चक्रपथ विस्तार गर्न चीनले ११ अर्ब अनुदान दिने
जलसरोकार
काठमाडौँ : उपत्यकाको यातायात व्यवस्थापन सुधार तथा शहरी पूर्वाधार विस्तारका लागि चक्रपथ विस्तार (दोस्रो चरण) कार्यान्वयन गर्न चीन सरकारले नेपाललाई रु ११ अर्ब अनुदान सहयोग गर्ने भएको छ।
भौतिक पूर्वाधार तथा यातायात एवं सहरी विकास मन्त्रालयमा आज भएको कार्यक्रममा सहयोगसम्बन्धी सम्झौतामा नेपाल सरकारका तर्फबाट मन्त्री सुनील लम्सालर नेपालका लागि चीनका राजदूत चाङ माओमिङले हस्ताक्षर गरेका छन्।
सम्झौताअनुसार चक्रपथ विस्तारको दोस्रो चरणमा कलङ्कीदेखि वसुन्धरासम्म सडक विस्तार गरिनेछ। यसअघि पहिलो चरणमा कोटेश्वरदेखि कलङ्कीसम्मको खण्ड विस्तार भइसकेको थियो।
कार्यक्रममा मन्त्री लम्सालले परियोजना कार्यान्वयनमा कुनै पनि समस्या आउन नदिने प्रतिबद्धता जनाउँदै आवश्यक समन्वय र सहजीकरण तत्काल गर्ने बताएका छन्। उनले उत्तर–दक्षिण जोड्ने सडक सञ्जाल निर्माण सरकारको प्राथमिकतामा रहेको उल्लेख गर्दै पूर्वाधार विकासमा चीन सरकारको थप लगानी बढ्ने अपेक्षा व्यक्त गरे।
त्यसैगरी, चीनका राजदूत चाङ माओमिङले नेपालमा लगानीको अनुकूल वातावरण बने चिनियाँ लगानीकर्ता थप आकर्षित हुने बताउँदै पूर्वाधार विकासमा निरन्तर सहयोग रहने प्रतिबद्धता जनाएका छन्।
यो परियोजना पूरा भएपछि काठमाडौँ उपत्यकाको ट्राफिक व्यवस्थापन सुधार हुने, यात्रा समय घट्ने र शहरी यातायात सहज हुने अपेक्षा गरिएको छ।
लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
नेपाल-भारत ऊर्जा सहकार्यले मार्यो नयाँ फड्को, सीमापार विद्युत् व्यापार क्षमता १६५० मेगावाटसम्म विस्तार हुने
-
काठमाडौंका अव्यवस्थित तार हटाउने फेरि घोषणा, अन्तिम समयसीमा भने अझै छैन
-
बाढीले क्षति पुर्याएपछि रेलेखोला जलविद्युत् आयोजना बन्द
-
कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा भारी वर्षाको पूर्वानुमान
-
चार दिनको गिरावटपछि नेप्सेमा सुधार, परिसूचक ६.११ अंकले बढ्यो
-
नेपालको जलविद्युत् : सही दिशामा सरकार कि नीतिगत अलमल?