काठमाडौं– चिनियाँ कम्पनीसँगको साझेदारीमा विराटनगरमा कोशी एनके मोटर्सले विद्युतीय गाडी उत्पादन गर्ने भएको छ । चिनियाँ कम्पनी स्यामन गोल्डेन ड्रागन अटो बडी कम्पनीसँगको सहकार्यमा कोशी एन के मोटर्स प्रालिले विद्युतीय गाडी उत्पादन गर्ने भएको हो । नेपालमा आइतबारबाट तेस्रो लगानी सम्मेलन सुरु भएको छ ।
लगानी सम्मेलन चलिरहेको समयमा सोमबार चीनको फुजियन प्रान्तमा रहेको स्यामन गोल्डेन ड्रागन अटोबडी कम्पनी र कोशी एन के मोटर्स प्रालिले चार पाङ्ग्रे सबै किसिमका गाडी नेपालमा उत्पादन गर्ने सम्झौता गरेका हुन् । दुई कम्पनीले पहिलो चरणमा तीन अर्ब लगानी गर्नेछन् ।
एक वर्षभित्र विराटनगरमा चार पाङ्ग्रे गाडीको उत्पादन सुरु गर्ने लक्ष्य रहेको कोशी एन के मोटर्स प्रालिका अध्यक्ष टीकाराम पुरीले जानकारी दिए ।
कोशी मोटर्सले चिनिया कम्पनीसँगको सहकार्यमा बस उत्पादन गर्ने लक्ष्य लिएको छ । सम्झौता अनुसार उत्पादन सुरु भए कोशी मोटर्स ठूला सवारी उत्पादन गर्ने पहिलो कम्पनी हुनेछ ।
स्यामन गोल्डेन चार पाङ्ग्रे र दुई पाङ्ग्रे सवारी र पार्ट्स उत्पादन गर्ने चिनियाँ कम्पनी हो । यो कम्पनीले अन्य विद्युतीय सवारी उत्पादकलाई पनि गाडीका पार्टसहरु बिक्री गर्छ ।
नेपालको आवश्यकता र परिवेश अनुसार चिनियाँ र कोरियन प्रविधिमा आधारित चार पाङ्ग्रे विद्युतीय सवारी उत्पादन हुने पुरीले जानकारी दिए । उनका अनुसार विद्युतीय गाडी उत्पादन प्लान्ट स्थापनाका लागि मोरङको बुढीगंगामा १५ विघा जग्गा तयारी अवस्थामा छ ।
एक वर्षभित्र सवारी उत्पादन गर्नेगरी पहिलो चरणमा तीन अर्ब लगानी गरिने अध्यक्ष पुरीले बताए । यो सम्झौताले आर्थिक मन्दीलाई चिर्दै नेपालमा लगानीको वातावरण रहेको सन्देश दिने उनको भनाइ छ ।
निजी क्षेत्रले उत्पादन गरेको ८८ मेगावाट, सय दिनको उपलब्धि
सय दिनमा ९८ प्रतिशत लक्ष्य हासिल भयो : ऊर्जा मन्त्री
ऊर्जा मन्त्री खड्का सुशासन, पारदर्शिता र जवाफदेहितालाई मूलमन्त्रको रुपमा लिई अघि बढ्ने
‘ऊर्जा विकास मार्गचित्र तथा कार्ययोजना २०८१’ तयार गरी स्वीकृतिका लागि मन्त्रिपरिषद्मा पेश मुख्य उपलब्धि
प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा एक अर्ब ८१ करोड जम्मा
विद्युत् प्राधिकरणले आज खाेल्याे साैर्य ऊर्जाकाे प्रतिस्पर्धात्मक पीपीए प्रस्ताव, न्यूनतम दर प्रतियुनिट ४.९९ रूपैयाँ