पेट्रोल–डिजेलकाे मूल्य घट्दा खाना पकाउने ग्यास १५० रुपैयाँले महँगियो
जलसरोकार
काठमाडौँ : नेपाल आयल निगमले इन्धनको नयाँ मूल्य समायोजन गरेको छ। निगमले शुक्रबार बिहान १२ बजेदेखि लागू हुने गरी पेट्रोल र डिजेल–मट्टितेलको मूल्य घटाएको छ भने खाना पकाउने एलपी ग्यास र हवाई इन्धनको मूल्य बढाएको छ।
नयाँ समायोजनअनुसार पेट्रोलमा प्रतिलिटर २ रुपैयाँ र डिजेल–मट्टितेलमा १२ रुपैयाँले मूल्य घटाइएको छ। यससँगै पहिलो वर्गका क्षेत्रमा पेट्रोलको मूल्य प्रतिलिटर २१४ रुपैयाँ ५० पैसा कायम भएको छ भने डिजेल–मट्टितेलको मूल्य २२२ रुपैयाँ ५० पैसा निर्धारण गरिएको छ।
तर उपभोक्तालाई राहत दिने यस निर्णयसँगै ग्यास र हवाई इन्धनतर्फ भने मूल्य वृद्धि गरिएको छ। एलपी ग्यासमा प्रति सिलिन्डर १५० रुपैयाँ बढाएर २,१६० रुपैयाँ कायम गरिएको छ। त्यस्तै, आन्तरिक हवाई इन्धनमा प्रतिलिटर ७ रुपैयाँले वृद्धि गरिएको छ भने अन्तर्राष्ट्रिय उडानका लागि काठमाडौँमा प्रति किलोलिटर ४६ अमेरिकी डलरले मूल्य बढाइएको छ।
मिश्रित मूल्य समायोजनले एकातिर यातायात क्षेत्रलाई केही राहत दिएको देखिए पनि घरायसी उपभोगमा प्रयोग हुने ग्यास महँगिँदा आम उपभोक्तामा थप आर्थिक दबाब पर्ने देखिन्छ। साथै हवाई इन्धनको मूल्य वृद्धि हुँदा हवाई भाडामा पनि असर पर्न सक्ने अनुमान गरिएको छ।
लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
भूकम्पीय जोखिम सामना गर्न नेपालले विपद् बन्डको सम्भाव्यता अध्ययन गर्ने
-
विद्युत् व्यापारमा निजी क्षेत्रलाई प्रवेश गराउने तयारी अन्तिम चरणमा
-
एनएमबी बैंक र र्यापिड टेकबीच डिजिटल बैंकिङ सेवा विस्तार गर्न साझेदारी
-
सम्पर्कविहीन प्राधिकरणका ६ कर्मचारीका परिवारले पाए राहत
-
सङ्खुवासभाको विकट हटियामा पुग्यो राष्ट्रिय प्रसारण लाइनको विद्युत्
-
सुनकोशी-मरिनको बाँकी संरचना निर्माणका लागि तीन कम्पनीको प्राविधिक प्रस्ताव ग्राह्य