चिलिमे जलविद्युत् कम्पनीले १२ प्रतिशत लाभांश दिने
जलसरोकार
काठमाडौं,: चिलिमे जलविद्युत् कम्पनी लिमिटेडले लाभांश घोषणा गरेको छ ।
चिलिमे सञ्चालक समितिको १ पुसमा बसेको ४३८औं बैठकले आर्थिक वर्ष २०८०/८१ का लागि चुक्ता पूँजी ७ अर्ब ९८ करोड ३९ लाख २ सय ३ को हकमा नगद र बोनस सेयर गरी १२ प्रतिशत लाभांश घोषणा गरेको हो । यो भनेको ९५ करोड ८० लाख ७९ हजार ६ सय ६४ रुपैयाँ बराबर हुन्छ ।
कम्पनीका अनुसार १० प्रतिशतका दरले हुन आउने बोनस सेयर ७९ करोड ८३ लाख ९९ हजार ७ सय २० र २ प्रतिशतका दरले हुन आउने १५ करोड ९६ लाख ७९ हजार ९ सय ४४ रुपैयाँ बराबर नगद लाभांश दिइने छ । यो रकम बोनस सेयर र नगद लाभांशमा लाग्ने करसहित हो ।
त्यसैगरी कम्पनीको २८औं वार्षिक साधारणसभा २८ पुसमा हुने र सेयर दाखिला खारेज १६ पुस एकदिन हुने जनाइएको छ ।
लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
विभिन्न दल परित्याग गरी ५०० भन्दा बढी नेता-कार्यकर्ता उज्यालो नेपाल पार्टीमा प्रवेश
-
अब पीपीएका लागि नेपाल विद्युत् प्राधिकरण नचाहिने
-
विन्ध्यवासिनी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडको अध्यक्षमा सुदीप आचार्य चयन
-
अर्धवार्षिक समीक्षामा सरकारको आम्दानी र खर्च दुवै कमजोर
-
समयमै रमाना नलिने कर्मचारीलाई विभागीय कारबाही गर्ने विद्युत् प्राधिकरणको चेतावनी
-
जलपन्छीको वासस्थान जोखिममा