चिनियाँ लगानीमा विराटनगरमै विद्युतीय गाडी बनाउने सम्झौता
जलसरोकार
काठमाडौं– चिनियाँ कम्पनीसँगको साझेदारीमा विराटनगरमा कोशी एनके मोटर्सले विद्युतीय गाडी उत्पादन गर्ने भएको छ । चिनियाँ कम्पनी स्यामन गोल्डेन ड्रागन अटो बडी कम्पनीसँगको सहकार्यमा कोशी एन के मोटर्स प्रालिले विद्युतीय गाडी उत्पादन गर्ने भएको हो । नेपालमा आइतबारबाट तेस्रो लगानी सम्मेलन सुरु भएको छ ।
लगानी सम्मेलन चलिरहेको समयमा सोमबार चीनको फुजियन प्रान्तमा रहेको स्यामन गोल्डेन ड्रागन अटोबडी कम्पनी र कोशी एन के मोटर्स प्रालिले चार पाङ्ग्रे सबै किसिमका गाडी नेपालमा उत्पादन गर्ने सम्झौता गरेका हुन् । दुई कम्पनीले पहिलो चरणमा तीन अर्ब लगानी गर्नेछन् ।
एक वर्षभित्र विराटनगरमा चार पाङ्ग्रे गाडीको उत्पादन सुरु गर्ने लक्ष्य रहेको कोशी एन के मोटर्स प्रालिका अध्यक्ष टीकाराम पुरीले जानकारी दिए ।
कोशी मोटर्सले चिनिया कम्पनीसँगको सहकार्यमा बस उत्पादन गर्ने लक्ष्य लिएको छ । सम्झौता अनुसार उत्पादन सुरु भए कोशी मोटर्स ठूला सवारी उत्पादन गर्ने पहिलो कम्पनी हुनेछ ।
स्यामन गोल्डेन चार पाङ्ग्रे र दुई पाङ्ग्रे सवारी र पार्ट्स उत्पादन गर्ने चिनियाँ कम्पनी हो । यो कम्पनीले अन्य विद्युतीय सवारी उत्पादकलाई पनि गाडीका पार्टसहरु बिक्री गर्छ ।
नेपालको आवश्यकता र परिवेश अनुसार चिनियाँ र कोरियन प्रविधिमा आधारित चार पाङ्ग्रे विद्युतीय सवारी उत्पादन हुने पुरीले जानकारी दिए । उनका अनुसार विद्युतीय गाडी उत्पादन प्लान्ट स्थापनाका लागि मोरङको बुढीगंगामा १५ विघा जग्गा तयारी अवस्थामा छ ।
एक वर्षभित्र सवारी उत्पादन गर्नेगरी पहिलो चरणमा तीन अर्ब लगानी गरिने अध्यक्ष पुरीले बताए । यो सम्झौताले आर्थिक मन्दीलाई चिर्दै नेपालमा लगानीको वातावरण रहेको सन्देश दिने उनको भनाइ छ ।
लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
आज पनि बढ्यो सुनको भाउ, बजारमा कतिमा हुँदैछ खरिद–बिक्री ?
-
बहुसूचक सर्वेक्षण : ९६.७ प्रतिशत घरपरिवारमा विद्युत् पहुँच, गण्डकीमा धेरै, कर्णालीमा कम
-
वीरगञ्ज भन्सारको राजस्व पेट्रोलियम र सवारी आयातमा निर्भर, छ महिनामा रु १ खर्ब १६ अर्ब सङ्कलन
-
मनाङमा ३० मेगावाटको म्यार्दी जलविद्युत् आयोजना बन्ने
-
देशका उच्च पहाडी क्षेत्रमा हल्का वर्षा/हिमपातको सम्भावना, तराईमा हुस्सु रहने पूर्वानुमान
-
आगामी आव २०८३/८४ को बजेट तयारी सुरु, चालू खर्च नियन्त्रणमा जोड