीको तथ्यांकअनुसार हाल सक्रिय ‘मेरो सेयर’ खाताको संख्या ५१ लाख ४८ हजार ८९४ मात्र रहेको छ। यस आधारमा करिब २८ लाख ६० हजार ७२९ डिम्याट खाता निष्क्रिय अवस्थामा रहेको अनुमान गरिएको छ।
डिम्याट खाताको संख्या उल्लेख्य रूपमा बढे पनि सबै खाता नियमित रूपमा प्रयोगमा नरहेको तथ्यांकले देखाएको छ। प्राथमिक सेयर (आईपीओ) आवेदन, दोस्रो बजार कारोबार तथा अन्य प्रयोजनका लागि खोलिएका धेरै खाता लामो समयदेखि प्रयोगविहीन रहेको हुन सक्ने विश्लेषण गरिएको छ।
यसैबीच, सीडीएससीका अनुसार हालसम्म १८ अर्ब ६० करोड २९ लाख ५८ हजार ७८२ कित्ता सेयर डिम्याट भइसकेका छन्। तर बजारमा सूचीकृत कुल सेयर संख्या १९ अर्ब २७ करोड ६४ लाख ८८ हजार ६९८ कित्ता रहेको छ।
यस हिसाबले ६७ करोड ३५ लाख २९ हजार ९१६ कित्ता सेयर अझै डिम्याट हुन बाँकी रहेको देखिन्छ। ती सेयर भौतिक प्रमाणपत्रकै रूपमा रहेको, सम्बन्धित लगानीकर्ताले अझै अभौतिकीकरण नगराएको वा प्रमाणपत्र हराएको तथा नष्ट भएको हुन सक्ने अनुमान गरिएको छ।
पुँजी बजारमा डिजिटल प्रणालीको विस्तारसँगै डिम्याट खाताको संख्या निरन्तर बढिरहेको भए पनि निष्क्रिय खाता र डिम्याट हुन बाँकी सेयरको संख्या अझै उल्लेख्य रहेको तथ्यांकले देखाएको छ।
लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
जलाशय : बिजुलीभन्दा ठूलो सम्पत्ति पानी हो
-
डिम्याट खाता ८० लाख नाघ्दा करिब २९ लाख निष्क्रिय, ६७ करोडभन्दा बढी कित्ता सेयर अझै भौतिक प्रमाणपत्रमै
-
सुन प्रतितोला १ हजार ६०० रुपैयाँले बढ्यो, चाँदीमा पनि उछाल
-
प्रवासी नेपालीलाई स्वदेशमा लगानी गर्न अर्थमन्त्री वाग्लेको आग्रह
-
केही प्रदेशमा भारी वर्षाको सम्भावना, सतर्कता अपनाउन आग्रह
-
बक्यौता नउठाई घरायसी उपभोक्तामाथि भ्याट थोपर्नु विरोधाभासपूर्ण : कुलमान घिसिङ