नुप्चे–लिखु जलविद्युत् (५७.५ मेगावाट) को निर्माण कार्य ७५ प्रतिशत पूरा
२०८२ जेठमा बत्ती बल्ने
जलसरोकार
काठमाडौं : भिजन इनर्जी एण्ड पावर लिमिटेडले निर्माण गरिरहेको नुप्चे लिखु जलविद्युत् आयोजना (५७.५ मेगावाट) को निर्माण कार्य ७५ प्रतिशत पुगेको छ ।
रामेछाप जिल्लाको नुप्चे र लिखु खोलास्थित उमाकुण्ड गाउँपालिकामा निर्माण भइरहेको यो आयोजना सिभिल निर्माण कार्य ७२ प्रतिशत, इलेक्ट्रोमेकानिकल ७५ प्रतिशत, हाइड्रोमेकानिकल ७८.२ प्रतिशत, प्रसारण लाइन ५९ प्रतिशत जग्गा प्राीपत ८४ प्रतिश पूरा भएको कम्पनीले जनाएको छ ।
यसैगरी विस्तृत परियोजना प्रतिवेदन ९७.८३ प्रतिशत, कार्यालय भवन तथा क्याम्प शत प्रतिशत, अस्थायी तथा स्थायी विभिन्न भौतिक पूर्वाधार ८६.३८ र वातावरणीय अनुकूलन तथा सामाजिक उत्तरदायित्वतर्फ ५९.६९ प्रतिशत पूरा भएको हो ।
वित्तीय प्रगतितर्फ हालसम्म ६६.३९ प्रतिशत अर्थात् ७ अर्ब २९ करोड १५ लाख ६६ हजार एक सय २९ रुपैयाँ खर्च भएको छ । आयोजनाको कुल अनुमानित लागत १० अर्ब ९८ करोड ३६ लाख रुपैयाँ छ ।
हालसम्म शेयरधनीहरुबाट २ अर्ब ६३ करोड ५५ लाख ४ हजार ८ सय ७७ रुपैयाँ जुटाइएको छ । त्यसैगरी विभिन्न साझेदार बैंकहरुबाट सहवित्तीयकरण अन्तर्गत ७ अर्ब ९३ करोड रुपैयाँको ऋण सम्झौता भएको छ । यसमध्ये हालसम्म बैंकहरुले यो आयोजनामा ५ अर्ब ३ करोड ३१ लाख १४ हजार २ सय ५० रुपैयाँ भुक्तानी गरिसकेका छन् ।
आयोजनाको प्रतिमेगावाट निर्माण लागत १९ करोड रुपैयाँ लाग्ने अनुमान छ । यसको आन्तरिक प्रतिफल दर १७.५ प्रतिशत रहने कम्पनीले जनाएको छ । यसका शेयर लगानीकर्ताको प्रतिफल दर २७.५७ प्रतिशत हुने अनुमान छ । यो आयोजनाले लिएको ऋण सामान्यतया ४.७५ वर्षमा तिरिसक्नेछ ।
आयोजनाको वार्षिक ऊर्जा उत्पादन ३८१.७३५ गिगावाट घण्टा (३८ करोड १७ लाख ३५ हजार युनिट) हुने गरी डिजाइन गरिएको छ । यसको सुख्खायामको ऊर्जा उत्पादन ३६.६१ र वर्षायामको उतपादन ६३.२९ प्रतिशत हुनेछ ।
यो आयोजनाबाट बिजुली उत्पादन भइसकेपछि प्रतिमेगावाट चार करोड ७ लाख रुपैयाँका दरले आम्दानी गर्नेछ ।
सिभिलतर्फ कुल हेडरेस टनेल ५.७२ किलोमिटरमध्ये ७६.९४ प्रतिशत खन्ने काम पूरा भएको कम्पनीले जनाएको छ ।
यो आयोजनाको सर्वेक्षण अनुमति पत्र सन् २०१७ को मेमा लिइएको थियो । यसको विद्युत् खरिद सम्झौता (पीपीए) सन् २०१९ को मार्चमा भएको हो भने वित्तीय सम्झौता सन् २०२० को जनवरी १३ मा भएको थियो । आयोजनाको पहिलो सिभिल संरचना निर्माण कार्य सन् २०२० को मार्च २६ तारिखदेखि थालिएको थियो ।
यो आयोजनाले औपचारिक रुपमा व्यापारिक तवरको बिजुली उत्पादन गर्नुपर्ने मिति सन् २०२५ को मे ३१ रहेको छ । कम्पनीका अनुसार आगामी नोभेम्बरमा हाइड्रोमेकानिकल, आगामी सन् २०२५को मार्चमा सिभिल संरचना निर्माण गर्ने तालिका रहेको छ ।
लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
जीडीपीको अनुपातमा बजेट सानो, विद्युत् पूर्वाधार विस्तारका लागि कर आवश्यक : अर्थमन्त्री वाग्ले
-
विद्युत् प्रणाली अपग्रेड नगरी विद्युतीय युग सम्भव छैन : प्रधानमन्त्री शाह
-
खानेपानीमा सरकारकाे बजेट : तराई–मधेशमा डिप बोरिङ, मेलम्ची अन्तर्गत याङ्ग्री र लार्के खोलाबाट थप पानी पथान्तरणका लागि अध्ययन
-
बजेट २०८३/८४ : ऊर्जा क्षेत्रका अवसर र कमजोरीहरू
-
सुनको मूल्यमा भारी वृद्धि, तोलामा २० हजार ५०० रुपैयाँले उकालो
-
आगामी आवदेखि ८२८ मेगावाटको उत्तरगङ्गा आयोजनालाई ठेक्कामा लैजाने सरकारको घोषणा