जलवायु परिवर्तनको सामना गर्न साझा प्रयास आवश्यक : मन्त्री बस्नेत
जलसरोकार
काठमाडौं – ऊर्जा जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेतले जलवायु परिवर्तनका कारण उत्पन्न जोखिम न्यूनीकरणका लागि सबैको साझा प्रयासको खाँचो रहेको बताएका छन्।
उनले सरकारले जलवायु परिवर्तन र पानीजन्य प्रकोपबाट जोगिनका लागि पूर्वतयारी एवम् प्रतिरोधी क्षमताको विकास गर्नुपर्ने र त्यसमा सम्वद्ध निकायको साझा प्रयत्नको आवश्यकता औँल्याए।
मंगलबार काठमाडौंमा आयोजित ‘जलवायु र पानी–प्रेरित प्रकोपहरूः जोखिम देखि लचिलोपन सम्म’ विषयक कार्याशालामा मन्त्री बस्नेतले नगरेको गल्तीको सजाए नेपालले पाएको उल्लेख गर्दै उचित क्षतिपूर्ति पाउनै पर्नेमा जोड दिए।
कार्यशालामा उनले मेलम्ची नदी र आपपासका क्षेत्रमा देखिएको विपदजन्य प्रकोप ,मुस्ताङमा बेमौसमा गएको बाढी तथा गत असारमा काबेली नदी करिडोरमा देखिएको विपत्ती जलवायु परिवर्तनकै असरको स्वरुप भएको बताए।
उनले विपत्तीबाट हुने क्षति न्यूनीकरणका लागि कानुनी, संरचनागत एवम् पूर्वतयारीको कामलाई एकैसाथ अगाडि बढाउनुपर्नेमा जोड दिँदै त्यसका लागि तीनै तहका सरकार, सरोकारवाला निकाय र अन्तर्राष्ट्रिय समु्दायको महत्वपूर्ण भूमिका रहनुपर्ने धारणा राखे।
साथै उनले नेपाललाई जलवायु कोषलगायतबाट राहत तथा अनुदान उपलब्ध गराउनमा अन्तर्राष्ट्रिय निकायले विशेष ध्यान दिनुपर्ने बताए।
मन्त्री बस्नेतले जलवायु सम्बन्धी गरियका कार्यक्रमबाट प्राप्त हुने सुझाव र निष्कर्षले आगामी दिनमा नीति निर्माणका लागि सहजता हुने धारणा राखे। मंगलबारदेखि काठमाडौंमा सुरु भएको कार्यशाला चारदिनसम्म चल्नेछ। उक्त कार्यक्रममा जलस्रोत तथा सिँचाइ सचिव सरिता दुवाडी, जलस्रोत तथा सिँचाइ विभागका महानिर्देशक सञ्जिव बराल, जल तथा ऊर्जा आयोगका सचिव केशवकुमार शर्मा, सम्बद्ध राष्ट्रिय अन्तर्राष्ट्रिय निकायका प्रतिनिधिलगायतको सहभागीता रहेको छ।
लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
विद्युत्मा ५ प्रतिशत कर त लाग्छ, तर उपभोक्तालाई असर नपर्ने गरी समायोजन गर्न खाेज्दैछाैं : अर्थमन्त्री वाग्ले
-
५० युनिटमाथिको विद्युत् उपभोगमा भ्याट लगाउने निर्णयप्रति कुलमान घिसिङको आपत्ति
-
भोजपुरको लुङ्गिनमा पुगे राष्ट्रिय प्रसारण लाइनको विद्युत्
-
वीरगञ्ज नाकाबाट विद्युतीय सवारी आयात १४४ प्रतिशतले बढ्यो, १० महिनामै चार अर्बभन्दा बढीको कारोबार
-
प्रतिनिधिसभामा आजदेखि बजेटमाथि छलफल सुरु हुँदै
-
सानिगाड हाइड्रोको आईपीओ आजदेखि सर्वसाधारणका लागि खुला