असार महिनाका लागि वाणिज्य बैंकहरुले घटाए ब्याजदर, व्यक्तिगत मुद्दतीमा औसत ४.२७ प्रतिशत
जलसरोकार
काठमाडाैं : असार महिनाका लागि वाणिज्य बैंकहरूले सार्वजनिक गरेको नयाँ ब्याजदर अनुसार व्यक्तिगत तथा संस्थागत मुद्दती निक्षेपको औसत ब्याजदर घटेको छ। जेठ महिनाको तुलनामा बैंकहरूको ब्याजदरमा सामान्य कमी आएको हो।
बैंकहरूले सार्वजनिक गरेको विवरणअनुसार व्यक्तिगत मुद्दती निक्षेपको अधिकतम औसत ब्याजदर ४.३४ प्रतिशतबाट घटेर ४.२७ प्रतिशत विन्दुमा झरेको छ। त्यस्तै संस्थागत मुद्दती निक्षेपको ब्याजदर पनि घटेर ३.२० प्रतिशतबाट ३.१८ प्रतिशत कायम भएको छ।
हाल सञ्चालनमा रहेका २० वाणिज्य बैंकमध्ये ७ बैंकले असारका लागि ब्याजदर घटाएका छन्। ब्याजदर घटाउने बैंकहरूमा स्ट्यान्डर्ड चार्टर्ड बैंक, कुमारी बैंक, एनआईसी एसिया बैंक, हिमालयन बैंक, प्राइम कमर्सियल बैंक, लक्ष्मी सनराइज बैंक र एनएमबी बैंक रहेका छन्।
अन्य १३ बैंकले भने जेठ महिनाकै ब्याजदरलाई निरन्तरता दिएका छन्।
ब्याजदर घट्ने क्रमले निक्षेपकर्ताको प्रतिफलमा सामान्य असर पार्ने भए पनि बैंकिङ प्रणालीमा तरलता अवस्था स्थिर रहेको संकेत देखिएको बैंकिङ क्षेत्रका जानकारहरूको बुझाइ छ।
असारका लागि वाणिज्य बैंकहरूको ब्याजदर (प्रतिशत)
| बैंकको नाम | व्यक्तिगत | संस्थागत |
|---|---|---|
| ग्लोबल आइएमई बैंक | ४.५० | ३ |
| हिमालयन बैंक | ४ | ३.५० |
| राष्ट्रिय वाणिज्य बैंक | ४.०५ | ४ |
| नेपाल बैंक | ४.२५ | ३ |
| एनआईसी एशिया बैंक | ४ | ३ |
| सिद्धार्थ बैंक | ४.०५ | ३.२५ |
| सानिमा बैंक | ४.५० | ३.३० |
| एभरेष्ट बैंक | ४.०५ | ३.५० |
| लक्ष्मी सनराइज बैंक | ४ | ३.२५ |
| एनएमबि बैंक | ४.०५ | ४ |
| माछापुच्छ्रे बैंक | ४.५० | ३ |
| नेपाल इन्भेष्टमेन्ट मेगा बैंक | ४.५० | ३.३० |
| कृषि विकास बैंक | ४.१५ | २.७८ |
| प्रभु बैंक | ४.५५ | २.७५ |
| कुमारी बैंक | ३.९१ | ३.०१ |
| नेपाल एसबिआई बैंक | ४.२५ | २.७५ |
| सिटिजन्स बैंक | ४.१० | ३.५० |
| प्राइम कमर्सियल बैंक | ४ | २.७५ |
| नबिल बैंक | ४.५५ | ३.०१ |
| स्ट्यान्डर्ड चार्टर्ड बैंक | ३.२५ | २.७५ |
| औसत | ४.२७ | ३.१८ |
लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
माथिल्लो त्रिशूली-३ एमा सुरुङभित्र हावा र प्रकाश पठाउन थालियो, उद्धार टोली प्रवेशका लागि प्वाल ठूलो पारिँदै
-
माथिल्लो त्रिशूली–१ मा फसेकाका आफन्तकाे थापाथलीस्थित कार्यालयमा धर्ना
-
माथिल्लो त्रिशूली-३ 'ए' मा उद्धारको महत्वपूर्ण प्रगति, ४० मिटर अपस्ट्रिमबाट ७ मिटर तल सुरुङको मुख भेटियो
-
त्रिशूली थ्री–ए उद्धारमा चुनौती, चट्टान भेटिएपछि कर्मचारीको अवस्थाप्रति चिन्ता बढ्दै
-
भोटेकोशी बाढी : त्रिशूली– थ्री 'बी' जलविद्युत्को सुरुङको प्रवेशद्वार खोज्दै विशेषज्ञ टोली
-
भोटेकोशी बाढीले जलविद्युत् आयोजनामा ठूलो मानवीय संकट, अझै ८९८ जना सम्पर्कविहीन