सडक सञ्चालनको १६ वर्षपछि रुम्टाखोलामा पुल निर्माण सुरु
जलसरोकार
बागलुङ: बागलुङ र गुल्मी जोड्ने कुस्मिशेरा–बरेङ–शान्तिपुर सडकअन्तर्गत रुम्टाखोलामा मोटरेबल पुल निर्माण भइरहेको छ । विसं २०६५ मा सडक निर्माण भई यातायात सञ्चालनमा आए पनि जैमिनी नगरपालिका–९ र १० को सीमा क्षेत्रमा पर्ने रुम्टाखोलामा पुल निर्माण हुनसकेको थिएन, जसकारण बर्खाको समयमा यातायात ठप्प हुन्थे ।
सडक खुलेको १६ वर्षपछि गत वर्षदेखि यहाँ पुल निर्माण सुरु भएको हो । पूर्वाधार विकास कार्यालय बागलुङले गत वैशाख ११ गते सूर्योदय कन्स्ट्रक्सन पर्वतसँग निर्माण सम्झौता गरेर विसं २०८३ वैशाख १० सम्म सम्पन्न गर्नेगरी काम अगाडि बढाइएको कार्यालयका सूचना अधिकारी दिपेश रिगलले जानकारी दिए ।
उहाँका अनुसार रु छ करोड नौ लाख ४६ हजार ३६७ लागतमा निर्माण गर्न थालिएको हो । हालसम्म ६० प्रतिशत काम सम्पन्न भइसकेको छ । निर्माण कम्पनीले यही गतिमा काम गरे सम्झौता मितिअगावै काम सम्पन्न हुने कार्यालय प्रमुख सक्ने रिगलले बताए ।
रुम्टाखोलामा पुल बनेपछि जैमिनीसहित बरेङ गाउँपालिका र गुल्मीका हजारौँ नागरिकले सहज रूपमा यात्रा गर्न पाउने जैमिनी नगरपालिका उपप्रमुख हरिहर शर्माले बताए । दुई जिल्ला जोड्ने प्रमुख सडक भए पनि रुम्टाखोलामा बर्खाका समयमा वर्षौदेखि सास्ती खेप्नुपरेको र अब चाँडै यो समस्या समाधान हुने उनले बताए । पुल निर्माणपछि स्थानीय उत्पादनको बजारीकरणमा थप टेवा पुग्ने विश्वास गरिएको उपप्रमुख शर्माको भनाइ छ ।
“यहाँ पुल बनाउनका निम्ति हामीहरूले धेरै मेहनत ग¥यौँ, अहिले बल्ल पुल निर्माण सुरु भएको छ । यहाँ पुल नबन्दा बर्खाको समयको यात्रा निकै कष्टकर हुने गथ्र्यो, महिनौँ दिन गाडी बन्द हुने अवस्था थियो । पुल निर्माणपछि यो समस्या सदाका लागि अन्त्य हुनेछ”, उनले भने, ।
लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
आगामी आवदेखि ८२८ मेगावाटको उत्तरगङ्गा आयोजनालाई ठेक्कामा लैजाने सरकारको घोषणा
-
बजेटको उच्च प्राथमिकतामा सुरुङमार्ग
-
“विद्युत्मा भ्याट नयाँ होइन, करको दायरा विस्तार हो– ५० युनिटसम्मका उपभोक्ता सुरक्षित” : सांसद इन्जिनियर श्रीराम न्यौपाने
-
५० युनिटभन्दा बढी बिजुली खपतमा भ्याट लगाउने निर्णयको पूर्व ऊर्जामन्त्री कुलमानद्वारा विरोध
-
ऊर्जा क्षेत्रका लागि निजी लगानीमैत्री बजेट, तर सफलता कार्यान्वयनमा निर्भर
-
ऊर्जा क्षेत्रमार्फत आर्थिक रूपान्तरणको महत्वाकांक्षी योजना, जलाशययुक्त आयोजना, विद्युत् निर्यात र सिँचाइ विस्तारमा सरकारको जोड