मोहना नदीमा झोलुङ्गे पुल निर्माण
जलसरोकार
कैलाली: धनगढी उपमहानगरपालिका–१३ र कञ्चनपुरको कृष्णपुर नगरपालिका–९ राजघाट सिमानामा मोहना नदीमा झोलुङ्गे पुल निर्माण गरिएको छ । पुल बनेसँगै स्थानीयवासीलाई नदी ओहोरदोहोर गर्न सहज भएको छ ।
यसअघि नदीले छुट्याइदिएका कारण राजघाटका बासिन्दालाई दैनिक आवतजावतमा कठिनाइ हुँदै आएको थियो । दूरीको हिसाबले आफ्नो जिल्लाको सदरमुकामभन्दा नजिक पर्ने कैलालीको धनगढी बजार पुग्न उनीहरूले लामो बाटो मजगई हुँदै पार गर्नुपर्ने बाध्यता थियो ।
कृष्णपुर–९ राजघाटकी पूर्ववडासदस्य शारदादेवी चौधरीका अनुसार पुल निर्माणसँगै स्वास्थ्य उपचारदेखि सामान किनमेलसम्म सबै काम सहज भएको छ । स्थानीय पदम विकले पनि पुल बनेपछि दैनन्दिन जीवनमै ठूलो सहजता आएको बताए ।
स्थानीय रेखा चौधरीका अनुसार वर्खायाममा नदी पार गर्न कठिनाइ हुने भएकाले पुल निर्माणले वर्षौदेखिको समस्या समाधान गरेको छ ।
कृष्णपुर नगरपालिकाले आर्थिक वर्ष २०७८÷७९ मा ८० लाख ९० हजार रुपैयाँको लागतमा ठेक्का लगाएर पुल निर्माण गरेको इञ्जिनियर विष्णु जोशीले जानकारी दिए । उपभोक्ता समिति र निर्माण कम्पनीको साझेदारीमा पुल तयार गरिएको हो ।
लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
३० हजार मेगावाट लक्ष्यलाई केन्द्रमा राख्दै ‘हिमालयन ग्रीन इनर्जी एक्स्पो’ हुँदै
-
भोटेकोशी बाढीपीडित जलविद्युत् आयोजनाका लागि विशेष प्याकेज घोषणा गर्न इप्पानकाे माग
-
विकास हाइड्रोपावरले १० प्रतिशत बोनस शेयर दिने
-
दुई महिनामै सरकारको खर्च दुई खर्ब, आम्दानीभन्दा खर्च १० अर्ब बढी
-
बुढीगण्डकी : भोटेकोशीको बाढीपछि उठेको ठूलो प्रश्न– पानीलाई कसरी व्यवस्थापन गर्ने?
-
‘सुरुङको अँध्यारोभित्र कतै एउटा जीवन अझै प्रतीक्षामा हुन सक्थ्यो’ : अर्नोल्ड डिक्स