करदाता प्रोत्साहन कार्यक्रममा उपभोक्ताको सहभागिता ह्वात्तै बढ्यो
जलसरोकार
काठमाडाैं : सरकारले कर प्रणालीमा उपभोक्ताको सहभागिता बढाउने उद्देश्यले सञ्चालन गरेको करदाता प्रोत्साहन उपहार कार्यक्रममा बिल दर्ता गर्नेको संख्या दोस्रो चरणमा ह्वात्तै बढेको छ।
साउनको पहिलो १५ दिनमा उपहारका लागि ७ हजार ७७ वटा बिल दर्ता भएकोमा दोस्रो १५ दिनमा यो संख्या बढेर ३ लाख ५७ हजार १४४ पुगेको छ।
अर्थमन्त्रीका प्रेस सल्लाहकार नवीन ढुंगानाले सामाजिक सञ्जालमार्फत सार्वजनिक गरेको विवरणअनुसार साउन १६ देखि ३१ गतेसम्म मात्रै नगद कारोबारका ३ लाख ५७ हजार १४४ वटा बिल उपहार योजनाका लागि अपलोड भएका हुन्। पहिलो चरणमा ७ हजार ७७ वटा बिल मात्रै दर्ता भएकाले दोस्रो चरणको सहभागिता पहिलो चरणको तुलनामा करिब ५० गुणा बढी हो।
छोटो अवधिमै बिल दर्ता गर्ने उपभोक्ताको संख्या उल्लेख्य रूपमा बढ्नुले कार्यक्रमप्रति आकर्षण बढ्दै गएको देखाएको छ। सरकारले उपभोक्तालाई सामान तथा सेवा खरिद गर्दा बिल लिन र त्यसलाई डिजिटल माध्यमबाट दर्ता गराउन प्रोत्साहित गर्ने उद्देश्यले यो कार्यक्रम सञ्चालन गरेको हो।
ढुंगानाका अनुसार उपहार कार्यक्रममा नगद कारोबारका बिलसँगै क्यूआर तथा अनलाइन बैंकिङमार्फत कारोबार गरी स्वतः सहभागी हुने उपभोक्ताको संख्या पनि बढेको छ। यसले कार्यक्रमले बिल लिने अभ्याससँगै डिजिटल भुक्तानीलाई समेत प्रोत्साहन गर्न थालेको देखाएको छ।
दोस्रो चरणमा १७ जना विजेता
आन्तरिक राजस्व विभागले साउन १६ देखि ३१ गतेसम्मको दोस्रो चरणका विजेता सार्वजनिक गरिसकेको छ। दोस्रो चरणमा एक जना बम्पर विजेतासहित १७ जना छनोट भएका छन्। यसमा एक जना बम्पर विजेता र १६ जना अन्य विजेता छन्।
यसअघि साउन १ देखि १५ गतेसम्म सञ्चालन भएको पहिलो चरणमा एक जना बम्पर विजेतासहित १४ जना विजेता छनोट भएका थिए।
दोस्रो चरणमा बिल दर्ताको संख्या ७ हजारबाट बढेर ३ लाख ५७ हजारभन्दा माथि पुग्नुले करदाता प्रोत्साहन कार्यक्रमप्रति उपभोक्ताको आकर्षण उल्लेख्य रूपमा बढेको संकेत गरेको छ। कार्यक्रमले कम्तीमा बिल लिने, बिल डिजिटल प्रणालीमा दर्ता गर्ने र डिजिटल माध्यमबाट भुक्तानी गर्ने प्रवृत्ति बढाउन योगदान गर्न थालेको देखिएको छ।
लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
करदाता प्रोत्साहन कार्यक्रममा उपभोक्ताको सहभागिता ह्वात्तै बढ्यो
-
नेप्से १९ अंकले घट्यो, कारोबार रकम पनि खुम्चियो
-
पीपीएको पर्खाइमा १६,१४० मेगावाट, ६६ अर्ब लगानी अड्कियो : इप्पान
-
प्राधिकरणका ठूला विद्युत्गृहले लक्ष्य नाघे, मध्यम आयोजना ७.४ प्रतिशत पछाडि
-
‘ग्यासको होइन, ऊर्जा नीतिको अभाव हो’ : सांसद श्रीराम न्यौपाने
-
६२७ मेगावाट क्षमता, उत्पादन २,७६४ गिगावाट घण्टा : प्राधिकरणका विद्युत् गृहको तस्वीर