पोखरा–मुग्लिन सडकको पश्चिम खण्डमा १२ पुल निर्माण सकियो
जलसरोकार
काठमाडौं : पोखरा–मुग्लिन सडक आयोजना अन्तर्गत पश्चिम खण्डमा १२ वटा पुल निर्माण सम्पन्न भएको छ । कास्कीस्थित सेती नदीमाथिको पुल भने अझै निर्माणाधीन अवस्थामा रहेको छ ।
आयोजनाको पश्चिम खण्डका प्रमुख कृष्णबहादुर कुँवर का अनुसार पोखराको सेती पुलको भौतिक प्रगति ५८.३७ प्रतिशत पुगेको छ । आकर्षक डिजाइनमा निर्माण भइरहेको उक्त ‘सिग्नेचर पुल’ रसुवा कन्स्ट्रक्सनले निर्माण गरिरहेको छ। ‘केबल–स्टेड’ प्रविधिमा निर्माण भइरहेको पुलको जग तथा टावर निर्माण सम्पन्न भइसकेको प्रमुख कुँवरले जानकारी दिए ।
गत भदौमा तीन वर्षे ठेक्का अवधि सकिएपछि पुल निर्माणका लागि आगामी वैशाखसम्म म्याद थप गरिएको छ ।
पश्चिम खण्डअन्तर्गत तनहुँका म्याग्देखोला, कुम्लेखोला, ठाडेखोला, सम्धीखोला, मूलखोला, फेदीखोला–१, फेदीखोला–२, रुदीखोला, हलेदीखोला, कालीखोला तथा कास्कीका कोत्रेखोला र विजयपुर खोलामा पुल निर्माण सम्पन्न भएको हो।
करिब ५० वर्षअघि निर्माण गरिएको पृथ्वी राजमार्ग अन्तर्गतको पोखरा–मुग्लिन सडकको विस्तार तथा स्तरोन्नति कार्य वि.सं. २०७८ वैशाखदेखि सुरु गरिएको थियो। गण्डकी प्रदेशको ‘लाइफलाइन’ मानिने उक्त सडकको पूर्वी खण्ड (जामुने–मुग्लिन)को काम सम्पन्न भइसकेको छ।
कास्कीको सेती पुलदेखि तनहुँको जामुनेसम्म जोड्ने पश्चिम खण्डमा सडक विस्तार तथा स्तरोन्नतिको काम पनि अन्तिम चरणमा पुगेको छ। प्रमुख कुँवरका अनुसार सडकतर्फको भौतिक प्रगति ७७.४७ प्रतिशत र वित्तीय प्रगति ६२.२० प्रतिशत पुगेको छ ।
कुल ३८.७१ किलोमिटर दूरी रहेको उक्त खण्डमध्ये हालसम्म ३७.२८ किलोमिटरमा दोस्रो चरणको कालोपत्र भइसकेको छ। त्यस्तै ३६.३२ किलोमिटर सर्भिस लेनमध्ये १७.६६ किलोमिटरमा कालोपत्र सम्पन्न भएको छ ।
लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
भोटेकोशी बाढीपीडितका लागि हाइड्रो प्रवर्द्धक दिनेश गुरुङको दुई कम्पनीबाट २५ लाख सहयोग
-
विपद् प्रभावित जलविद्युत् आयोजनामा उद्धारका लागि हेलिकप्टर सहज बनाउन सात पेशागत संस्थाको अपिल
-
रसुवा बाढीपछि जियोटेक्निकल सोसाइटी उद्धार र प्राविधिक सहयोगमा जुट्ने
-
माथिल्लो त्रिशूली-३ एमा सुरुङभित्र हावा र प्रकाश पठाउन थालियो, उद्धार टोली प्रवेशका लागि प्वाल ठूलो पारिँदै
-
माथिल्लो त्रिशूली–१ मा फसेकाका आफन्तकाे थापाथलीस्थित कार्यालयमा धर्ना
-
माथिल्लो त्रिशूली-३ 'ए' मा उद्धारको महत्वपूर्ण प्रगति, ४० मिटर अपस्ट्रिमबाट ७ मिटर तल सुरुङको मुख भेटियो