चिलिमे जलविद्युत् कम्पनीले १२ प्रतिशत लाभांश दिने
जलसरोकार
काठमाडौं,: चिलिमे जलविद्युत् कम्पनी लिमिटेडले लाभांश घोषणा गरेको छ ।
चिलिमे सञ्चालक समितिको १ पुसमा बसेको ४३८औं बैठकले आर्थिक वर्ष २०८०/८१ का लागि चुक्ता पूँजी ७ अर्ब ९८ करोड ३९ लाख २ सय ३ को हकमा नगद र बोनस सेयर गरी १२ प्रतिशत लाभांश घोषणा गरेको हो । यो भनेको ९५ करोड ८० लाख ७९ हजार ६ सय ६४ रुपैयाँ बराबर हुन्छ ।
कम्पनीका अनुसार १० प्रतिशतका दरले हुन आउने बोनस सेयर ७९ करोड ८३ लाख ९९ हजार ७ सय २० र २ प्रतिशतका दरले हुन आउने १५ करोड ९६ लाख ७९ हजार ९ सय ४४ रुपैयाँ बराबर नगद लाभांश दिइने छ । यो रकम बोनस सेयर र नगद लाभांशमा लाग्ने करसहित हो ।
त्यसैगरी कम्पनीको २८औं वार्षिक साधारणसभा २८ पुसमा हुने र सेयर दाखिला खारेज १६ पुस एकदिन हुने जनाइएको छ ।
लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
एनएमबी बैंक र र्यापिड टेकबीच डिजिटल बैंकिङ सेवा विस्तार गर्न साझेदारी
-
सम्पर्कविहीन प्राधिकरणका ६ कर्मचारीका परिवारले पाए राहत
-
सङ्खुवासभाको विकट हटियामा पुग्यो राष्ट्रिय प्रसारण लाइनको विद्युत्
-
सुनकोशी-मरिनको बाँकी संरचना निर्माणका लागि तीन कम्पनीको प्राविधिक प्रस्ताव ग्राह्य
-
विद्युत् व्यापारको अनुमतिपत्र माग्दै ग्रिड ट्रेड इनर्जी मन्त्रालयमा
-
मौसम चेतावनीमुक्त सोमबार, पहाडी र हिमाली क्षेत्रमा वर्षा–हिमपातको सम्भावना