तमोर कोरिडोर सडकका पुल निर्माणमा ढिलाइ, यात्रु निरन्तर सास्तीमा
जलसरोकार
पाँचथर,: पूर्वी पहाडको चीन–भारत जोड्ने द्रुतमार्ग तमोर कोरिडोर सडकका विभिन्न खोलामा पुल निर्माणमा ढिलाइ हुँदा यात्रुहरूले निरन्तर सास्ती भोग्दै आएका छन्। वर्षायाममा आकस्मिक बाढी आउँदा सवारीसाधन बीच बाटोमै अलपत्र पर्ने गरेका छन् ।
मुलघाट–गणेशचोक खण्डमा ११० किलोमिटरमध्ये ५४ किलोमिटर सडक कालोपत्र भइसकेको छ। तर साँवा खोलाबाहेक अन्य खोलामा अझै पुल बनेका छैनन् । विशेष गरी हेंवा खोलामा पुल तथा डाइभर्सन नहुँदा पाँचथरको हिलिहाङ, याङवरक गाउँपालिका र ताप्लेजुङ जाने यात्रुहरूलाई समस्या भइरहेको छ। यहाँ ४० मिटर लामो पुल निर्माणको डिजाइन मात्र बनेको छ ।
बघुवा खोलामा स्वामीनारायाण आशिर्वाद जेभीले ठेक्का लिएको पुलको काम सुरु नै हुन सकेको छैन भने खम्बुवा खोलामा ४० प्रतिशत भौतिक र ३८ प्रतिशत वित्तीय प्रगति भएको छ । सोही कम्पनीले जिम्मा लिएको रघुवा खोला पुलमा १५ प्रतिशत मात्रै भौतिक प्रगति भएको छ। यी तीन पुलको कुल लागत करिब रु २२ करोड ५२ लाख रहेको छ ।
छरुवा खोला पुल, जसको लम्बाइ १६५ मिटर रहेको छ, हालसम्म ५० प्रतिशत भौतिक र ४७ प्रतिशत वित्तीय प्रगति गरेको छ। यस पुललाई यस कोरिडोरको सबैभन्दा लामो पुल मानिन्छ। यसको लागत करिब रु १७ करोड २३ लाख छ ।
त्यस्तै, यात्रुहरूलाई सबैभन्दा बढी दुःख दिने नावा खोलामा १५० मिटर लामो पुल निर्माणमा ३० प्रतिशत भौतिक प्रगति भएको छ । पिल्लर निर्माण अन्तिम चरणमा पुगे पनि सोही कम्पनीले लिएको लखुवा (१५० मिटर) र लोरिपा (२० मिटर) खोलाका पुलमा काम सुरु नै नभएको जनाएको छ। यी तीन पुलको लागत रु ३७ करोड २१ लाख ५३ हजार छ ।
पुल सेक्टर कार्यालयका प्रमुख सिडिई दीपक झाका अनुसार बजेट अभावकै कारण निर्माणमा ढिलाइ भइरहेको हो। निर्माण व्यवसायीलाई दिनुपर्ने करिब रु ४ करोड रकम अझै निकासा हुन नसकेको उनले बताए ।
तमोर कोरिडोर सडक योजना कार्यालयका सूचना अधिकारी जयराम अधिकारीका अनुसार सडक वर्षभरि सञ्चालनयोग्य भए पनि पुल नहुँदा यात्रुहरूले समस्या भोग्नुपरेको छ। उनले अब पुल निर्माणमा ढिलाइ नगर्न आग्रह गरे ।
लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
ऊर्जा मन्त्रालयका १५ दिने उपलब्धि सार्वजनिक : विद्युत् व्यापार क्षमता विस्तारदेखि आयोगमा नयाँ नेतृत्वसम्म
-
दुई वर्षको ठेक्का अन्योल अन्त्य, अपर त्रिशूली–३बीले उत्पादनको नयाँ लक्ष्य तय गर्यो
-
सुनचाँदीको मूल्यमा भारि गिरावट, आज कतिमा हुँदैछ बजारमा किनबेच ?
-
विद्युत् लाइन मर्मतका क्रममा करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु
-
लोडसेडिङ अन्त्यबाट विद्युत् निर्यातसम्मको यात्रा साझा सफलता : कुलमान घिसिङ
-
पहिरो र कटानले नौ सडकखण्ड पूर्ण अवरुद्ध