‘डेडिकेटेड फिडर’ र ‘ट्रङ्कलाइन’ विवादलाई वार्ताको माध्यमबाट समाधान गर्न माग
जलसरोकार
काठमाडौँ,: नेपाल उद्योग बाणिज्य सङ्घ काठमाडौँले नेपाल विद्युत् प्राधिकरणसँग उद्योगको लाइन तत्काल जडान गर्न र वर्तमान विवादमा उत्पन्न असमझदारीलाई वार्ताद्वारा समाधान खोज्न अपिल गरेको छ ।
हाल चाडपर्वको समयमा ‘डेडिकेटेड फिडर’ र ‘ट्रङ्कलाइन’ विवादका कारण नेपाल विद्युत् प्राधिकरणद्वारा उद्योगहरूको बिहीबार रातिदेखि लाइन काटिएको घटनामा सङ्घको गम्भीर रूपमा ध्यानाकर्षणसमेत भएको सङ्घले जनाएको छ ।
सङ्घले आईतबार जारी विज्ञप्तीमा भनिएको छ, “यस किसिमको निणर्यले उद्योगहरूको उत्पादन प्रक्रियामा बाधा पु¥याउनाका साथै देशको उत्पादन प्रणाली र अर्थतन्त्रमा समेत प्रतिकूल प्रभाव पर्नाले लगानीको वातावरणमा नकारात्मक सन्देश जाने देखिन्छ ।”
उद्योगको विद्युत् आपूर्ति कटौती गर्दा उद्योगहरूको दैनिक सञ्चालनमा अवरोध हुँदा लगानीमा प्रतिकूल असर परेको स्पष्ट भएको र त्यसले उद्योगीहरूलाई असहज स्थिति सृजना गरेको सङ्घको भनाइ छ ।
“नेपाल उद्योग वाणिज्य महासङ्घको पहलमा सर्वोच्च अदालतका पूर्वन्यायाधीश गिरिशचन्द्र लालको अध्यक्षतामा गठित आयोगले यस विषयमा प्रतिवेदन बुझाइसकेको भए पनि उक्त प्रतिवेदनको कार्यान्वयन नहुँदा यस किसिमको समस्या उत्पन्न भएको हो, यसले उद्योग क्षेत्रमा सकारात्मक सन्देश जाने र राष्ट्रिय अर्थतन्त्रलाई सुदृढ बनाउने सङ्घको विश्वास छ”, विज्ञप्तीमा भनिएको छ ।

लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
सिंहदरबारबाट लखेटिएको जल तथा ऊर्जा आयोगलाई ‘नलेज सेन्टर’ बनाइने
-
वर्षायाममा विद्युत् सेवा अवरुद्ध हुन नदिन प्राधिकरणको निर्देशन, २४सै घण्टा तयारी अवस्थामा रहन प्रदेश कार्यालयलाई आग्रह
-
बिजक लिएर खरिद गर्नेलाई उपहार, सरकारले ल्यायो ‘करदाता प्रोत्साहन उपहार कार्यक्रम’
-
सुन प्रतितोला एक हजार र चाँदी ५० रुपैयाँले बढ्यो
-
विद्युत् उत्पादन लक्ष्यमा सरकार असफल, ९४२ मेगावाटको लक्ष्यमा ५६१ मेगावाट मात्र थपियो
-
आर्थिक वर्ष २०८२/८३ मा ३,२११ मेगावाट क्षमताका ९९ जलविद्युत् आयोजनाले पाए सर्वेक्षण अनुमति