‘दरमखोला जलविद्युत आयोजना’ को काम अन्तिम चरणमा
जलसरोकार
बागलुङ : दरमखोला जलविद्युत आयोजनाको काम अन्तिम चरणमा पुगेको छ । पाँच वर्ष अगाडि निर्माण सुरु भएको आयोजनाको आगामी असारमा सञ्चालनमा आउने गरी धमाधम काम भइरहेको छ । विसं २०६५ जलविद्युत निर्माण गर्ने भनिए पनि २०७७ सालदेखि मात्रै काम सुरु भएको थियो । अहिलेसम्म पाइलाइन, विद्युत गृह निर्माणसहित ९६ प्रतिशत काम सकिएको जनाइएको छ ।
सुरुमा गोर्खा हाइड्रोपावर कम्पनीले निर्माण गर्ने भने पनि अहिले दरमखोला हाइड्रो इनर्जी प्रालीले काम गरि रहेको छ । गलकोट नगरपालिका–८ काँडेबासमा ड्याम निर्माण गरि साढे चार किलोमिटर पश्चिम मनेवापाटामा विद्युतगृह निमार्ण गरिएको छ । यो हाइड्रोपावर बागलुङ जिल्लाकै सबैभन्दा ठूलो भएको जनाइइको छ । उक्त आयोजनाबाट ९.६ मेघावाट विद्युत उत्पादन हुने दरमखोला हाइड्रो इनर्जी प्रा.लिका इन्जिनियर निरज दासले जानकारी बताए ।
अब विद्युत गृह भित्रको केही काम बाँकी रहेको जनाउँदै आगामी असार महिना भित्रै विद्युत उत्पादन गर्ने गरि काम भएको उनले जानकारी दिए ।
यस हाइड्रोपारवलाई केन्द्रीय प्रशारण लाइनमा जोड्ने उनको भनाइ छ । लाइन तान्ने र पोल गाड्ने काम विद्युत प्राधिकरण बागलुङ वितरण केन्द्रले गरि रहेको दास बताउछन् । उनले भने,“ आयोजनाको धेरै काम सकियो, अब केही ‘इन्टरर्नल’ काम मात्रै बाँकी छन्, ति काम पनि छिट्टै सकिने गरि भइरहेका छन्, हामीहरुले पाइपलाइनमार्फत दरमखोलाको पानी लिएर विद्युत उत्पादन गर्न थालेका हौँ, काँडेबासमा ड्याम निर्माण गरेर मनेवामा पावर हाउस निर्माण भएको छ, अबको दुई महिनामा विद्युत उत्पादन हुनेछ ।”
जलविद्युत आयोजनाको निर्माणको जिम्मा रामेछाप शेर्पा कन्स्ट्रक्सन र क्रिमहाइडल लिमिटेड पाएका थिए । दरमखोला हाइड्रो इनर्जीका अध्यक्ष नरबहादुर पुन ‘निरज’ले हाइड्रोपावर रु दुई अर्ब १५ करोड लगानीमा निर्माण भइरहेको बताए । सुरुमा गोर्खा हाइड्रोपावर कम्पनीले बनाउने गरि इजाजत पाए पनि उक्त कम्पनीले काम नगरेपछि आफूले सुरु गरेको उनको भनाइ छ ।
जिल्लाका विकट क्षेत्रमा विद्युत पु¥याउने उद्देश्यले हाइड्रोपावर निर्माण गरेको उनले जानकारी दिए । “यो हाइड्रोपावर निर्माण गर्न धेरै समय लाग्यो, १७ वर्ष अगाडि गोर्खा हाइड्रोपार कम्पनीले इजाजत पाएको थियो, त्यसलाई रद्द गरेर हामीहरुले नयाँ कम्पनी बनाएर काम ग¥यौँ, प्रक्रिया धेरै पहिले सुरु भए पनि काम थालेको पाँच वर्ष भयो” अध्यक्ष पुनले भने,“यहाँबाट विद्युत उत्पादन भएपछि हरिचौर सवस्टेशनमा जोड्ने तयारीमा छौँ, एक डेढ महिनामा यो विद्युत बल्छौँ, यो बागलुङकै ठूलो हाइड्रोपावर हो ।”
लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
नागरिक एपसँग जोडिँदै एनएमबी बैंक, अनलाइन बैंकिङ सेवा थप सहज हुने
-
प्रसारण लाइन निर्माणमा निजी क्षेत्रलाई आउन आग्रह, सहकार्य गर्न प्राधिकरण तयार : कार्यकारी निर्देशक श्रेष्ठ
-
नयाँ आर्थिक वर्षको पहिलो दिन नेप्सेमा हरियाली, परिसूचक ७९ अंकभन्दा बढीले उकालो
-
ऊर्जा सुरक्षाका लागि निजी क्षेत्रसँगको सहकार्य अझ सुदृढ बनाइन्छ : महानिर्देशक श्रेष्ठ
-
४९७.६ मेगावाटका २० जलविद्युत् र १३ मेगावाटका दुई सौर्य आयोजना सम्मानित (सूचीसहित)
-
राष्ट्रिय विद्युत् प्रणालीमा योगदान पुर्याएको भन्दै मादमेखोला जलविद्युत् आयोजना सम्मानित