४२.२० मेगावाट क्षमताको टोम डोगर बूढीगण्डकी आयोजना निर्माणमा करिब १० अर्ब लाग्ने
जलसरोकार
काठमाडौं– गोरखाको चुमनुब्री गाउँपालिकामा निर्माण हुने टोम डोगर (बुढीगण्डकी) ४२.२० मेगावाट क्षमताको जलविद्युत आयोजनाको वातावरणीय प्रभाव मूल्यांकन राय सुझावका लागि सार्वजनिक भएको छ। आयोजनाको लागि करिब १० अर्ब लाग्ने अनुमान गरिएको छ ।
वन तथा वातावरण मन्त्रालयले रिपोर्टमा राय सुझाव माग्दै सार्वजनिक गरेको हो। निर्माण सुरु गरेपछि ४ वर्षमा सम्पन्न हुने अनुमान गरिएको आयोजनामा ९ अर्ब ८० करोड ४० लाख रुपैयाँ लगानी हुने अनुमान गरिएको छ । यस अधारमा आयोजनको प्रतिमेगावाट लागत २१ करोड ५९ लाख रुपैयाँ लाग्ने अनुमान छ ।
नदी प्रवाही (आरओआर) प्रकृति रहेको आयोजनाको डिजाइन डिस्चार्ज ५४.३ घनमिटर प्रतिसेकेन्ड र ग्रस हेड ९२.५ मिटर रहने प्रतिवेदनमा उल्लेख छ। आयोजनामा ३ वटा विद्युत् उत्पादन युनिट (टर्बाइन) रहने र वार्षिक उर्जा उत्पादन २३३.३२ गिगावाट आवर रहनेछ।
आयोजनको हेडरेस टनेलको लम्बाइ १ हजार ८ सय २५ मिटर रहने छ। आयोजनाबाट उत्पादिन ४२.२० मेगावाट बिजुली ५१.१ किलोमिटर लम्बाइको १३२ केभीको डबल सर्किट विद्युत प्रसारण लाइन मार्फत गुम्दा सब स्टेशनमा जडान गरी राष्ट्रिय ग्रीडमा समाहित गर्ने रिपोर्टमा उल्लेख छ।
आयोजना गण्डकी प्रदेश गोरखा जिल्लाको चुमनुब्री गाउँपालिका वडा नम्बर ४ र ५ मा पर्दछ। आयोजना ४ वर्षमा निर्माण सम्पन्न हुने वातावणीय रिपोर्टमा उल्लेख छ।
लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
एनएमबी बैंकले ‘कार्ड पेमेन्ट गेटवे’ सेवा प्रारम्भ गर्यो, डिजिटल नेपालतर्फ अर्को महत्वपूर्ण कदम
-
नेप्से साताको पहिलो दिनमै ओरालो, २६४७ अंकमा झर्यो — कारोबार भने बढ्यो
-
मन्त्री कुलमान घिसिङबाट निर्माणाधीन कोशी अस्पताल भवनको निरीक्षण
-
अपर अरुण जलविद्युत आयोजनामा १३ अर्बको शेयर एनआरएन तथा वैदेशिक रोजगारीमा रहेका नेपालीलाई दिने प्रस्ताव
-
ऊर्जा क्षेत्रमा लगानी बढाउन नीतिगत हस्तक्षेप आवश्यक - वरिष्ठ उपाध्यक्ष डाँगी
-
अन्तरसरकारी वित्त परिषद्को ११औँ बैठक सम्पन्न, वित्तीय संघीयता कार्यान्वयनका चुनौती समाधानमा जोड