सुनको मूल्य सेयर बजार कुलमान घिसिङ विराजभक्त श्रेष्ठ नेपाल विद्युत प्राधिकरण दीपक खड्का ग्लोबल आइएमई बैंक पूर्वाधार नीति तथा कार्यक्रम इप्पान
जलसरोकार : नेपाल राष्ट्रको बिजुली र बिजुलीसँग सम्बन्धित प्रमुख समाचार पोर्टल

वाणिज्य बैंकहरूको नाफामा १९ प्रतिशत वृद्धि : नबिल बैंक सर्वाधिक नाफामा, अरुले कति कमाए ?

जलसरोकार
आइतबार, असार २८, २०८३ | ११:३१:२४ बजे

 

काठमाडौं : चालु आर्थिक वर्ष २०८२/८३ को जेठ मसान्तसम्म वाणिज्य बैंकहरूको नाफामा उल्लेखनीय सुधार देखिएको छ। बैंकहरूले सार्वजनिक गरेको ११ महिनाको वित्तीय विवरणअनुसार वाणिज्य बैंकहरूको कुल खुद नाफा गत वर्षको तुलनामा १९ प्रतिशतले बढेको छ।

वित्तीय विवरणअनुसार सञ्चालनमा रहेका वाणिज्य बैंकहरूले चालु आर्थिक वर्षको जेठ मसान्तसम्म कुल ६४ अर्ब ४७ करोड रुपैयाँ खुद नाफा आर्जन गरेका छन्। गत आर्थिक वर्षको सोही अवधिमा बैंकहरूले ५३ अर्ब ९७ करोड रुपैयाँ नाफा कमाएका थिए।

यस अवधिमा नबिल बैंक सर्वाधिक नाफा कमाउने बैंक बनेको छ। बैंकले ८ अर्ब ४९ करोड रुपैयाँ खुद नाफा आर्जन गरेको वित्तीय विवरणमा उल्लेख गरिएको छ।

त्यस्तै, सर्वाधिक नाफा कमाउने बैंकहरूको सूचीमा ग्लोबल आइएमई बैंक दोस्रो स्थानमा रहेको छ। बैंकले समीक्षा अवधिमा ५ अर्ब ९७ करोड रुपैयाँ खुद नाफा कमाएको जनाएको छ।

नाफा वृद्धिदरतर्फ भने कुमारी बैंक अग्रस्थानमा देखिएको छ। बैंकले चालु आर्थिक वर्षको जेठ मसान्तसम्म ४ अर्ब ७० करोड रुपैयाँ खुद नाफा कमाएको छ, जुन गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ११६८.४५ प्रतिशतले बढी हो। अघिल्लो वर्ष सोही अवधिमा बैंकले ३७ करोड रुपैयाँ मात्र नाफा आर्जन गरेको थियो।

बैंकिङ क्षेत्रको नाफामा आएको सुधारले वित्तीय प्रणाली क्रमशः सुदृढ बन्दै गएको संकेत गरेको विश्लेषकहरू बताउँछन्। ब्याज आम्दानी, खराब कर्जामा आएको सुधार तथा सञ्चालन खर्च व्यवस्थापनका कारण बैंकहरूको नाफा वृद्धि भएको अनुमान गरिएको छ।

 

 

बैंकको नाम२०८३ (जेठसम्म)२०८२ (जेठसम्म)
नबिल बैंक८,४९२.२४६,४०८.३३
ग्लोबल आइएमई बैंक५,९७८.३४६,०३६.४२
कुमारी बैंक४,७०६.१५३७१.०८
प्राइम कमर्सियल बैंक३,५४९.४५२,१०५.००
एभरेष्ट बैंक४,१२३.४२४,२८०.६८
एनएमबि बैंक३,६३०.८२३,०३१.१२
हिमालयन बैंक१,९६४.२७७०५.३१
स्ट्यान्डर्ड चार्टर्ड बैंक२,६२९.१५२,७९६.२०
राष्ट्रिय वाणिज्य बैंक३,०२४.८०२,२०६.४४
नेपाल बैंक३,३२७.६७३,०५०.५८
प्रभु बैंक१,५०४.८३२,३९२.००
नेपाल एसबिआई बैंक१,८३८.४२१,५४२.२५
सानिमा बैंक३,१२२.३७२,१५५.६२
माछापुच्छ्रे बैंक२,१७५.१११,५०२.२५
लक्ष्मी सनराइज बैंक२,८०१.६८२,५६७.२०
सिद्धार्थ बैंक२,८०१.६८२,२१८.१३
एनआईसी एशिया बैंक५००.७०८२९.५४
नेपाल इन्भेष्टमेन्ट मेगा बैंक४,४९१.१०५,६६८.१८
कृषि विकास बैंक१,२५८.१२१,८१९.३६
सिटिजन्स बैंक१,७४६.१३१,७११.४३
जम्मा६४,४७२.१२५३,९७३.४७

नोट: माथिको नाफा रकम रु. दश लाखमा उल्लेख गरिएको छ। स्रोत: बैंकहरूको वित्तीय विवरण।

 

प्रकाशित मिति : आइतबार, असार २८, २०८३ | ११:३१:२४ बजे

लेखकको बारेमा

जलसरोकार
जलसरोकारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ ।

प्रतिक्रिया