नदी नियन्त्रणका लागि जैविक तटबन्ध निर्माण
जलसरोकार
कञ्चनपुर : कञ्चनपुरमा नदी कटान रोक्न र बाढी नियन्त्रणका लागि जैविक तटबन्ध निर्माण गरिएको छ। पुनर्वास नगरपालिका र लालझाडी गाउँपालिकास्थित दोदा नदीमा बनाइएको यस तटबन्ध निर्माणमा दातृ निकाय, स्थानीय सरकार र जनश्रमदानको योगदान रहेको छ।
पुनर्वास नगरपालिका–७ का अध्यक्ष मुलचन्द रानाले हरेक वर्ष करिब तीन सय परिवार बाढीबाट प्रभावित हुँदै आएका छन् र खेतीयोग्य जग्गा कटान हुँदै आएकोले यस तटबन्ध निर्माण गरिएको बताए । लालझाडी गाउँपालिकाका अध्यक्ष निर्मला रानाले पनि आफ्नो क्षेत्रमा बाढी प्रभावित वडाहरूमा तटबन्ध निर्माण भइरहेको बताए।
नेपाल राष्ट्रिय समाज कल्याण सङ्घले सञ्चालन गरेको ‘नेपालमा पूर्वानुमानमा आधारित पूर्वकार्यको सुदृढीकरण (सान)’ परियोजना अन्तर्गत कञ्चनपुर र कैलाली जिल्लाका नदी तटीय क्षेत्रमा जैविक तटबन्ध निर्माण गरिएको हो। परियोजनाका संयोजक देवराज बडूका अनुसार, कञ्चनपुरको पुनर्वास नगरपालिकामा ७०० मिटर, लालझाडी गाउँपालिकामा ६०० मिटर र कैलालीको भजनी नगरपालिकामा ७०० मिटर तटबन्ध निर्माण गरिएको छ। पुनर्वासमा यसको लागत रु २९ लाख १३ हजार र लालझाडीमा रु ४४ लाख ७९ हजार रहेको छ।
बडूले बताए अनुसार, स्थानीय स्रोतसाधनको प्रयोग र समुदायको सक्रिय श्रमदानका कारण यो तटबन्ध परम्परागत संरचनाभन्दा दिगो र वातावरणमैत्री छ। जैविक तटबन्धले नदीको बहावलाई प्राकृतिक रूपमा व्यवस्थापन गर्ने भएकाले दीर्घकालीन रूपमा भूक्षय रोक्न र तटीय क्षेत्रको जैविक विविधता संरक्षणमा पनि महत्वपूर्ण योगदान पुग्ने विश्वास व्यक्त गरिएको छ।
लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
वीरगञ्ज नाकाबाट दलहन आयात २२ प्रतिशतले घट्यो
-
मध्यपहाडी लोकमार्गको वैकल्पिक ‘पाखुट्टे-ढाँड’ सडक ‘ग्राभेलिङ’
-
सुन र चाँदी महँगियो, आज कतिमा हुँदैछ बजारमा खरिदबिक्री ?
-
माण्डु हाइड्रोपावरले १० प्रतिशत बोनस शेयर वितरण गर्ने
-
आज पनि तराईका केही जिल्लामा तातो हावाको चेतावनी, देशभर वर्षाको सम्भावना
-
प्राधिकरण टुक्र्याउने प्रस्तावविरुद्ध एकजुट भए पाँच कर्मचारी संगठन