वाणिज्य बैंकहरूको नाफामा सुधार, नबिल अग्रस्थानमा
जलसरोकार
काठमाडौं : नेपालका २० वाणिज्य बैंकहरूले चालु आर्थिक वर्ष २०८२/८३ को तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेका छन् । सार्वजनिक विवरणअनुसार अधिकांश बैंकहरूको नाफामा सुधार देखिएको छ, जसले बैंकिङ क्षेत्रमा क्रमशः सुधारको संकेत गरेको छ ।
सबैभन्दा बढी नाफा नबिल बैंकले आर्जन गरेको छ । बैंकले ६ अर्ब ७६ करोड रुपैयाँ खुद नाफा कमाउँदै अग्रस्थान कायम राखेको हो । यो गत वर्षको सोही अवधिको तुलनामा करिब ३३.९२ प्रतिशतले बढी हो ।
वृद्धिदरका हिसाबले भने कुमारी बैंक अगाडि देखिएको छ । बैंकले १३६१.७६ प्रतिशत नाफा वृद्धि गर्दै ४ अर्ब १७ करोड रुपैयाँ नाफा कमाएको छ, जुन अघिल्लो वर्षको २८ करोड ५८ लाख रुपैयाँको तुलनामा उल्लेखनीय सुधार हो ।
नाफाका आधारमा ग्लोबल आइएमई बैंक ४ अर्ब ४० करोड रुपैयाँसहित दोस्रो स्थानमा रहेको छ ।
यता सबैभन्दा कम नाफा एनआईसी एशिया बैंकले १४ करोड रुपैयाँ आर्जन गरेको छ । प्रभु बैंकले ८५ करोड र सिटिजन्स बैंकले १ अर्ब ३० करोड रुपैयाँ नाफा कमाएका छन् ।
प्रतिशतका आधारमा राष्ट्रिय वाणिज्य बैंकको नाफा १२९.३४ प्रतिशतले बढेको छ । यद्यपि प्रभु बैंक (–५४.६१ प्रतिशत), नेपाल इन्भेष्टमेन्ट मेगा बैंक (–३०.६९ प्रतिशत), कृषि विकास बैंक (–२४.४२ प्रतिशत) र एनआईसी एशिया बैंक (–१०.४९ प्रतिशत) को नाफामा गिरावट आएको छ ।
समग्रमा २० वाणिज्य बैंकहरूको कुल नाफा गत वर्षको सोही अवधिको तुलनामा १९.३० प्रतिशतले बढेर ४९ अर्ब २१ करोड रुपैयाँ पुगेको छ । यसले आर्थिक चुनौतीबीच पनि नेपालको बैंकिङ क्षेत्र क्रमशः सुदृढ बन्दै गएको संकेत गरेको छ ।
वाणिज्य बैंकहरूको खुद नाफा (२०८२ चैत मसान्त, तेस्रो त्रैमास)
| बैंक | चैत २०८२ | चैत २०८१ | अन्तर (%) |
|---|---|---|---|
| कुमारी बैंक | ४,१७८,०४८ | २८५,८२३ | १३६१.७६% |
| राष्ट्रिय वाणिज्य बैंक | २,७६२,०५९ | १,२०४,३७० | १२९.३४% |
| हिमालयन बैंक | ७६२,५३६ | ५००,०४८ | ५२.४९% |
| माछापुच्छ्रे बैंक | १,६५८,६५९ | १,१०२,६२७ | ५०.४३% |
| सानिमा बैंक | २,३५०,२०२ | १,६५२,४७६ | ४२.२२% |
| प्राइम कमर्शियल बैंक | ३,०८९,३३५ | २,२२९,३०४ | ३८.५८% |
| सिटिजन्स बैंक इन्टरनेशनल | १,३०६,४६१ | ९६१,८९३ | ३५.८२% |
| नबिल बैंक | ६,७६४,६४६ | ५,०५१,४१९ | ३३.९२% |
| लक्ष्मी सनराइज बैंक | २,०३८,१८४ | १,६५२,१६३ | २३.३६% |
| नेपाल एसबीआई बैंक | १,४६१,७८५ | १,२०३,२६१ | २१.४९% |
| सिद्धार्थ बैंक | २,०१४,८५५ | १,६६८,२६० | २०.७८% |
| एनएमबी बैंक | २,६८७,७८५ | २,३७३,२८९ | १३.२५% |
| नेपाल बैंक | २,७९२,९८१ | २,७८३,४९४ | ०.३४% |
| ग्लोबल आइएमई बैंक | ४,४०१,१७८ | ४,५३४,०९९ | -२.९३% |
| एभरेष्ट बैंक | ३,३२९,३१६ | ३,४५७,६३६ | -३.७१% |
| स्ट्यान्डर्ड चार्टर्ड बैंक | २,०८१,६२१ | २,१७३,७७६ | -४.२४% |
| एनआईसी एशिया बैंक | १४०,३२४ | १५६,७७५ | -१०.४९% |
| कृषि विकास बैंक | १,३९३,९७३ | १,८४४,३६० | -२४.४२% |
| नेपाल इन्भेष्टमेन्ट मेगा बैंक | ३,१४६,७६९ | ४,५४०,००५ | -३०.६९% |
| प्रभु बैंक | ८५१,५२३ | १,८७६,०६० | -५४.६१% |
| कुल | ४९,२१२,२४० | ४१,२५१,१३८ | १९.३०% |
लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
नेपाल-भारत ऊर्जा सहकार्यले मार्यो नयाँ फड्को, सीमापार विद्युत् व्यापार क्षमता १६५० मेगावाटसम्म विस्तार हुने
-
काठमाडौंका अव्यवस्थित तार हटाउने फेरि घोषणा, अन्तिम समयसीमा भने अझै छैन
-
बाढीले क्षति पुर्याएपछि रेलेखोला जलविद्युत् आयोजना बन्द
-
कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा भारी वर्षाको पूर्वानुमान
-
चार दिनको गिरावटपछि नेप्सेमा सुधार, परिसूचक ६.११ अंकले बढ्यो
-
नेपालको जलविद्युत् : सही दिशामा सरकार कि नीतिगत अलमल?